bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Judges 19
Judges 19
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 20 →
1
त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्। एफ्राइमको पहाड़ी देशको भित्री भागमा एउटा लेवी बस्थे, जसले यहूदाको बेथलेहेमबाट एउटी उपपत्नी आफ्नो निम्ति ल्याएका थिए।
2
तर त्यो आफ्ना पतिप्रति अविश्वासी भई, र तिनलाई छोड़ेर त्यो आफ्ना बुबाको घर यहूदाको बेथलेहेममा गएकी थिई। जब त्यो त्यहाँ बसेकी चार महिना भइसकेको थियो,
3
तब त्यसका पति आफ्ना नोकर र दुई वटा गधा लिएर त्यसलाई मनाएर फर्काइल्याउन हिँड़े। त्यस केटीले तिनलाई आफ्ना बुबाको घरमा ल्याई, र त्यसका बुबाचाहिँले तिनलाई देख्दा स्वागत गरे।
4
त्यस केटीका बुबा, तिनका ससुराले तिनलाई जिद्दी गर्दा तिनी उनीसँग त्यहाँ तीन दिन बसे। तिनी बसेको बेलामा तिनको खूबै राम्रो सत्कार भयो।
5
चौथो दिन तिनीहरू सखारै उठे, र बिदा हुनलाई तयार भए, तर केटीका बुबाले आफ्नो जुवाइँलाई भने, “जानुभन्दा पहिले केही खाऊ।”
6
यसैले तिनीहरू दुवै बसे र एकैसाथ खानपान गरे। तब केटीका बुबाले भने, “एक रात अझै बसेर रमाइलो गर।”
7
जब तिनी जानलाई उठे तब तिनका ससुराले तिनलाई बस्ने आग्रह गरे, र तिनी अझै एक रात बसे।
8
पाँचौँ दिन तिनी बिदा हुनलाई बिहानै उठे। तर केटीका बुबाले भने, “पहिले केही खाऊ।” यसैले तिनीहरू दिउँसो अबेरसम्मै एकसाथ खाँदै र पिउँदै अल्मलिरहे।
9
तब ती मानिस आफ्नी उपपत्नी र नोकरसँग जानलाई उठे। तर तिनका ससुराले भने, “हेर त, साँझ हुनै लाग्यो। आजको रात यहीँ बिताएर दिल खुश पार, र भोलि बिहानै उठेर घरतिर लाग।”
10
तर ती मानिस त्यो रात बस्न मानेनन्। तिनी उठेर हिँड़िहाले, र आफ्ना भारी लादेका दुई गधा र आफ्नी उपपत्नीसँग यबूस, अर्थात् यरूशलेमतिर गए।
11
जब तिनीहरू यबूसको नजिकै आइपुगे तब दिन धेरै ढल्किसकेको थियो, र नोकरले आफ्ना मालिकलाई भन्यो, “अब गएर यबूसीहरूको यस सहरमा रात बिताऔं।”
12
तर त्यसका मालिकले त्यसलाई भने, “होइन, इस्राएलीहरू नभएको यस परदेशी ठाउँमा नजाऔं। बरु हामी गिबामा जाऔं।”
13
तिनले फेरि भने, “आओ, गिबा वा रामासम्म पुग्न प्रयत्न गरौं, र त्यहाँ रात बिताऔं।”
14
यसरी तिनीहरू अगि बढ़े, र झमक्क रात परिहाल्यो। त्यस बेला तिनीहरू बेन्यामीनका गिबाको नजिकै थिए।
15
तिनीहरू त्यहीँ रात बिताउनलाई पसे, र गएर सहरको चोकमा बसे। तर कसैले पनि तिनीहरूलाई वास दिनलाई आफ्नो घरमा लगेनन्।
16
यसै बीचमा एक जना बूढ़ा मानिस आफ्नो खेतको कामबाट बेलुकी घर फर्किरहेको थियो। उनी एफ्राइमको पहाड़ी देशका थिए, तर गिबामा बस्थे, जहाँका मानिसहरू बेन्यामीनी थिए।
17
उनले यसो मास्तिर हेरे, र सहरको चोकमा ती यात्रीलाई देखे, र तिनलाई कहाँबाट आएका र कहाँ जाने हो भनी सोधे।
18
तिनले जवाफ दिए, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाड़ी देशको भित्री भागतिर यात्रा गरिरहेका छौं। म त्यहीँकै हुँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र प्रभुको घरमा फर्किरहेछु। तर कसैले मलाई आफ्नो घरमा लगेको छैन।
19
मसित गधाका निम्ति पराल र दाना छन्। तपाईंका सेवकहरू, अर्थात् मेरो आफ्नो र यस केटी र यस नोकरको निम्ति खानेकुरा र दाखमद्य छन्। हामीलाई चाहिने कुरा हामीसितै छन्, महाशय।”
20
ती बूढ़ा मानिसले भने, “मेरो घरमा आउनुहोस्, तपाईंहरूलाई चाहिने सबै कुरा म दिनेछु। तपाईंहरूले चोकमा रात बिताउनुपर्दैन।”
21
तब तिनलाई उनले घरभित्र लगे र गधालाई दाना-पानी दिए। तिनीहरूले आफ्ना खुट्टा धोए र खानपान गरे।
22
जब तिनीहरू यसरी खुशी मनाइरहेका थिए, तब त्यस सहरका कतिपय बदमाशहरूले त्यो घर घेरे, र घरको ढोकामा धक्का दिँदै र त्यस घरका धनीलाई कराउँदै यसो भने, “तेरो घरमा पसेको त्यस मानिसलाई बाहिर निकाल्। हामी त्यससँग सहवास गर्न चाहन्छौं।”
23
त्यस घरका धनीले बाहिर उनीहरूकहाँ निस्केर भने, “होइन, मेरा मित्र हो, यस्तो दुष्ट काम नगर। यी मानिस त मेरा अतिथि हुन्, यस्तो अत्याचार नगर।
24
यहाँ मेरी कन्ये-छोरी र यी मानिसकी उपपत्नी छन्। म तिनीहरूलाई तिमीहरूकहाँ ल्याउनेछु। तिनीहरूमाथि बलात्कार गर, र तिमीहरूलाई जे मन लाग्छ गर। तर यी मानिसमाथि यस्तो अत्याचार नगर।”
25
तर ती मानिसहरूले उनको कुरा सुन्दैसुनेनन्। यसैले ती यात्रीले आफ्नी उपपत्नीलाई लिएर उनीहरूकहाँ पठाइदिए। उनीहरूले त्यससँग त्यस रातभरि बिहान नहोउञ्जेलसम्म सहवास गरे, र त्यसलाई अत्याचार गरे, अनि बिहान भएपछि उनीहरूले त्यसलाई जान दिए।
26
त्यो केटी मिरमिरे उज्यालोमा आई र आफ्ना स्वामी भएको घरको ढोकामा लड़ी, र उज्यालो नभएसम्म त्यहीँ लड़िरही।
27
त्यस स्त्रीका पति बिहानै उठे, र आफ्नो यात्रामा जानलाई घरको ढोका खोले। र तिनले आफ्नी उपपत्नीलाई सङ्घारमा आफ्ना हात पसारेर लड़िरहेकी देखे।
28
तिनले त्यसलाई भने, “उठ, हामी जाऔं।” तर तिनले केही जवाफ पाएनन्। तिनले त्यसलाई उठाएर गधामाथि राखे र घरतिर लागे।
29
जब तिनी घरमा आइपुगे तब तिनले एउटा छुरी लिएर आफ्नी उपपत्नीलाई टुक्रा-टुक्रा पारेर बाह्र टुक्रा काटे, अनि इस्राएलका चारैतिर पठाइदिए।
30
यो देख्ने प्रत्येकले भने, “इस्राएलीहरू मिश्रदेशबाट आएको बेलादेखि आजको दिनसम्म यस्तो कहिल्यै भएको छैन। त्यो आफै विचार गर, के गर्नुपर्छ हामीलाई भन।”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21