bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 12
Judges 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 13 →
1
एफ्राइमीहरूले आफ्ना फौज भेला गरे, र पारि तरेर सापोनमा गए। तिनीहरूले यिप्तालाई भने, “अम्मोनीहरूसँग लड़ाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन? हामी तपाईंलाई तपाईंको घरसमेत जलाइदिनेछौं।”
2
यिप्ताले जवाफ दिए, “म र मेरा मानिसहरूको अम्मोनीहरूसँग झगड़ा थियो, र मैले तिमीहरूलाई सहायताको निम्ति बिन्ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूका हातदेखि बचाएनौ।
3
जब मैले यो देखें कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौं, तब आफ्नो प्राण जोखिममा हालेर अम्मोनीहरूका विरुद्धमा हिँड़ें, र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दैछौ?”
4
तब यिप्ताले गिलादका सबै मानिसहरूलाई भेला गरेर एफ्राइमसँग लड़ाइँ गरे। गिलादीहरूले तिनीहरूमाथि प्रहार गरे, किनकि एफ्राइमीहरूले यसो भनेका थिए, “तिमी गिलादीहरू एफ्राइम र मनश्शेबाट बागी भएर गएका हौ।”
5
गिलादीहरूले यर्दनका जँघारहरू लिए, र एफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै एफ्राइमीले पारि जानलाई बिन्ती गर्थ्यो, तब गिलादका मानिसहरूले त्यसलाई सोध्दथे, “के तँ एफ्राइमी होस्?” र त्यसले “होइन” भन्यो भनेदेखि
6
तिनीहरूले भन्थे, “त्यसो भए, ‘शिब्बोलेत’ भन्।” त्यसले त्यो शब्द ठीकसित उच्चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने, तिनीहरूले त्यसलाई यर्दनका जँघारहरूमा पक्रेर मार्दथे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।
7
यिप्ता छ वर्षसम्म इस्राएलका अगुवा भए। तब गिलादी यिप्ता मरे, अनि तिनी गिलादको एउटा सहरमा गाड़िए।
8
यिप्तापछि बेथलेहेमका इब्सान इस्राएलका अगुवा भए।
9
तिनका तीस जना छोरा र तीस छोरी थिए। तिनले ती तीस छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति तीस जना बुहारीहरूलाई अरू वंशबाट ल्याए। तिनी सात वर्षसम्म इस्राएलका अगुवा भए।
10
तब तिनी मरे, र बेथलेहेममा गाड़िए।
11
तिनीपछि जबूलूनी एलोन दश वर्षसम्म इस्राएलका अगुवा भए।
12
तब तिनी मरे, र जबूलूनका देशको अय्यालोनमा गाड़िए।
13
त्यसपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इस्राएलका अगुवा भए।
14
तिनका चालीस छोरा र तीस नाति थिए, र हरेक आ-आफ्नो गधामा सवार हुन्थ्यो। तिनी आठ वर्षसम्म इस्राएलका अगुवा भए।
15
त्यसपछि तिनी मरे, र अमालेकीहरूको पहाड़ी देशका एफ्राइमको पिरातोनमा गाड़िए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21