bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 5
Judges 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
1
त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:
2
“जब इस्राएलका अगुवाहरू नेतृत्व गर्छन्, जब मानिसहरू राजीखुशीले आफूलाई समर्पण गर्छन्— परमप्रभुको प्रशंसा गर।
3
“हे राजा हो, सुन। हे शासक हो, कान थाप। म गाउनेछु, म परमप्रभुको स्तुति गर्नेछु, म परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति एउटा भजन गाउनेछु।
4
“हे परमप्रभु, जब तपाईं सेइरबाट अगि बढ्नुभयो, जब तपाईं एदोमको देशबाट बढ्दैजानुभयो, तब पृथ्वी काम्यो, आकाशले खन्यायो, बादलले झरी बर्सायो।
5
परमप्रभुको सामु, अँ, सीनैका परमप्रभुको सामु, परमप्रभुको सामु, इस्राएलका परमेश्वरको सामु पहाड़हरू डरले थरथराए।
6
“अनातका छोरा शमगरको पालोमा, याएलको पालोमा यात्रीहरू मूलबाटाहरूमा हिँड़ेनन्, मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे।
7
इस्राएलका गाउँले जीवन समाप्त भयो, जबसम्म म, दबोरा, खड़ा भइनँ। इस्राएलमा एउटी आमाझैँ म खड़ा भएँ।
8
जब तिनीहरूले नयाँ-नयाँ देवताहरूसित मित्रता बाँधे, सहरका मूल ढोकाहरूमा लड़ाइँ आइपुग्यो, र इस्राएलका चालीस हजारसित न त ढाल न भाला देखिए।
9
मेरो हृदय इस्राएलका अगुवाहरूसित छ, मानिसहरूमध्येका इच्छुक स्वयंसेवकहरूसित। परमप्रभुको प्रशंसा गर।
10
“तिमीहरू, सेता गधाहरूमाथि सवार हुनेहरू, जो जीनको गलैंचामाथि बस्छौ, र तिमीहरू, जो पैदल बाटो लाग्दछौ,
11
यस कुरालाई राम्ररी विचार गर, गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्। त्यहाँ तिनीहरू परमप्रभुले गर्नुभएका धार्मिक कार्यहरूको स्मरण गर्छन्, इस्राएलमा शूरवीरहरूका धार्मिक कार्यहरू। त्यसपछि परमप्रभुका जनहरू तल सहरका मूल ढोकाहरूमा गए।
12
‘ए दबोरा! उठ, तिमी आफै उठ, तिमी आफै उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ, धेरैलाई कैदी बनाऊ।’
13
त्यसपछि बाँकी रहेका मानिसहरू प्रधानहरूकहाँ आए। परमप्रभुका मानिसहरू मकहाँ शक्तिवान्हरूसित आए।
14
केही एफ्राइमबाट आए, जसको मूल अमालेकमा छ, बेन्यामीन तिमीलाई पछ्याउने मानिसहरूसित थिए। माकीरबाट कप्तानहरू आए, जबूलूनबाट सेनाका नेताको लहुरो बोक्ने मानिसहरू आए।
15
इस्साखारका प्रधानहरू दबोरासित थिए, हो, इस्साखार बाराकसित थिए। तिनीहरू तिनको पछि तल बेँसीमा कुदेर गए। रूबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।
16
गोठालाहरूले बोलाएको तीखो सोर सुन्नलाई तिमीहरू शिविरका अग्निहरूमा किन अलमली बस्यौ? रूबेनका जिल्लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।
17
गिलाद यर्दन पारि नै बसे। र दान, किन जहाजहरूका छेउमा पर्खिबसे? आशेर समुद्रको किनारमा नै ढिलो गरी बसे, तिनका खाड़ीहरूमा नै ती बसिरहे।
18
जबूलूनका मानिसहरूले आफ्नो ज्यान नै खतरामा हाले, त्यसै गरी नप्तालीले पनि रणभूमिको मुखैमा।
19
“राजाहरू आए, तिनीहरूले युद्ध गरे। कनानका राजाहरूले मगिद्दोका खोलाहरूकै छेउको तानाकमा लड़ाइँ गरे। तर तिनीहरूले कुनै चाँदी, कुनै लूटका माल लगेनन्।
20
ताराहरूले पनि आकाशदेखि लड़ाइँ गरे, ताराहरूले आ-आफ्ना चक्रबाट सीसरासँग लड़ाइँ गरे।
21
कीशोन खोलाले तिनीहरूलाई बगाएर लग्यो, पुरानो खोला, कीशोन खोला। हे मेरो प्राण, छाती फुकाएर हिँड्।
22
तब घोड़ाहरूले टाप बजाए, त्यसका बलिष्ठ घोड़ाहरू वेगसाथ कुदे।
23
‘मेरोजलाई सराप,’ परमप्रभुका दूतले भने, ‘सराप, त्यसका बासिन्दाहरूमाथि सराप, किनभने तिनीहरूले परमप्रभुलाई कति पनि सघाएनन्, परमप्रभुलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्।’
24
“केनी हेबेरकी पत्नी याएल सबै स्त्रीहरूभन्दा आशिषित होऊन्, पालमा बस्ने स्त्रीहरूमध्ये सबैभन्दा आशिषित।
25
सीसराले पानी माग्यो, तर तिनले दूध दिइन्, मालिकको निम्ति योग्यको बटुकोमा तिनले त्यसलाई दही टक्र्याइन्।
26
तिनले आफ्नो हात पालको कीलातिर बढ़ाइन्, तिनले आफ्नो दाहिने हातमा मुङ्ग्रो उठाइन्। तिनले मुङ्ग्रोले सीसरालाई हानिन्, त्यसको टाउको किचिन्, तिनले त्यसको कन्चट छेड़ी चूरचूर पारिन्।
27
तिनकै खुट्टामा त्यो लोट्यो, त्यो पड़िरह्यो, तिनकै खुट्टामा त्यो घोप्टियो र लोट्यो। जहाँ त्यो घोप्ट्यो त्यहीँ त्यो लोट्यो र मर्यो।
28
“सीसराकी आमाले आँखी-झ्यालबाट चियाएर हेरिन्, झ्यालबाट चियाइन्, र चिच्च्याएर भनिन्, ‘त्यसको रथ आउनलाई किन यति ढिलो गरेको? त्यसका रथहरूको खटखट आवाज किन यति बियाँलो भयो?’
29
तिनका महिलाहरूमध्येका सबभन्दा ज्ञानीले यस्तो जवाफ दिन्छिन्, साँच्चै तिनी पनि आफैसित यसो भन्छिन्,
30
‘तिनीहरू लूटका मालहरू खोज्दैहोलान्, भाग लाउँदैहोलान्, हरेक मानिसको निम्ति एउटी केटी, शायद दुई केटी, सीसराको निम्ति रङ्गाएका थोकहरू, रङ्गाएका थोकहरूको लूट, पूर्ण रूपले बुट्टा भरेका, मेरो गलाको लागि— यी सबै लूटसरह?’
31
“हे परमप्रभु, यसरी नै तपाईंका सबै शत्रुहरू नष्ट होऊन्, तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्नो प्रतापमा झल्केको सूर्यझैँ होऊन्।” तब चालीस वर्षसम्म देशमा शान्ति भयो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21