bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 1
Judges 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
1
यहोशूको मृत्युपछि कुनचाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इस्राएलीहरूले परमप्रभुसित सोधपूछ गरे।
2
परमप्रभुले जवाफ दिनुभयो, “यहूदाले आक्रमण गरोस्। मैले त्यो देश तिनीहरूका हातमा सुम्पिदिएको छु।”
3
यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई भने, “हाम्रो भागमा परेको जग्गामा हामीसँग आओ, र हामी कनानीहरूसँग लड़ाइँ गरौं। अनि हामी पनि तिमीहरूको भागमा परेको जग्गामा तिमीहरूसँग जानेछौं।” यसैले शिमियोन तिनीहरूसँग गए।
4
तब यहूदा आक्रमण गर्नलाई अगि बढ़े, र परमप्रभुले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूका दश हजारलाई बेजेकमा मारे।
5
त्यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाए र तिनीहरूले लड़ाइँ गरे, र कनानीहरू र परिज्जीहरूलाई तिनीहरूले परास्त गरे।
6
अदोनी-बेजेकचाहिँ भागे, तर तिनीहरूले उनलाई खेदेर पक्रे, र उनका हात र खुट्टाका बूढ़ी-औँला काटिदिए।
7
अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढ़ी-औँला काटिएका सत्तरी जना राजाहरू मेरो टेबिलमुनि जूठाहरू टिप्ने गर्थे। मैले उनीहरूलाई जस्तो गरेको थिएँ परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ।” तब तिनीहरूले उनलाई यरूशलेममा ल्याए र उनी त्यहीँ मरे।
8
यहूदाका मानिसहरूले यरूशलेममाथि चढ़ाइ गरेर त्यसलाई कब्जा गरे। तिनीहरूले त्यसका मानिसहरूलाई तरवारले मारे, र त्यस सहरमा आगो लगाइदिए।
9
त्यसपछि यहूदाका मानिसहरू दक्षिणतिर लागेर पहाड़ी देशमा, नेगेवमा र तराईमा भएका कनानीहरूसँग लड़ाइँ गर्नलाई उँधोतिर झरे।
10
तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे, र शेशै, अहीमन र तल्मैलाई परास्त गरे। (हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो।)
11
त्यहाँबाट तिनीहरू दबीरका बासिन्दाहरूका विरुद्धमा जाइलागे। (दबीरको पहिलेको नाउँ किर्यत-सेपेर थियो।)
12
अनि कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गरेर त्यो लिन्छ, त्यससँग म मेरी छोरी अक्सालाई विवाह गरिदिनेछु।”
13
तब कालेबका भाइ कनजका छोरा ओत्निएलले त्यो लिए। र कालेबले आफ्नी छोरी अक्सालाई उनीसँग विवाह गरिदिए।
14
एक दिन जब अक्सा ओत्निएलकहाँ आइन् तब उनले तिनलाई आफ्ना पितासित एक टुक्रा जमिन माग्नलाई सुर्याए। जब तिनी आफ्नो गधाबाट ओर्लिन् तब कालेबले तिनलाई सोधे, “तँलाई के चाहियो?”
15
तिनले भनिन्, “मलाई एउटा दाइजो दिनुहोस्। तपाईंले मलाई नेगेवमा जग्गा दिनुभएको कारणले, अब मलाई पानीका मूलहरू पनि दिनुहोस्।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो दुवै पानीका मूलहरू दिए।
16
मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको नेगेवमा भएको यहूदाको उजाड़-भूमिमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।
17
त्यसपछि यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनहरूसँग गएर सपतमा बस्ने कनानीहरूलाई आक्रमण गरेर त्यस सहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्यस सहरको नाउँ होर्मा राखियो।
18
यहूदाले गाजा, अश्कलोन र एक्रोन सहरहरू र तिनका वरिपरिका जग्गाहरू पनि लिए।
19
परमप्रभु यहूदासँग हुनुहुन्थ्यो, र तिनीहरूले पहाड़ी देशमाथि अधिकार गरे। तर बेँसीका बासिन्दाहरूलाई तिनीहरूले धपाउन सकेनन्, किनभने उनीहरूका फलामका रथहरू थिए।
20
तब मोशाले खटाएअनुसार कालेबलाई हेब्रोन दिइयो, र तिनले अनाकका तीन भाइ छोराहरूलाई धपाए।
21
तर बेन्यामीनीहरूले यरूशलेमका यबूसीहरूलाई धपाएनन्। यसैले यबूसीहरू आजको दिनसम्म बेन्यामीनीहरूसँग यरूशलेममा बसेका छन्।
22
योसेफका कुलले बेथेल आक्रमण गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो।
23
तिनीहरूले बेथेलमा गुप्तचरहरू पठाए। (पहिले बेथेलको नाउँ लूज थियो।)
24
यी गुप्तचरहरूले एक जना मानिसलाई सहरबाट बाहिर आइरहेको देखेर त्यसलाई भने, “सहरभित्र कसरी पस्ने हो हामीलाई बताइदेऊ, र हामी तिम्रो केही नोक्सानी हुन दिनेछैनौं।”
25
यसैले त्यसले तिनीहरूलाई सहरमा कसरी पस्ने हो सो बताइदियो, र तिनीहरूले सहरका मानिसलाई तरवारले मारे, तर त्यस मानिस र त्यसका सारा परिवारलाई छोड़िदिए।
26
त्यो मानिस हित्तीहरूको देशमा गयो, र त्यसले त्यहाँ एउटा सहर बनायो, र त्यसको नाउँ लूज राख्यो। त्यस सहरको नाउँ आजसम्म यही छ।
27
तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम र मगिद्दो र तिनका बस्तीहरूका बासिन्दाहरूलाई धपाएनन्। किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे।
28
पछि जब इस्राएलीहरू शक्तिशाली भए तब तिनीहरूले उनीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले कहिल्यै जम्मैलाई धपाएनन्।
29
न त एफ्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए, तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे।
30
जबूलूनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे, र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए।
31
आशेरले अक्को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक र रहोबका बासिन्दाहरूलाई धपाएनन्।
32
यसरी आशेरीहरू कनानी बासिन्दाहरूसँगै बसे, किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्।
33
नप्तालीले बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई धपाएनन्, तर त्यहाँका कनानीहरूसँग बसे, र बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरू तिनीहरूका लागि बेगार काम गर्ने भए।
34
एमोरीहरूले दानका सन्तानहरूलाई पहाड़ी देशमा धपाए र तिनीहरूलाई बेँसीमा आउन दिएनन्।
35
एमोरीहरूले हेरेस डाँड़ा, अय्यालोन र शाल्बीममा डटेर बस्ने दृढ़ता गरे, तर जब योसेफको कुल उनीहरूमाथि प्रबल भयो, उनीहरू पनि बेगार काममा लगाइए।
36
एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि सेलासम्म पर्थ्यो।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
Recommended Reading
Commentary
Judges Commentaries
→
Devotional
Judges Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→