bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 17
Judges 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 18 →
1
एफ्राइमका पहाड़ी देशमा मीका नाउँ भएका एक जना मानिस थिए।
2
तिनले आफ्नी आमालाई भने, “तपाईंबाट चोरिएका ती एघार सय चाँदीका सिक्का, जसका विषयमा मैले सुन्ने गरी तपाईंले ती चोर्नेलाई सराप्नुभएको थियो, ती चाँदीका सिक्का मसँग छन्। मैले ती लगेको थिएँ, र अब म ती तपाईंलाई फर्काइदिँदैछु।” तिनकी आमाले भनिन्, “हे मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्।”
3
तिनले ती एघार सय चाँदीका सिक्का आफ्नी आमालाई फर्काइदिएपछि, तिनले भनिन्, “अब म यो मेरो चाँदी मेरो छोराको भलाइको निम्ति एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति बनाउनलाई परमप्रभुमा समर्पण गर्छु।”
4
यसरी तिनले ती चाँदी आफ्नी आमालाई फर्काइदिए। अनि तिनले दुई सय चाँदीका सिक्का लिएर एउटा चाँदीको शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखिए।
5
यी मीका भन्ने मानिसको एउटा देवता-थान थियो। तिनले एउटा एपोद र घर-देवताहरू बनाए, र आफ्ना छोराहरूमध्येको एक जनालाई आफ्नो पुरोहित नियुक्त गरे।
6
त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो त्यही गर्थ्यो।
7
अब यहूदाको बेथलेहेमबाट आएका यहूदाका गोत्रको बीचमा बस्ने एक जना जवान लेवी थिए।
8
तिनी बेथलेहेम सहर छोड़ेर अन्त कतै बस्नलाई आएका थिए। यात्रा गर्दा तिनी एफ्राइमका पहाड़ी देशमा मीकाको घरमा आइपुगे।
9
मीकाले तिनलाई सोधे, “तिमीकहाँबाट आएका हौ?” तिनले जवाफ दिए, “म यहूदाका बेथलेहेमको एक जना लेवी हुँ, र म एउटा बस्ने ठाउँ खोज्दैछु।”
10
मीकाले तिनलाई भने, “मसँग बस, र मेरा बुबा र पुरोहित होऊ। म तिमीलाई बर्षै पिच्छे दश चाँदीका सिक्का दिनेछु, र तिमीलाई खान-लाउन पनि दिनेछु।”
11
यसकारण ती लेवी मीकासँग बस्न राजी भए, र मीकाले तिनलाई आफ्ना छोराहरूमध्ये एक जनाजस्तै गर्थे।
12
मीकाले ती लेवीलाई काममा नियुक्त गरे, र ती जवान मानिस तिनका पुरोहित भए, र तिनको घरमा बसे।
13
मीकाले भने, “अब म जान्दछु कि परमप्रभुले मेरो उन्नति गर्नुहुनेछ, किनभने एक लेवी मेरा पुरोहित भएका छन्।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21