bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 21
Judges 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
1
इस्राएलीहरूले “आफ्नी छोरी कुनै बेन्यामीनीलाई विवाहमा दिनेछैनँ” भनी मिस्पामा शपथ खाएका थिए।
2
अनि मानिसहरू बेथेलमा गए, र साँझसम्मै त्यहाँ परमेश्वरको उपस्थितिमा रहे, र साह्रै ठूलो विलाप गरे।
3
तिनीहरूले भने, “हे परमप्रभु, इस्राएलका परमेश्वर, इस्राएललाई किन यस्तो भएको छ? किन आजको दिन इस्राएलको एउटा कुलचाहिँ हराएर गयो?”
4
भोलिपल्ट मानिसहरू बिहानै उठे, र त्यहाँ एउटा वेदी बनाएर होमबलि र मेलबलि चढ़ाए।
5
तब इस्राएलका सबै कुलमध्येको कुनै कुल परमप्रभुको उपस्थितिमा आएन कि भनी इस्राएलीहरूले आपसमा सोधपूछ गरे, किनभने तिनीहरूले यो महाशपथ खाएका थिए कि मिस्पामा परमप्रभुकहाँ नजानेचाहिँ मारिनुपर्छ।
6
अब इस्राएलीहरूले आफ्ना दाजुभाइ बेन्यामीनीहरूका निम्ति बिलौना गरे, किनभने तिनीहरूले भने, “आजको दिन इस्राएलमा एउटा कुल नै मेटियो।”
7
तिनीहरूले सोधे, “बाँकी रहेकाहरूका निम्ति पत्नीहरू खोजिदिनलाई हामी के गरौं? हामीले परमप्रभुको सामुन्ने उनीहरूलाई हाम्रा छोरीहरू विवाहमा नदिने भनेर शपथ खाएका छौं।”
8
तब तिनीहरूले सोधे, “इस्राएलका सबै कुलहरूमध्ये परमप्रभुकहाँ मिस्पामा नजाने कोही छ?” अनि याबेश-गिलादबाट कोही पनि सभाको लागि छाउनीमा आएको रहेनछ भनी तिनीहरूले पत्ता लगाए।
9
किनकि जब तिनीहरूले मानिसहरूको गन्ती लिए तब याबेश-गिलादको कोही पनि उपस्थित भएको भेट्टाएनन्।
10
यसैले त्यस सभाले बाह्र हजार योद्धाहरूलाई याबेश-गिलादका पुरुष, स्त्री र बालकहरूलाई तरवारले मार्न भनी हुकुम दिएर पठाए।
11
तिनीहरूले भने, “तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्त्रीलाई मार्नू, तर कन्ये-केटीहरूलाई चाहिँ छोड़िदिनू।”
12
तिनीहरूले त्यसै नै गरे। याबेश-गिलादका बासिन्दाहरूमध्ये चार सय जवान स्त्रीहरू भेट्टाए, जसको कुनै पुरुषसँग सहवास भएको थिएन। अनि तिनीहरूले यिनीहरूलाई कनानका शीलोको छाउनीमा ल्याए।
13
तब जम्मै सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनीहरूलाई शान्तिको प्रस्ताव गर्न डाकिपठाए।
14
यसकारण बेन्यामीनीहरू फर्केर आए, र उनीहरूलाई याबेश-गिलादका ती स्त्रीहरू दिइए, जो बचाइएका थिए, तर उनीहरूका निम्ति ती यथेष्ट भएनन्।
15
मानिसहरू अझै पनि बेन्यामीनको निम्ति बिलौना गरिरहे, किनभने इस्राएलका कुलहरूमा परमप्रभुले यो फाटो गरिदिनुभएको थियो।
16
अनि सभामा धर्म-गुरुहरूले भने, “बाँकी रहेकाहरूका निम्ति पत्नीहरू खोजिदिनलाई के गरौं? बेन्यामीनका सबै स्त्रीहरू त मारिए।”
17
तिनीहरूले भने, “भागेर बाँचेका बेन्यामीनीहरूका उत्तराधिकार हुनैपर्छ, नत्रता इस्राएलीहरूमध्येको एउटा कुल मेटिएर जानेछ।
18
हामी आफ्ना छोरीहरू उनीहरूलाई विवाह गरिदिन सक्दैनौं, किनभने कुनै बेन्यामीनीलाई आफ्नी छोरी दिने मानिसमाथि सराप आउनेछ भनी हामीले शपथ खाएका छौं।”
19
तब बेथेलको उत्तरतिर, बेथेलदेखि शकेम जाने मूलबाटोको पूर्वतिर र लबोनाको दक्षिणतिर भएको शीलोमा परमप्रभुको निम्ति प्रतिवर्ष हुने चाड़को तिनीहरूलाई याद आयो।
20
यसैले तिनीहरूले बेन्यामीनीहरूलाई भने, “गएर दाखबारीहरूमा लुकी बस।
21
जब शीलोका केटीहरू नाच्नलाई आउँछन् तब दाखबारीहरूबाट झट्टै निस्केर तिमीहरू हरेकले आ-आफ्ना पत्नी तुल्याउनलाई एउटी-एउटीलाई पक्र। तब आफ्नो घर बेन्यामीनको देशतिर जाओ।
22
त्यसपछि यदि तिनीहरूका बुबा वा दाजुभाइहरू आएर हामीलाई उजूर गरे भने, हामी भन्नेछौं, “उनीहरूमाथि दया गरी हामीलाई सहायता गर्नुहोस्, किनकि लड़ाइँमा उनीहरूका निम्ति हामीले पत्नी ल्याईदिन सकेनौं। तपाईं निर्दोष हुनुहुन्छ, कारण तपाईंहरूले आफ्ना छोरीहरू दिनुभएन।”
23
ती बेन्यामीनीहरूले यी सबै गरे। तिनीहरू नाचिरहेको बेलामा उनीहरू हरेकले आ-आफ्ना पत्नी तुल्याउन एउटी-एउटी केटीलाई पक्रेर लग्यो। तब उनीहरू आफ्नो बाटो लागे, र उनीहरूको पैतृक-सम्पत्ति भएको ठाउँमा फर्केर आफ्ना सहरहरूलाई फेरि बनाए, र तिनमा बसोबास गरे।
24
त्यस बेला इस्राएलीहरू पनि आ-आफ्ना कुल-कुल र घराना गरी छुट्टिए, र हरेक आ-आफ्नो पैतृक-सम्पत्ति भएको ठाउँमा गए।
25
ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
Recommended Reading
Commentary
Judges Commentaries
→
Devotional
Judges Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→