bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 20
Judges 20
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 21 →
1
तब सबै इस्राएलीहरू, दानदेखि बेर्शेबासम्मका जम्मै समुदाय, र गिलादबाट पनि एउटै मानिसजस्तै गरी आ-आफ्नो घरबाट निस्के र मिस्पामा परमप्रभुको सामुन्ने भेला भए।
2
इस्राएलका कुलहरूका सबै मानिसका अगुवाहरू, तरवार भिरेका चार लाख योद्धाहरू, परमेश्वरका मानिसहरूको सभामा हाजिर भए।
3
बेन्यामीनीहरूले इस्राएलीहरू मिस्पामा गएका छन् भन्ने कुरा सुने। “यस्तो दुष्ट कुरो कसरी भयो” भनी इस्राएलीहरूले सोधे।
4
यसकारण त्यस मारिएकी स्त्रीका पति, ती लेवीले भने, “म र मेरी उपपत्नी रात बिताउनलाई बेन्यामीनको गिबामा आएका थियौं।
5
त्यस रात गिबाका नगरवासीहरू मेरो विरुद्धमा खड़ा भए, र मलाई मार्ने विचारले म बसेको घर घेरे, र उनीहरूले मेरी उपपत्नीमाथि बलात्कार गरे, र त्यो मरी।
6
मैले त्यसको लाश लगेर टुक्रा-टुक्रा पारी काटें, र ती मैले इस्राएलका चारैतिर पठाइदिएँ, किनभने उनीहरूले इस्राएलमा यस्तो व्यभिचारी र अपमानजनक काम गरेका थिए।
7
अब तपाईं सबै इस्राएलीहरू बोल्नुहोस् र आफ्नो फैसला दिनुहोस्।”
8
तब सबै मानिसहरू एउटै मानिसझैँ खड़ा भएर भने, “हामीमध्येको एक जना पनि आफ्नो घरमा फर्केर जानेछैन, एउटै पनि आफ्नो घरमा फर्केर जानेछैन।
9
अब गिबालाई हामी यसो गर्नेछौं— गोला हालेअनुसार हामी चढ़ाइ गर्नलाई जानेछौं।
10
हामी इस्राएलका जम्मै कुलबाट हरेक एक सयबाट दश, हरेक हजारबाट एक सय र हरेक दश हजारबाट एक हजार गरी इस्राएलमा यस्तो अत्याचार गर्ने बेन्यामीनका गिबाको विरुद्धमा जानेहरूका निम्ति मानिसहरूबाट खानेकुरा जम्मा गर्नलाई लिनेछौं।”
11
यसरी सबै इस्राएली भेला भए र एउटै मानिसजस्तै त्यस सहरको विरुद्धमा एकै मनका भए।
12
इस्राएलका कुलहरूका मानिसहरूले बेन्यामीनको कुलका चारैतिर यसो भनेर मानिसहरू पठाए, “तिमीहरूका बीचमा यस्तो खराब काम भएको यो के हो?
13
गिबाका ती दुष्ट मानिसहरूलाई हाम्रा हातमा सुम्पिदेओ, र हामी उनीहरूलाई मारेर इस्राएलमा भएको यस दुष्कर्मलाई फाल्नेछौं।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ इस्राएलीहरूको कुरा सुनेनन्।
14
उनीहरू आ-आफ्ना सहरहरूबाट इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई गिबामा जम्मा भए।
15
ती बेन्यामीनीहरूले तुरुन्तै आ-आफ्ना सहरहरूबाट तरवार भिरेका छब्बीस हजार मानिसहरू लड़ाइँको निम्ति जम्मा गरे।
16
यी मानिसहरूबाहेक गिबाका सात सय चुनिएका मानिसहरू पनि थिए। यी सबैमध्ये देब्रे हाते अरू सात सय चुनिएका मानिसहरू पनि थिए, जसले घुयेँत्रोले कुनै निशाना पनि चुकाउँदैनथे।
17
बेन्यामीनको कुल छोड़ेर इस्राएलले चाहिँ तरवार भिरेका चार लाख मानिसहरू जम्मा गरे, जो सबै योद्धा थिए।
18
इस्राएलीहरू तुरुन्तै बेथेलतिर लागे, र त्यहाँ तिनीहरूले परमेश्वरलाई यसो भनेर सोधे, “हामीमध्येको कुनचाहिँ कुलले पहिले बेन्यामीनलाई आक्रमण गर्ने?” परमप्रभुले भन्नुभयो, “पहिले यहूदाले आक्रमण गरोस्।”
19
यसैले इस्राएलीहरू बिहान सखारै गिबाको सामु गएर छाउनी हाले।
20
तिनीहरूले बेन्यामीनीहरूसँग लड़ाइँ गर्नलाई आफ्नो फौजलाई सहरको सामुन्ने तयार राखे।
21
त्यस दिन बेन्यामीनीहरूले गिबाबाट आक्रमण गरेर बाईस हजार इस्राएलीहरूलाई रणभूमिमा मारे।
22
तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए, र पहिलो दिनकै स्थानमा फेरि अड़ेर बसे।
23
तब इस्राएलीहरू उक्लेर गए, र परमप्रभुको सामु बेलुकीसम्मै विलाप गरे, र तिनीहरूले परमप्रभुसँग आफ्ना दाजुभाइ बेन्यामीनीहरूमाथि आक्रमण गर्नुपर्छ कि भनेर सोधे। परमप्रभुले भन्नुभयो, “उनीहरूका विरुद्धमा माथि उक्लेर जाओ।”
24
दोस्रो दिन पनि तिनीहरू बेन्यामीनीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े।
25
बेन्यामीनीहरू पनि तिनीहरूसँग लड़ाइँ गर्नलाई गिबाबाट निस्के, र तरवार भिरेका अरू अठार हजार मानिसहरूलाई उनीहरूले मारे।
26
तब जम्मै इस्राएलीहरू फर्केर बेथेलमा गए, र त्यहाँ तिनीहरू साँझसम्मै विलाप गर्दै उपवासमा परमप्रभुको सामुन्ने बसे। तिनीहरूले परमप्रभुको सामु होमबलि र मेलबलि चढ़ाए।
27
त्यस बेला परमेश्वरका करारको सन्दूक त्यहीँ थियो,
28
र हारूनका छोरा एलाजारका छोरा पीनहासले त्यसको सामु सेवा गर्दथे। अनि इस्राएलीहरूले परमप्रभुसँग सोधे, “के हामी हाम्रा भाइ बेन्यामीनको विरुद्धमा लड़ाइँ गर्नलाई फेरि जाऔं कि नजाऔं?” परमप्रभुले जवाफ दिनुभयो, “त्यसलाई आक्रमण गर। भोलि म त्यसलाई तिमीहरूका हातमा सुम्पिदिनेछु।”
29
तब इस्राएलले गिबाको चारैतिर ढुकिबस्नलाई मानिसहरू राखे।
30
तेस्रो दिन इस्राएलीहरू बेन्यामीनीहरूका विरुद्धमा अगि बढ़े, र अघिझैँ गिबाको विरुद्धमा स्थान लिए।
31
अनि बेन्यामीनीहरूचाहिँ त्यस सेनालाई आक्रमण गर्नलाई बाहिर निस्के, र उनीहरू सहरबाट अलि टाढ़ा पुगे, अनि खुला जग्गामा र बेथेल र गिबामा जाने मूलबाटाहरूमा केही इस्राएलीहरू, अर्थात् तीस जनालाई मारे।
32
“हामी तिनीहरूलाई फेरि पनि जित्दैछौं” भनी उनीहरूले सम्झे। तर इस्राएलीहरूले उनीहरूलाई सहरबाट बाहिर मूलबाटाहरूमा तानेर निकाल्नलाई हारेर भागेझैँ गर्ने उपाय गरेका थिए।
33
इस्राएलीका जम्मै मानिसहरूले आ-आफ्नो स्थान छोड़ेर बालतामारमा युद्धको निम्ति टोली बाँधे, अनि ढुकुवामा बस्नेहरू गिबाको पश्चिमको स्थानबाट झट्टै निस्केर आए। तब इस्राएलका दश हजार चुनिएका योद्धाहरूले अगाड़िबाट गिबालाई आक्रमण गरे।
34
चाँड़ै घमासान युद्ध भयो। बेन्यामीनीहरूले आफूमाथि आइरहेको विपत्तिको केही शङ्का गरेनन्।
35
यसरी परमप्रभुले बेन्यामीनीहरूलाई इस्राएलको सामुन्ने परास्त गर्नुभयो, र त्यस दिन इस्राएलीहरूले तरवार भिरेका पच्चीस हजार एक सय बेन्यामीनीहरूलाई मारे।
36
“अब हामीहरू त हारेछौं” भनी बेन्यामीनीहरूले थाहा पाए। किनकि सबै इस्राएलीहरू गिबाको नजिक राखेका ढुकुवाहरूमाथि भर परेर आफूचाहिँ हारेका जस्तै देखाएका थिए।
37
ती ढुकुवा बसेका मानिसहरूले एक्कासि चढ़ाइ गरेर गिबाभित्र पसे, र चारैतिर त्यहाँका सबै बासिन्दाहरूलाई तरवारले मारे।
38
इस्राएलीहरूले ती ढुकुवामा बसेका मानिसहरूसित सल्लाह गरेको चिन्ह यो थियो कि तिनीहरूले सहरबाट धूवाँको मुस्लो आकाशतिर पठाउनुपर्ने।
39
तब इस्राएलीहरूचाहिँ लड़ाइँमा फर्कनेथिए। “पहिलेको लड़ाइँमा गरेझैँ हामी इस्राएलीहरूलाई जित्दैछौं” भन्ने विश्वासमा बेन्यामीनीहरूले इस्राएलीहरूलाई मार्न लागेका थिए, र करीब तीस जनालाई मारे।
40
तर जब सहरबाट धूवाँको मुस्लो माथितिर जान लाग्यो तब बेन्यामीनीहरूले पछिल्तिर फर्केर हेरे, र सारा सहरमा आगलागी भइरहेको देखे।
41
तब इस्राएलीहरू फनक्क फर्केर बेन्यामीनीहरूमाथि जाइलागे। बेन्यामीनीहरूले आफ्नो नाश आएको देखे र डरले आत्तिए।
42
यसकारण उनीहरू फर्के, र इस्राएलको सामुबाट उजाड़-स्थानतिर भागे, तर लड़ाइँ उनीहरूसम्मै पुग्यो, र सहरहरूबाट आएका इस्राएलीहरूले उनीहरूलाई बीचमा पारी काटेर मार्न लागे।
43
तिनीहरूले बेन्यामीनीहरूलाई रिङ्गै खेदे, र नबिसाईकन खेदे, र गिबाको पूर्वपट्टि एउटा ठाउँमा उनीहरूलाई जिते।
44
अठार हजार बेन्यामीनीहरू मारिए। उनीहरू जम्मै योद्धा थिए।
45
बाँचेकाहरूचाहिँ फर्केर उजाड़-स्थानमा भएको रिम्मोनको चट्टानतिर भागे। इस्राएलीहरूले बाटाहरूमा उनीहरूका पाँच हजार जति यताउता छोड़िएकाहरूलाई समातेर मारे। तिनीहरूले बेन्यामीनीहरूलाई गीदोमसम्म खेदे, र अझै दुई हजार जनालाई मारे।
46
त्यस दिन बेन्यामीनीहरूका हतियार भिरेका पच्चीस हजार योद्धाहरू लड़ाइँमा मारिए।
47
तर बाँचेका छ सय जनाचाहिँ फर्केर उजाड़-स्थानमा भएको रिम्मोनको चट्टानमा भागे र त्यहाँ चार महिनासम्म बसे।
48
इस्राएलीहरू बेन्यामीनतिर फर्के, र सहरहरूमा भएका मानिसहरू र गाईबस्तुहरूलाई र भेट्टाएको हरेक प्राणीलाई तिनीहरूले तरवारले मारे। तिनीहरूले भेट्टाएको हरेक सहरलाई पनि आगो लगाइदिए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
Recommended Reading
Commentary
Judges Commentaries
→
Devotional
Judges Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→