bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 13
Judges 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
1
फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई चालीस वर्षसम्म पलिश्तीहरूका हातमा सुम्पिदिनुभयो।
2
दानको कुलका सोरामा बस्ने एक जना मानिस थिए, जसको नाउँ मानोह थियो, र जसकी पत्नी बाँझी थिइन्, र तिनको कोही छोराछोरी थिएन।
3
परमप्रभुका दूत ती स्त्रीकहाँ देखा परेर तिनलाई भने, “तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ।
4
अब मैले भनेझैँ तिमीले गर्नू, होशियार होऊ, दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू, र कुनै अशुद्ध भोजन नखानू,
5
किनभने तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले नै इस्राएललाई पलिश्तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ।”
6
ती स्त्री गएर आफ्ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्य थियो। तिनी कहाँबाट आएका हुन् भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्नो नाउँ बताएनन्।
7
तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्माउनेछौ। आजदेखि उसो तिमीले दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू र अशुद्ध भोजन नखानू, किनभने त्यो केटो जन्मेको दिनदेखि मर्ने दिनसम्मै परमेश्वरको निम्ति अलग गरिएको नाजिरी हुनेछ’।”
8
तब मानोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, बिन्ती छ, तपाईंले पठाउनुभएका, परमेश्वरका ती मानिस फेरि एक पल्ट आऊन् र त्यो जन्मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदेऊन्।”
9
परमेश्वरले मानोहको प्रार्थना सुन्नुभयो, र परमेश्वरका दूत बारीमा बसिरहेकी ती स्त्रीकहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्।
10
स्त्री झट्टै दगुरेर गई मानोहलाई भनिन्, “त्यस दिन आएका ती मानिस फेरि मकहाँ आएका छन्।”
11
मानोह झट्टै तिनीसँग गए र त्यस व्यक्तिलाई भेटेर भने, “के मेरी पत्नीसँग कुरा गर्ने तपाईं नै हुनुहुन्छ?” तिनले भने, “हो, म नै हुँ।”
12
मानोहले भने, “जब तपाईंको वचन पूरा हुनेछ, तब त्यो केटाको जीवन र कामको नियम कस्तो हुनेछ?”
13
परमप्रभुका दूतले जवाफ दिएर भने, “मैले जे भनेको छु सो कुरा तिम्री पत्नीले होशियारसँग पालन गर्नुपर्छ।
14
दाखको बोटबाट निस्केको केही पनि तिनले चाख्नुहुँदैन। तिनले दाखमद्य वा अरू मत्ताएको मद्य पिउनुहुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानुहुँदैन। मैले जे भनेको छु त्यो सबै तिनले गर्नुपर्छ।”
15
मानोहले परमप्रभुका दूतलाई भने, “कृपा गरी पर्खनुहोस्, र हामी तपाईंको निम्ति एउटा पाठो तयार गर्नेछौं।”
16
परमप्रभुका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोक्यौ भने पनि म तिमीहरूले चढ़ाएको भोजन खान्नँ। तर तिमीहरूको इच्छा छ भने होमबलि तयार गर र त्यो परमप्रभुमा चढ़ाओ।” मानोहले तिनलाई परमप्रभुका दूत हुन् भनी चिनेनन्।
17
तब मानोहले तिनलाई भने, “तपाईंको नाउँ के हो? किनकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंको आदर गर्न चाहन्छौं।”
18
परमप्रभुका दूतले तिनलाई भने, “तिमी किन मेरो नाउँ सोध्ने आँट गर्छौ? यो नाउँ समझदेखि बाहिर छ।”
19
तब मानोहले पाठो र उचित अन्नबलि लिएर ती चट्टानमाथि परमप्रभुकहाँ चढ़ाए। अनि मानोह र तिनकी पत्नीले हेरिरहेकै बेलामा परमप्रभुले आश्चर्यमय काम गर्नुभयो।
20
जब त्यस वेदीबाट स्वर्गतिर एउटा ज्वाला उठ्यो, तब ज्वालासँगै परमप्रभुका दूत मास्तिर गए। यो देखेर मानोह र तिनकी पत्नी घोप्टो परे।
21
त्यसपछि परमप्रभुका ती दूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्, र मानोहले ती त परमप्रभुका दूत रहेछन् भनी थाहा पाए।
22
तर तिनले आफ्नी पत्नीलाई भने, “हामी त निश्चय नै मर्नेछौं, किनभने हामीले परमेश्वरलाई देखेका छौं।”
23
तर तिनकी पत्नीले जवाफ दिइन्, “परमप्रभुले हामीलाई मार्ने नै इच्छा गर्नुभएको भए उहाँले हाम्रा हातका होमबलि र अन्नबलि ग्रहण गर्नुहुनेथिएन र यी सबै कुरा देखाउनुहुनेथिएन वा भन्नुहुनेथिएन।”
24
ती स्त्रीले एउटा छोरो जन्माइन् र तिनको नाउँ शिमशोन राखिन्। त्यो बालक बढ्न लाग्यो, र परमप्रभुले त्यसलाई आशिष् दिनुभयो।
25
अनि त्यो सोरा र एश्तोलको बीचमा भएको महनेह-दानमा हुँदा, परमप्रभुका आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
Recommended Reading
Commentary
Judges Commentaries
→
Devotional
Judges Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→