bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 8
Judges 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
1
एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले किन हामीसँग यस्तो व्यवहार गर्नुभयो? मिद्यानसँग लड़ाइँ गर्न जाँदा तपाईंले हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले तिनलाई अनेक अभियोग लगाए।
2
तर गिदोनले तिनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के गरेको छु र? के एफ्राइमको दाखका शिला-बाला अबीएजेरको जम्मै दाखको फसलभन्दा असल छैन र?
3
परमेश्वरले मिद्यानका शासक ओरेब र जएबलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ। तिमीहरूले गरेझैँ मैले के गरेको छु?” तिनका यी कुराले तिनीहरूको रीस शान्त भयो।
4
गिदोन यर्दनमा आए, अनि तिनी र तिनका तीन सय मानिसहरू थकित भए तापनि यर्दन पारि तरेर खेदिरहे।
5
तिनले सुक्कोतका मानिसहरूलाई भने, “मेरा यी मानिसहरूलाई केही रोटी दिनुहुन्छ कि? किनभने तिनीहरू थाकेका छन्, र म मिद्यानका शासक जेबह र सल्मुन्नालाई खेद्दैछु।”
6
तर सुक्कोतका अधिकारीहरूले जवाफ दिए, “के जेबह र सल्मुन्ना तिम्रो हातमा आइसकेका छन्? तिम्रो सेनालाई हामीले किन रोटी दिने?”
7
गिदोनले भने, “त्यसो भए जब परमप्रभुले जेबह र सल्मुन्नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ तब म मरुभूमिका काँढ़ा र घोच्ने बुटाले तिमीहरूको छाला उतार्नेछु।”
8
तिनी त्यहाँबाट पनीएलमा गए, र त्यही बिन्ती गरे। पनीएलका मानिसहरूले पनि सुक्कोतका मानिसहरूले झैँ जवाफ दिए।
9
तिनले पनीएलका मानिहरूलाई भने, “म कुशलसित फर्केपछि तिमीहरूको यो किल्ला भत्काइदिनेछु।”
10
जेबह र सल्मुन्ना पन्ध्र हजार सेनाको साथमा कर्कोरमा थिए। पूर्वका जातिहरूका जम्मै दलबाट बाँकी रहेका सबै यति नै थिए। एक लाख बीस हजार सशस्त्र मानिसहरू लड़ाइँमा मारिएका थिए।
11
नोबह र योगबहाको पूर्वतिर पालमा बस्नेहरूले चलाउने गरेको बाटो भएर गिदोन अगि बढ़ेर गए, र उनीहरू सावधान नभएको बेलामा तिनले सेनामाथि आक्रमण गरे।
12
जेबह र सल्मुन्नाचाहिँ भागे, तर तिनले यी मिद्यानी राजाहरूलाई खेदिरहे, र ती दुवैलाई पक्रे, र उनीहरूको जम्मै सेना परास्त भए।
13
जब योआशका छोरा गिदोन युद्धबाट हेरेसको घाटी भएर फर्के,
14
तब तिनले सुक्कोतको एक जना जवान मानिसलाई समाते। तिनले त्यसलाई सोधे, र त्यसले सुक्कोतका सतहत्तर अधिकारी, सहरका बूढ़ा-प्रधानका नाउँ लेखिदिए।
15
त्यसपछि गिदोन सुक्कोतका मानिसहरूकहाँ आएर भने, “जेबह र सल्मुन्ना यहाँ छन्, जसका विषयमा तिमीहरूले यसो भनेर मेरो ठट्टा गरेका थियौ, ‘के जेबह र सल्मुन्ना तिम्रो हातमा परिसकेका छन्, र हामीले तिम्रा थाकेका मानिसहरूलाई रोटी दिने’?”
16
तब तिनले सहरका ती बूढ़ा-प्रधानहरूलाई लिए, र ती सुक्कोतका मानिसहरूलाई मरुभूमिका काँढ़ा र घोच्ने बुटाले दण्ड दिए।
17
तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।
18
तब तिनले जेबह र सल्मुन्नालाई भने, “तबोरमा तिमीहरूले मारेका मानिसहरू कस्ता थिए?” उनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए, हरेकको अनुहार राजाका छोराजस्तै थियो।”
19
तिनले भने, “तिनीहरू मेरा दाजुभाइहरू थिए— मेरै आमाका छोराहरू। परमप्रभुको शपथ खाएर म भन्दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोड़िदिएका भए त म तिमीहरूलाई मार्नेथिइनँ।”
20
तब तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठेर उनीहरूलाई मार्।” तर त्यो त्यस बेला सानै केटा थियो, र त्यसले आफ्नो तरवार थुतेन, किनभने त्यो डरायो।
21
यसैले जेबह र सल्मुन्नाले भने, “तपाईं आफै उठेर हामीलाई मार्नुहोस्, किनभने तपाईंमा पुरुषको बल छ।” तब गिदोन उठेर दुवैलाई मारे, र उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारहरू फुकालेर लगे।
22
इस्राएलीहरूले गिदोनलाई भने, “हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। अब तपाईं हाम्रा शासक हुनुहोस्, तपाईं, तपाईंका छोरा र तपाईंका नाति।”
23
तर गिदोनले जवाफ दिए, “म वा मेरो छोराले होइन तर परमप्रभुले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।”
24
अनि तिनले भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु। तिमीहरू हरेकले आफ्नो लूटको मालबाट एउटा कुण्डल मलाई देओ।” ती शत्रु इश्माएलीहरूका बीचमा सुनका कुण्डल लगाउने चलन थियो।
25
तिनीहरूले भने, “अवश्यै, हामी ती तपाईंलाई दिनेछौं।” तब एउटा लुगा ओछ्याइयो, र हरेकले त्यसमा आफ्नो लूटको मालबाट सुनको एउटा कुण्डल राखिदियो।
26
तिनले मागेका सुनका कुण्डलको ओजन बीस किलो जति भयो। योचाहिँ चन्द्रहार र अरू गहना र मिद्यानी राजाहरूले लाउने बैजनी वस्त्रबाहेक थियो। उनीहरूका ऊँटका घाँटीमा लगाएका सिक्रीहरूको त गन्ती नै भएन।
27
ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। सबै इस्राएलीहरूले त्यसको पूजा गरी आफैलाई वेश्यासमान बनाए, र त्यो गिदोन र तिनका घरानालाई फसाउने एउटा फन्दा भयो।
28
यसरी मिद्यानीहरू इस्राएलीहरूको अधीनमा भए। उनीहरूले आफ्ना शिर फेरि ठाड़ो गर्न सकेनन्। गिदोनको जीवनपर्यन्त चालीस वर्षसम्म देशमा शान्ति भयो।
29
त्यसपछि योआशका छोरा यरूब-बाल आफ्नै घरमा गएर बस्न लागे।
30
तिनका सत्तरी जना छोराहरू थिए, किनभने तिनका धेरै पत्नीहरू थिए।
31
तिनकी एउटी भित्रिनी थिइन्, जो शकेममा बस्थी। त्यसले पनि तिनको एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ अबीमेलेक राखे।
32
अनि योआशका छोरा गिदोन पूरा बुढ़ेसकालमा मरे, र आफ्ना बुबाको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाड़िए।
33
तिनको मृत्यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित व्यभिचार गर्न लागे, र बाल-बरीतलाई आफ्नो देवता तुल्याए।
34
तिनीहरूले चारैतिरका तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से।
35
यरूब-बाल, अर्थात् गिदोनले इस्राएलको निम्ति गरेका सबै हितका काम भुलेर तिनीहरूले तिनको परिवारलाई देखाउनुपर्ने दया देखाएनन्।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21