bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 4
Judges 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 5 →
1
एहूदको मृत्युपछि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो फेरि त्यही गरे।
2
यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबीनको हातमा बेचिदिनुभयो। उनका सेनापति सीसरा थिए, जो हरोशेत हग्गोयिममा बस्थे।
3
इस्राएलीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, किनभने सीसराका फलामका नौ सय रथहरू थिए, र उनले इस्राएलीहरूलाई बीस वर्षसम्म क्रूरतापूर्वक सताए।
4
त्यस बेला लप्पीदोतकी पत्नी दबोरा न्यायकर्ता थिइन्। तिनी एक अगमवादिनी थिइन्।
5
तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्साफको निम्ति आउँथे।
6
तिनले नप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वरको आज्ञा यो हो: ‘गएर नप्ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँड़ामा ल्याऊ’।
7
म याबीनको सेनापति सीसरालाई कीशोन खोलामा त्यसका रथहरू र त्यसका सबै फौजसमेत निकाली ल्याएर उनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।”
8
बाराकले जवाफ दिए, “तपाईं मसँग जानुभयो भने म जानेछु, तर तपाईं जानुभएन भनेता म पनि जानेछैनँ।”
9
दबोराले भनिन्, “निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुनेछैन, किनभने परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।” तब दबोरा उठिन् र बाराकसँग केदेशमा गइन्।
10
बाराकले जबूलून र नप्तालीलाई केदेशमा बोलाए, र दश हजार मानिसहरूका साथमा तिनी हिँड़े, र दबोरा पनि तिनीसँग गइन्।
11
अब केनी हेबेरले केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूदेखि अलग भएर केदेशनेर सानन्नीममा भएको ठूलो रूख नजिक आफ्नो पाल टाँगेका थिए।
12
अबीनोअमका छोरा बाराक तबोर डाँड़ामा गएका छन् भन्ने खबर सीसराकहाँ पुर्याइयो।
13
तब उनले आफ्ना नौ सय फलामका रथहरू र आफ्ना फौजहरूलाई हरोशेत हग्गोयिमबाट कीशोन खोलामा भेला गराए।
14
तब दबोराले बाराकलाई भनिन्, “उठ, आजको दिन परमप्रभुले सीसरालाई तिम्रो हातमा दिनुभएको छ। परमप्रभु तिम्रो अगि जानुभएको छ।” यसकारण बाराक तबोर डाँड़ाबाट आक्रमण गर्दै तल झरे, र दश हजार मानिसहरू तिनको पछिपछि लागे।
15
परमप्रभुले सीसरालाई, उनका सबै रथहरू र फौजसमेत, बाराकका आक्रमणको सामु पराजित गराउनुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे।
16
बाराकले रथहरू र फौजलाई हरोशेत हग्गोयिमसम्मै खेदे, र सारा सेनालाई तरवारले नाश गरे। एक जना पनि बाँचेन।
17
यता सीसराचाहिँ पैदलै भाग्दै केनी हेबेरका पत्नी याएलको पालमा पसे, किनभने हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो।
18
याएल सीसरालाई भेट गर्नलाई निस्किन्, र उनलाई भनिन्, “हजूर, भित्रै आउनुहोस्, भित्रै आउनुहोस्। नडराउनुहोस्।” यसैले सीसरा पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढ़ाइदिइन्।
19
सीसराले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ। मलाई साह्रै तिर्खा लागेको छ।” तब तिनले दूधले भरेको एउटा मशक खोलेर उनलाई पिउन दिइन्, र फेरि उनलाई कम्बल ओढ़ाइदिइन्।
20
सीसराले तिनलाई भने, “पालको ढोकामै उभिरह, र कसैले आएर ‘यहाँ कोही छ कि?’ भनेर सोध्यो भने ‘छैन’ भनिदेऊ।”
21
तर हेबेरकी पत्नी याएलले पालको एउटा कीला र मुङ्ग्रो लिएर सीसरा थकित भई मस्त निदाएको बेलामा उनको छेउमा गइन्। याएलले सीसराको कन्चट छिचोलेर भूइँ भेट्ने गरी कीला ठोकिदिइन् र उनी मरे।
22
बाराक सीसरालाई खेद्दै आउँदा याएल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” बाराक तिनीसँग भित्र पसे, र सीसरालाई कन्चटमा कीला गाड़िएर मरिरहेका भेटाए।
23
त्यस दिन परमेश्वरले कनानका राजा याबीनमाथि इस्राएलीहरूलाई विजयी बनाइदिनुभयो।
24
उनलाई खतम नपारुञ्जेल कनानी राजा याबीनको विरुद्ध इस्राएलीहरूको शक्ति बढ्दैगयो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21