bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 18
Judges 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 19 →
1
त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्। दानवंशीहरूले कुनै इलाका अधिकार गर्ने मौका हेर्दैथिए, किनभने इस्राएलका कुलहरूलाई दिइएका इलाकाहरूमा तिनीहरूले अधिकार गर्न पाएका थिएनन्।
2
यसकारण दानवंशीहरूले पाँच जना योद्धाहरूलाई सोरा र एश्तोलबाट पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्थे। तिनीहरूले यिनीहरूलाई भने, “जाओ, देशको पत्ता लाओ।” तिनीहरू एफ्राइमको पहाड़ी देशमा मीकाको घरमा आइपुगे, र त्यो रात त्यहीँ बिताए।
3
जब तिनीहरू त्यहाँ मीकाको घरमा थिए, तब तिनीहरूले ती जवान लेवीको बोली चिने। तिनीहरूले तिनीतिर फर्केर भने, “तिमीलाई कसले यहाँ ल्यायो? तिमी यहाँ के गरिरहेछौ? यहाँ तिम्रो के काम छ?”
4
तिनले भने, “यो त सबै मीकाको काम हो। तिनले मलाई ज्यालामा राखेका छन्, र म तिनका पुरोहित भएको छु।”
5
तिनीहरूले तिनलाई भने, “त्यसो भए, हाम्रो निम्ति परमेश्वरसँग हाम्रो कार्य सफल हुन्छ कि हुन्न सोधपूछ गर।”
6
पुरोहितले जवाफ दिए, “कुशलसित जाओ। तिमीहरूको यात्रालाई परमप्रभुको स्वीकृति छ।”
7
ती पाँच जना आफ्नो बाटो लागे, र लेशमा आइपुगे। तिनीहरूले त्यहाँका बासिन्दाहरूलाई सीदोनीहरूझैँ शान्त र निष्फिक्रीसित आफ्ना जीवन बिताइरहेका देखे। उनीहरूको देशलाई कुनै अभाव थिएन। यसकारण उनीहरूलाई फलिफाप भएको थियो। उनीहरू सीदोनीहरूदेखि धेरै टाढ़ा थिए, र अरू कोहीसित उनीहरूको सम्पर्क थिएन।
8
ती पाँच जना मानिसहरू सोरा र एश्तोलमा फर्केर आएपछि तिनीहरूका भाइबन्धुहरूले तिनीहरूलाई सोधे, “तिमीहरूको खबर कस्तो छ?”
9
तिनीहरूले भने, “जाऔं त, उनीहरूमाथि चढ़ाइ गरौं! हामीले देखेको त्यो देश खूबै सुन्दर छ। के तिमीहरू यस विषयमा केही नगरी बियाँलो गरिरहन्छौ? अहिले नै हिँड्, र त्यस देशलाई अधिकार गर।
10
जब तिमीहरू त्यहाँ पुग्नेछौ, तब तिमीहरूले एउटा विस्तृत र खुला देशमा निष्फिक्रीसित जीवन बिताइरहेको एउटा जातिलाई देख्नेछौ। परमेश्वरले त्यो जग्गा तिमीहरूका हातमा सुम्पिदिनुभएको छ— त्यो जग्गा जहाँ पृथ्वीमा पाइने कुनै पनि थोकको अभाव छैन।”
11
यसकारण सोरा र एश्तोलबाट दानको कुलका हतियार भिरेका छ सय मानिसहरू निस्के।
12
तिनीहरू उक्लेर यहूदाको किर्यत-यारीमको पश्चिमतिर छाउनी हाले। यसैकारण त्यस ठाउँको नाउँ आजसम्म महनेह-दान भनिन्छ।
13
त्यहाँबाट तिनीहरू एफ्राइमका पहाड़ी देशतिर लागेर मीकाको घरमा आए।
14
तब ती पाँच जना मानिसहरू, जो लेशको वरिपरिका देशको भेद लिन गएका थिए, तिनीहरूले आफ्ना भाइबन्धुसँग यसो भनेर कुरा गरे, “के यी घरहरूमध्ये एउटामा एपोद र घर-देवताहरू, एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति छन् भनी तिमीहरूलाई थाहा छ? अब कसो गर्नु तिमीलाई थाहा छ।”
15
यसैले तिनीहरू मीकाको घरनेर ती जवान लेवीको डेरातिर लागे, र तिनलाई अभिवादन गरे।
16
हतियार भिरेका ती छ सय दानवंशीहरू मूल ढोकाको मुखैमा खड़ा भए।
17
देशको भेद लिन गएका ती पाँच जना मानिस घरभित्र पसे, अनि प्रतिमा र मूर्ति, एपोद र अरू घर-देवताहरू लिए। त्यसै बेला ती पुरोहित ती छ सय मानिसहरूसँग मूल ढोकाको मुखैमा खड़ा भइरहेका थिए।
18
ती पाँच जना मानिसहरू मीकाको घरमा पसेर प्रतिमा, मूर्ति, एपोद र अरू घर-देवताहरूलाई लग्दा, ती पुरोहितले “के गर्दैछौ?” भनी तिनीहरूलाई सोधे।
19
तर तिनीहरूले तिनलाई भने, “चूप लाग, एक शब्द पनि नबोल। आएर हाम्रा पुरोहित र बुबा होऊ। एक जना मानिसको घरमा पुरोहित हुनु कि इस्राएलमा एउटा कुल र वंशका पुरोहित हुनु असल हो?”
20
यस कुराले ती पुरोहित खुशी भए। तिनले ती एपोद, खोपिएको प्रतिमा र अरू घर-देवताहरू लगे, र त्यस दलमा सामेल भए।
21
तिनीहरू फर्केर गइहाले, र बालबच्चा, गाईबस्तुहरू र दामी-दामी सामानहरू अगि लगाएर हिँड़े।
22
ती दानवंशीहरू मीकाको घरबाट केही टाढ़ा मात्र पुगेका थिए कि मीकाले आफ्ना छिमेकीहरूलाई बोलाएर तिनीहरूलाई खेदेर भेट्टाए।
23
उनीहरूले दानवंशीहरूलाई हपारे, र तिनीहरूले फर्केर मीकालाई भने, “तिमीलाई के भयो? हामीसित लड़ाइँ गर्न किन तिमीले मानिसहरूलाई बोलायौ?”
24
मीकाले भने, “मैले आफ्नो निम्ति बनाएका मेरा देवताहरू तिमीहरूले लग्यौ। तिमीहरूले मेरा पुरोहितलाई पनि लिएर हिँड्यौ। मेरो निम्ति केही छोड़ेनौ, र ‘तिमीलाई के भयो?’ भनी कसरी सोध्न सक्छौ?”
25
दानवंशीहरूले तिनलाई भने, “तिम्रो सोर हामीलाई नसुनाऊ। नत्रता केही रिसाहा मानिसहरूले तिमीहरूमाथि आक्रमण गर्नेछन् र तिमी र तिम्रा परिवार खतम हुनेछौ।”
26
यति भनेर दानवंशीहरू आफ्नो बाटो लागे, अनि मीकाले तिनीहरू आफूभन्दा ज्यादै बलिया देखेर आफ्नो घरतिर लागे।
27
यसरी ती पुरोहित र मीकाले आफ्नो निम्ति बनाएका थोकहरू लिएर तिनीहरू गए, र लेशमाथि चढ़ाइ गरे, जहाँका मानिसहरू शान्त थिए, र निष्फिक्रीसित बस्थे। तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे, र उनीहरूको सहरमा आगो लगाइदिए।
28
उनीहरूलाई बचाउने कोही थिएन, किनभने त्यो सहर सीदोनदेखि टाढ़ामा थियो, र कसैसित उनीहरूको सम्पर्क थिएन। त्यो सहर बेथ-रहोबका नजिकको उपत्यकामा थियो। दानवंशीहरूले त्यस सहरलाई फेरि बनाए, र त्यसमा बसोबास गर्न लागे।
29
त्यसलाई इस्राएलका छोरा तिनीहरूका पुर्खाको नाउँमा दान राखे। त्यसको नाउँ पहिले त लेश थियो।
30
दानवंशीहरूले ती मूर्तिहरूलाई स्थापन गरे, र इस्राएल जाति कैदमा नलगिएसम्म मोशाका छोरा गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानको कुलका पूजाहारी भए।
31
अनि शीलोमा परमेश्वरको भवन रहुञ्जेल तिनीहरूले मीकाले बनाएका मूर्तिहरूको पूजा गरे।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21