bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 16
Judges 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
1
एक दिन शिमशोन गाजामा गए, र त्यहाँ तिनले एउटी वेश्यालाई देखे, र रात बिताउनलाई त्यसकहाँ गए।
2
शिमशोन आएको खबर गाजाका मानिसहरूले पाए, र उनीहरूले तिनलाई घेरे, र त्यस रातभरि सहरको मूल ढोकामा तिनलाई ढुकिबसे। राती उनीहरूले केही गरेनन्, किनभने उनीहरूले आपसमा भने, “बिहान हामी तिनलाई मारौं।”
3
तर शिमशोन आधारातसम्म मात्र ओछ्यानमा पल्टिरहे। तब तिनी आधारातमा उठेर सहरको मूल ढोकाका दैला र दुवै खम्बा, बार र सबै थोक तिनले उखेले, र ती आफ्नो काँधमा हालेर हेब्रोनका सामुन्नेको डाँड़ाको टाकुरामा बोकेर लगे।
4
केही समयपछि शिमशोन सोरेकको बेँसीमा बस्ने दलीला नाउँ भएकी एउटी स्त्रीसँग प्रेममा फसे।
5
पलिश्तीहरूका मुखियाहरू त्यस स्त्रीलाई भेट गर्नलाई गए र त्यसलाई भने, “तिनलाई फकाएर सोध कि केले तिनलाई त्यो ठूलो बल दिन्छ, र कसरी हामी तिनलाई काबूमा पारेर बाँधी तिनलाई कैद गर्न सक्छौं। हामी हरेकबाट तिमीले चाँदीका एघार-एघार सय सिक्का पाउनेछ्यौ।”
6
यसैले दलीलाले शिमशोनलाई भनी, “मलाई भन्नुहोस्, तपाईंको महाबल केमा छ, र तपाईंलाई कसरी बाँधेर कैद गर्न सकिन्छ?”
7
शिमशोनले जवाफ दिए, “यदि मलाई कसैले धनुका सात वटा नसुकेका ताजा ताँदाले बाँध्यो भने म अरू मानिसजस्तै निर्बल भइहाल्नेछु।”
8
तब पलिश्तीहरूका मुखियाहरूले धनुका सात वटा नसुकेका ताजा ताँदा त्यसलाई ल्याइदिए, र दलीलाले तिनलाई बाँधी।
9
त्यसले आफ्नो भित्री कोठामा मानिसहरू लुकाइराखेकी थिई, र त्यसले कराएर तिनलाई भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।” तर तिनले ताँदाहरू आगोमा परेका सनपाटका धागाहरूजस्तै छिनाइदिए, र तिनका बलको भेद जानिएन।
10
तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले त मलाई बेवकूफ तुल्याउनुभयो र मलाई झूट बोल्नुभयो। यस पल्ट भन्नुहोस्, तपाईंलाई कसरी बाँध्न सकिन्छ?”
11
तिनले त्यसलाई भने, “यदि कसैले मलाई कहिल्यै नचलाएका नयाँ डोरीहरूले कसेर बाँध्यो भने म अरू मानिसजस्तै निर्बल भइहाल्नेछु।”
12
यसैले दलीलाले नयाँ डोरीहरू ल्याएर तिनलाई बाँधी। त्यस बेला पनि मानिसहरू भित्री कोठामा लुकिबसेका थिए। तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।” तर तिनले आफ्ना पाखुराका डोरीहरू धागोजस्तै चुँड़ाइदिए।
13
फेरि दलीलाले तिनलाई भनी, “तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्याइराख्नुभएको छ र मलाई झूट बोल्दैहुनुहुन्छ। भन्नुहोस्, तपाईंलाई कसरी बाँध्न सकिन्छ?” तिनले भने, “मेरा कपालका सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राख्यौ भने म अरू मानिसजस्तै निर्बल भइहाल्नेछु।”
14
यसैले तिनी सुत्दा त्यसले तिनको कपालका ती सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राखी। अनि फेरि त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।” तिनी निद्राबाट जागे, र तानसमेत कीला उखेलिदिए।
15
तब त्यसले तिनलाई भनी, “तपाईं मलाई प्रेम गर्नुहुन्छ भनी कसरी भन्नुहुन्छ, जब कि तपाईं मलाई आफ्नो कुरा बताउनुहुन्न? यो तेस्रो पल्ट पनि तपाईंले मलाई बेवकूफ तुल्याउनुभयो र तपाईंको महाबल केले दिन्छ भनी अझ बताउनुभएको छैन।”
16
यसरी त्यसले तिनलाई यी कुराले दिनहुँ पिरोली र हैरान पारी।
17
यसकारण आफ्नो गुप्त कुरा तिनले त्यसलाई भनिदिए। तिनले भने, “मेरो कपालमा कहिल्यै छुरा लागेको छैन, किनभने जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएको म एक नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्नेछ, र म अरू मानिसजस्तै निर्बल हुनेछु।”
18
तिनले सबै गुप्त कुरा बताएका हुन् भनेर जब दलीलाले थाहा पाई, तब त्यसले पलिश्तीहरूका मुखियाहरूलाई डाकिपठाई, र भनी, “झट्टै आउनुहोस्, तिनले मलाई आफ्ना गुप्त कुरा बताएका छन्।” यसैले पलिश्तीहरूका मुखियाहरू आए, र आफ्ना साथमा चाँदी पनि ल्याए।
19
त्यसले शिमशोनलाई आफ्नो काखमा सुताई, र एक जना मान्छेलाई बोलाएर सातै वटा लट्टा खौरिन लगाई। यसरी दलीलाले शिमशोनलाई काबूमा पार्न लागी अनि तिनको बल हट्यो।
20
तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।” तिनी आफ्नो निद्राबाट जागे, र भने, “म सधैँझैँ आफैलाई मुक्त गर्नेछु।” तर परमेश्वरले तिनलाई छोड़िसक्नुभएको छ भनी तिनलाई थाहा थिएन।
21
तब पलिश्तीहरूले तिनलाई पक्रे, र तिनका आँखा निकालिदिए, र गाजामा ल्याए। त्यहाँ उनीहरूले तिनलाई काँसाका साङ्लाहरूले बाँधे, र झ्यालखानमा जाँतो पिँध्न लाए।
22
तर तिनको कपाल खौरिएपछि फेरि बढ्न लाग्यो।
23
पलिश्तीहरूका मुखियाहरू आफ्नो देवता दागोनको निम्ति एउटा ठूलो बलिदान चढ़ाउनलाई र त्यसको अगि खुशी मनाउन भेला भए। उनीहरूले भने, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रा हातमा सुम्पिदिनुभयो।”
24
मानिसहरूले जब शिमशोनलाई देखे तब कराउँदै आफ्नो देवताको स्तुति यसरी गर्न लागे, “हाम्रा देवताले हाम्रो शत्रु, हाम्रो देशको अभिशाप, लाशले हाम्रो देश भर्नेलाई हाम्रा हातमा सुम्पिदिनुभएको छ।”
25
जब उनीहरू साह्रै आनन्दित भए तब उनीहरूले भने, “शिमशोनलाई झिकाओ, र त्यसले हामीलाई तमाशा देखाओस्।” तब उनीहरूले शिमशोनलाई झ्यालखानबाट झिकाए, र तिनले सबैका सामुन्ने तमाशा देखाए। उनीहरूले तिनलाई मूल खम्बाहरूका बीचमा उभ्याए,
26
र शिमशोनले तिनको हात समात्ने ठिटालाई भने, “मन्दिरलाई अड़ाउने मूल खम्बाहरू मलाई छाम्न दे, र म त्यहाँ अड़ेस लाग्नेछु।”
27
अब मन्दिर पुरुष र स्त्रीहरूले खचाखच थियो, र पलिश्तीहरूका सबै मुखियाहरू पनि त्यहाँ थिए, र तीन हजार जति पुरुष र स्त्रीहरू छतमा बसेर शिमशोनको तमाशा हेरिरहेका थिए।
28
तब शिमशोनले परमप्रभुलाई पुकारेर भने, “हे परमप्रभु परमेश्वर, मलाई याद गर्नुहोस्! हे परमेश्वर, मलाई अझै एक पल्ट मात्र शक्ति दिनुहोस्, र म मेरा दुई आँखाका निम्ति यी पलिश्तीहरूमाथि एकै चोटि बदला लिन सकूँ।”
29
तिनले आफ्ना हात मन्दिरलाई थामेका ती दुई बीचका मूल खम्बामा लगाए, अनि दाहिने हात एउटामा र देब्रे हात अर्कोमा बलियो गरी राखेर,
30
तिनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्।” तब शिमशोनले आफ्नो सम्पूर्ण शक्ति लगाएर ठेले, र मुखियाहरू र त्यसमा भएका सबै मानिसहरूमाथि मन्दिर ढल्यो। यसरी तिनले आफू मर्दा बाँचेको समयको भन्दा धेरै मानिसहरूलाई मारे।
31
तिनका भाइहरू र तिनका बुबाका सबै परिवार तल गए, र तिनलाई लगेर तिनीहरूले तिनका बुबा मानोहको चिहानमा सोरा र एश्तोलको बीचमा तिनलाई गाड़े। पलिश्तीहरूको समयमा शिमशोन बीस वर्षसम्म इस्राएलका अगुवा भए।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21