bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 15
Judges 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 16 →
1
केही समयपछि गहूँका फसलको बेलामा एउटा पाठो लिएर शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले भने, “मेरी पत्नीको कोठामा म जान चाहन्छु।” तर त्यसका बुबाले तिनलाई जान दिएनन्।
2
त्यसका बुबाले भने, “तिमीले त्यसलाई घृणा गर्यौ भन्ने कुरा मलाई निश्चय भएको हुनाले मैले त त्यसलाई तिम्रो लोकन्तलाई दिएँ। त्यसकी बहिनी त्योभन्दा राम्री छे— अब त्यसलाई नै लैजाऊ।”
3
तर शिमशोनले भने, “यस पल्ट पलिश्तीहरूसित साटो लिने मेरो हक छ। म साँच्ची नै उनीहरूको केही नोक्सानी गर्नेछु।”
4
तब तिनले गएर तीन सय स्यालहरू पक्रे। तिनले दुई-दुई वटा स्यालका पुच्छर-पुच्छर बाँधे र हरेक जोड़ीको बीचमा एउटा-एउटा राँको बाँधिदिए।
5
त्यसपछि तिनले ती राँकाहरू जलाए र ती स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्नका बारीहरूमा छोड़िदिए। तिनले पाकिरहेका अन्न र बिटासमेत दाखबारी र भद्राक्षका बगैँचाहरू पनि डढ़ाइदिए।
6
तब पलिश्तीहरूले सोधे, “यो कसले गरेको हो?” तिम्नाका तिनका ससुरोले शिमशोनकी पत्नी तिनको लोकन्तलाई दिएकोले शिमशोनले यो सब गरेको हो भनी उनीहरूले सुने। तब पलिश्तीहरू गएर त्यसलाई र त्यसका बुबालाई जलाइदिए।
7
शिमशोनले उनीहरूलाई भने, “किनकि तिमीहरूले यस्ता कार्यहरू गर्यौ, म यो शपथ खाएर भन्दछु कि म तिमीहरूलाई यसको बदला नलिउञ्जेल म थामिन्नँ।”
8
तब तिनले उनीहरूलाई हिर्काउनसम्म हिर्काएर धेरै जनालाई मारे। त्यसपछि तिनी एतामका पहरोको ओड़ारमा गएर बस्न लागे।
9
पलिश्तीहरू उक्लेर आए, र यहूदामा छाउनी हाले, र लहीको छेउमा छरिएर बसे।
10
यहूदाका मानिसहरूले भने, “तिमीहरूले किन हामीमाथि चढ़ाइ गर्यौ?” उनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई पक्रन आएका छौं। त्यसले हामीलाई गरेझैँ हामी त्यससँग गर्नेछौं।”
11
तब यहूदाबाट तीन हजार मानिसहरू एतामका पहरोको ओड़ारमा झरे। तिनीहरूले शिमशोनलाई भने, “पलिश्तीहरू त हाम्रा शासक हुन् भन्ने कुरो तपाईंलाई थाहै छ। अब हेर्नुहोस्, तपाईंले हामीमाथि के गर्नुभयो?” तिनले भने, “मैले त उनीहरूले जस्तो मसँग गरे त्यस्तै मात्र गरेको छु।”
12
तिनीहरूले तिनलाई भने, “हामी त तपाईंलाई बाँधेर पलिश्तीहरूका हातमा दिन आएका छौं।” तिनले भने, “त्यसो भए, तिमीहरू आफैले मलाई मार्नेछैनौं भनी मसँग शपथ खाओ।”
13
तिनीहरूले जवाफ दिए, “ठीक छ, हामी त तपाईंलाई बाँधेर पलिश्तीहरूका हातमा मात्र दिनेछौं। हामी तपाईंलाई मार्नेछैनौं।” तिनीहरूले तिनलाई दुई वटा नयाँ डोरीले बाँधे, र पहरोको ओड़ारबाट माथि ल्याए।
14
तिनी लहीमा पुग्न लाग्दा पलिश्तीहरूले तिनीतिर चिच्च्याउँदै आए। तब परमप्रभुका आत्मा झट्टै तिनीमा आउनुभयो, र तिनका पाखुरामा भएका डोरीहरू डढ़ेका सनपाटझैँ भए, र तिनका बन्धनहरू चुँड़िए।
15
तिनले गधाको एउटा आलो बङ्गारो भेट्टाएर उठाए, अनि एक हजार मान्छे मारे।
16
तिनले भने, “गधाको बङ्गारोले मैले उनीहरूलाई नाश गरें, रास लगाएँ, गधाको बङ्गारोले मैले एक हजार मान्छे मारें।”
17
यति भनिसकेर तिनले त्यो बङ्गारो फ्याँकिदिए। यसैले त्यस ठाउँको नाउँ रामत-लही राखियो।
18
त्यसपछि तिनलाई साह्रो तिर्खा लाग्यो र कराएर परमप्रभुको पुकारा गरेर यसो भने, “तपाईंले आफ्नो दासलाई यो ठूलो विजय दिनुभयो, र अब के म तिर्खाले मर्नु? यी बेखतनाका हातमा पर्नु?”
19
तब परमप्रभुले लहीमा भएको खाल्डोलाई चिरेर फुटाइदिनुभयो, र त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले त्यो पानी पिए, र तिनको ताकत फर्क्यो र तिनी फेरि ताजा भए। यसैकारण लहीको मूललाई आजको दिनसम्म पनि एन-हक्कोरे भन्दछन्।
20
पलिश्तीहरूको समयमा शिमशोन बीस वर्षसम्म इस्राएलका अगुवा भए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21