bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 6
Judges 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 7 →
1
फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई मिद्यानीका हातमा सात वर्षसम्म सुम्पिदिनुभयो।
2
मिद्यानीहरूको शक्ति यति अत्याचारी थियो कि इस्राएलीहरूलाई पहाड़का ओड़ार, गुफा र सुरक्षित ठाउँहरूमा गएर बस्न करै लाग्यो।
3
जब-जब इस्राएलीहरूले बीउ छर्दथे। मिद्यानीहरू तथा अमालेकीहरू र पूर्वका अरू जातिहरू आएर इस्राएलमाथि आक्रमण गर्दथे।
4
उनीहरू देशमा छाउनी बनाएर बसे, र गाजाको छेउसम्मैका बालीहरूलाई नाश गरे, यहाँसम्म कि इस्राएलीहरूका निम्ति भेड़ा, गोरु, र अरू कुनै जीवित थोक पनि छोड़ेनन्।
5
उनीहरू आफ्ना गाई-गोरुका बथान र तम्बूहरू लिएर सलहको हूलझैँ आए। मानिस र तिनीहरूका ऊँटहरू अनगिन्ती थिए। देशलाई सखाप पार्न आक्रमण गरे।
6
यसरी नै मिद्यानीहरूले इस्राएलीहरूलाई निर्धन बनाइदिए, र सहायताको निम्ति तिनीहरूले परमप्रभुलाई पुकारे।
7
मिद्यानीहरूले सताएकोले इस्राएलीहरूले परमप्रभुलाई पुकार्दा,
8
उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको यो वाणी छ: मैले तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकालेर ल्याएँ।
9
मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई सताउने सबैका हातबाट छुटाएँ। मैले उनीहरूलाई तिमीहरूका सामुन्नेदेखि धपाएँ, र उनीहरूका देशहरू तिमीहरूलाई दिएँ।
10
मैले तिमीहरूलाई भनें, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू बसोबास गरिरहेको, एमोरीहरूको देशका देवताहरूको सेवा नगर’। तर तिमीहरूले मेरो कुरा सुनेनौ।”
11
अब परमप्रभुका दूत आएर अबीएजेरी योआशको, ओप्रा भन्ने ठाउँको फलाँटको रूखमुनि बसे। योआशका छोरा गिदोनचाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहूँ चुट्दैथिए।
12
तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।”
13
गिदोनले तिनलाई भने, “हजूर, सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको? उहाँका ती सबै आश्चर्य कामहरू के भए, जो हामीले आफ्ना पिता-पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्याउनुभएको होइन?’ तर अब त परमप्रभुले हामीलाई त्याग्नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।”
14
तब तिनीतिर फर्केर परमप्रभुले भन्नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्। तँलाई पठाउने म नै हुँ।”
15
गिदोनले उत्तर दिए, “हजूर, सुन्नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस् त्यो त मनश्शेमा सबैभन्दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।”
16
परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु, र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैँ मार्नेछस्।”
17
तिनले भने, “यदि म तपाईंको निगाह-पात्र भएको छु भने, तपाईं नै मसँग बोल्नुभएको हो भन्ने मलाई एउटा चिन्ह दिनुहोस्।
18
बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढ़ाउञ्जेल तपाईं यहाँबाट नजानुहोला।” उहाँले भन्नुभयो, “तँ नआउञ्जेल म यहीँ बस्नेछु।”
19
तब गिदोन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे, र पाँच पाथी पीठोको अखमिरी रोटी बनाए। तिनले मासुचाहिँ एउटा टोकरीमा हालेर र झोलचाहिँ एउटा बटुकोमा हाले बाहिर फलाँटको रूखमुनि उहाँको सामु चढ़ाए।
20
परमेश्वरका दूतले तिनलाई भने, “त्यो मासु र अखमिरी रोटी लिएर यहाँ चट्टानमाथि राखिदे, र झोलचाहिँ खन्याइदे।” अनि तिनले त्यसै गरे।
21
तब परमप्रभुका दूतले आफ्नो हातमा भएको लहुरो पसारेर त्यसको टुप्पाले त्यो मासु र रोटीलाई छोए। तब चट्टानबाट आगो निस्केर त्यो मासु र रोटीलाई भस्म पार्यो। अनि परमप्रभुका दूत अलप भए।
22
तब गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन् भनी थाहा पाए, र भने, “हाय, परमप्रभु परमेश्वर यो त साँच्चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें।”
23
तर परमप्रभुले तिनलाई भन्नुभयो, “शान्ति! नडरा, तँ मर्नेछैनस्।”
24
गिदोनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए, र त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो आजको दिनसम्म पनि अबीएजेरीको ओप्रामा छ।
25
त्यसै रात परमप्रभुले गिदोनलाई भन्नुभयो, “तेरा बुबाको बगालबाट सात वर्षे दोस्रो साँढ़े ले, तेरा बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति ढालिदे।
26
तब यही अल्गो स्थानमा परमप्रभु तेरा परमेश्वरको निम्ति ठीक ढाँचाको एउटा वेदी बना, र त्यो दोस्रोचाहिँ साँढ़े लिएर तैंले ढालेको अशेराको मूर्तिको काठले होमबलि चढ़ा।”
27
तब गिदोनले आफ्ना नोकरहरूमध्येका दश जनालाई लिएर परमप्रभुले तिनलाई भन्नुभएबमोजिम गरे। तर तिनी आफ्ना पिताका घराना र नगरवासीहरूसँग डराउँदथे, यसैकारण तिनले यो काम दिउँसो होइन तर राती गरे।
28
जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको वेदीमा त्यो दोस्रोचाहिँ साँढ़े होमबलि चढ़ाइएको देखे।
29
उनीहरूले एक-अर्कालाई “यो कसले गरेको होला?” भनी सोधपूछ गर्न लागे, र धेरै सोधपूछ गर्दा योआशका छोरा गिदोनले गरेको हो भनी पत्ता लगाए।
30
तब सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यसले बालको वेदी भत्काइदिएछ, र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिदिएछ। त्यो मारिनैपर्छ।”
31
तर योआशले तिनको चारैतिर भएको विरोधी भीड़लाई भने, “तपाईंहरू बाल देवताको पक्षमा कराउनुभएको? बाललाई बचाउने हामीहरूको काम हो भनी तपाईंहरू सम्झनुहुन्छ? त्यसको पक्षमा कराउने बिहानसम्ममा मारिनेछ। यदि बालचाहिँ देवता नै हो रहेछ र त्यसको वेदी कसैले भत्काइदिएको हो भने, त्यो आफ्नो लागि आफै बोलोस्।”
32
त्यस दिन उनीहरूले गिदोनको नाउँ यसो भनेर यरूब-बाल राखिदिए, “यस मानिसको विरुद्धमा बाल आफै लड़ोस्, किनभने त्यसको वेदी यसैले भत्काइदिएको छ।”
33
त्यसपछि सबै मिद्यानी, अमालेकी र पूर्वका जातिहरूले आपसमा दल बाँधे, र यर्दन नदी तरेर यिजरेलको बेँसीमा छाउनी हाले।
34
तब परमप्रभुका आत्मा गिदोनमाथि आउनुभयो। तिनले तुरही फुके, र अबीएजेरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए।
35
तिनले मनश्शेभरि समाचार लाने दूतहरूलाई पठाए, र तिनीहरू पनि तिनको पछि लाग्नलाई बोलाइए। तिनले आशेर, जबूलून र नप्तालीकहाँ पनि समाचार दिने दूतहरूलाई पठाए, र तिनीहरू पनि अरूहरूसित भेला हुनलाई आए।
36
गिदोनले परमेश्वरलाई भने, “तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार यदि तपाईंले इस्राएललाई मद्वारा बचाउनुहुन्छ भनेदेखि,
37
अब हेर्नुहोस्, म भेड़ाको ऊन खलामा राख्नेछु। यदि ऊनमा मात्रै शीत परेर त्यसको चारैतिरको जमिनचाहिँ सुक्खै रह्यो भने, मलाई यो कुरो निश्चय थाहा हुनेछ कि तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मेरै हातद्वारा तपाईंले इस्राएललाई छुटाउनुहुनेछ।”
38
र त्यसै नै भयो। तिनी भोलि बिहानै उठे, र त्यो ऊनलाई निचोरे, र शीतबाट एक बटुको पानी निस्क्यो।
39
तब गिदोनले परमेश्वरलाई भने, “मसँग नरिसाउनुहोस्, तर मलाई अझै एक कुरा बोल्न दिनुहोस्। बिन्ती छ, मलाई फेरि एक पल्ट यस ऊनको जाँच गर्न दिनुहोस्। यस पल्टचाहिँ त्यो ऊन मात्र सुक्खा रहोस्, र सबै जमिनचाहिँ शीतले भिजोस्।”
40
परमेश्वरले त्यस रात पनि त्यसै गर्नुभयो। ऊन मात्र सुक्खा रह्यो, र त्यसका चारैतिरको जमिनमा शीत परेको थियो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21