bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 11
Deuteronomy 11
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 12 →
1
याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर, र उहाँका नियमहरू, उहाँका उर्दीहरू, उहाँका व्यवस्थाहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर।
2
आज यो कुरा याद राख कि तिमीहरूका छोराछोरीहरूले याहवेह तिमीहरूका परमेश्वरको अनुशासन अनुभव गरेका छैनन्, न त देखेका छन्। उहाँको महानता, उहाँको पराक्रमी वा शक्तिशाली हात, उहाँका फैलिएको पाखुरा;
3
इजिप्टमा त्यसका राजा फारो र त्यसका सम्पूर्ण देशको माझमा उहाँले देखाउनुभएको अलौकिक चिन्हहरू र गर्नुभएका कामहरू,
4
उहाँले इजिप्टको सेनाहरूलाई, त्यसका घोडाहरू र रथहरूलाई के गर्नुभयो, र तिनीहरूले तिमीहरूलाई खेदेर आउँदा उहाँले कसरी तिनीहरूलाई लाल समुद्रको पानीको बीचमा डुबाइदिनुभयो। अनि कसरी याहवेहले तिनीहरूलाई सधैँका निम्ति नाश गरिदिनुभयो।
5
तिमीहरू यहाँ नआएसम्म तिमीहरूका निम्ति उहाँले उजाडस्थानमा के गर्नुभयो, त्यो तिमीहरूका छोराछोरीहरूले देखेका छैनन्।
6
अनि उहाँले रूबेनी एलिआबका छोराहरू दातान र अबीरामलाई के गर्नुभयो, जब इस्राएलको बीचमा धर्ती फाटेर तिनीहरूका परिवार, तिनीहरूका पालहरू र तिनीहरूका हरेक चीजसहित निलिदिएको कुराहरू देखेकै छैनन्।
7
तर तिमीहरूले याहवेहले गर्नुभएका यी सबै महान् कामहरू आफ्नै आँखाले देखेका छौ।
8
यसकारण मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू सबै पालन गर, ताकि तिमीहरूले यर्दन पार गरेर जाने बल प्राप्त गर्न सक। अनि देशभित्र गएर अधिकार प्राप्त गर्न सक।
9
अनि याहवेहले तिमीहरूका पितापुर्खाहरू र तिनीहरूका सन्तानलाई दिनेछु भनी शपथ खानुभएको त्यो दूध र मह बग्ने देशमा तिमीहरू दीर्घायु भई बाँच्न सक।
10
तिमीहरूले गएर अधिकार गर्न लागेको देश तिमीहरूले छोडेर आएको इजिप्टजस्तो छैन, जहाँ तिमीहरूले बिउ छरेर करेसाबारीमा खुट्टाको प्रयोगले सिँचाइ गर्नुपर्थ्यो।
11
तर तिमीहरू यर्दन पार गरेर अधिकार गर्न गइरहेको देशका डाँडा र बेँसीहरूलाई आकाशबाट परेको झरीले भिजाउँछ।
12
त्यो देश याहवेह तिमीहरूका परमेश्वरले रेखदेख गर्नुहुन्छ; त्यस देशमा याहवेह तिमीहरूका परमेश्वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्मै निरन्तर रहिरहन्छ।
13
यसकारण यदि आज मैले तिमीहरूलाई दिइरहेका आज्ञाहरू तिमीहरूले इमानदारीतासाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ र आफ्ना सारा हृदय र सारा प्राणले उहाँको सेवा गर्यौ भने,
14
म तिमीहरूको देशमा शरद र बसन्त दुवै ऋतुमा वर्षा पठाउनेछु, ताकि तिमीहरूले आफ्ना अन्न, नयाँ दाखमद्य र जैतुनको तेल बटुल्न सक।
15
म तिमीहरूका गाईबस्तुका निम्ति जमिनमा घाँस जुटाइदिनेछु। अनि तिमीहरू खानेछौ र तृप्त हुनेछौ।
16
होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवी-देवताहरूको सेवा गरौला र आराधना गरौला।
17
यसो गर्यौ भने याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ; अनि उहाँले पानी नपरोस् भनेर आकाश बन्द गरिदिनुहुनेछ। तब जमिनले उब्जनी दिनेछैन र याहवेहले तिमीहरूलाई दिनुहुने उत्तम देशबाट तिमीहरू चाँडै नष्ट हुनेछौ।
18
मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा राख; यिनलाई तिमीहरूका आफ्ना हातमा र आफ्ना निधारमा चिन्हको रूपमा बाँधिराख।
19
आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ।
20
यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख;
21
ताकि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमीहरू र तिमीहरूका छोराछोरीहरू पृथ्वीमाथि आकाश रहुन्जेल बाँचिरहून्।
22
यदि मैले तिमीहरूलाई दिइरहेका सबै आज्ञाहरू तिमीहरूले होसियारीसाथ पालन गर्यौ, याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका सबै मार्गहरूमा आज्ञाकारी भई हिँड्न र उहाँमा लागिरहनका निम्ति सबै आज्ञाहरू पालन गर्यौ भने,
23
याहवेहले यी सबै जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछ; अनि तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई तिमीहरूले अधीनमा लिनेछौ।
24
तिमीहरूले आफ्ना खुट्टाले टेकेका हरेक ठाउँ तिमीहरूको हुनेछ: तिमीहरूको प्रान्त उजाडस्थानदेखि लेबनानसम्म र यूफ्रेटिस नदीदेखि भूमध्य सागरसम्म फैलिनेछ।
25
कुनै पनि मानिस तिमीहरूको विरुद्धमा खडा हुन सक्नेछैन। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू जहाँ गए तापनि सारा देशभरि तिमीहरूको डर र आतङ्क हालिदिनुहुनेछ।
26
हेर, मैले आज तिमीहरूका सामु आशिष् र श्राप राखिदिएको छु।
27
मैले आज तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू यदि तिमीहरूले पालन गर्यौ भने आशिष् पाउनेछौ।
28
तर यदि तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याएर आज मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू तिमीहरूले पालन गरेनौ भने श्राप पाउनेछौ।
29
जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूले अधिकार गर्न पस्न लागेको देशमा तिमीहरूलाई ल्याउनुहुनेछ, तब तिमीहरूले गीरीज्जीम डाँडामा आशिष् र एबाल डाँडामा श्राप घोषणा गर्नू।
30
तिमीहरूलाई थाहै छ, यी पर्वतहरू गिलगालको छेउका अराबामा बस्ने कनानीहरूको प्रान्तमा मोरेको फलाँटहरूका छेउमा घाम अस्ताउने दिशापट्टि, बाटोको पश्चिम भागमा यर्दनको पारि छन्।
31
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्न र त्यस देशमा अधिकार गर्नलाई यर्दन पार गर्न लागेका छौ। जब तिमीहरूले त्यस देशलाई अधीनमा लिएर त्यसमा बस्नेछौ,
32
तब मैले आज तिमीहरूका अगि राखिदिएका सबै उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34