bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 28
Deuteronomy 28
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 29 →
1
यदि याहवेह तिमीहरूका परमेश्वरप्रति तिमीहरू पूर्ण आज्ञाकारी भयौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूलाई होसियारीसाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूभन्दा महान् तुल्याउनुहुनेछ।
2
यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्यौ भने यी सबै आशिष्हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्:
3
याहवेहले तिमीहरूका सहर र खेतबारीमा आशिष् दिनुहुनेछ।
4
याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्नबाली, तिमीहरूका बथान र बगालका बच्चाहरूमा आशिष् दिनुहुनेछ।
5
तिमीहरूका डालो र तिमीहरूका पिठो मुछ्ने भाँडोमा आशिष् दिनुहुनेछ।
6
तिमीहरू भित्र आउँदा र बाहिर जाँदा आशिषित हुनेछौ।
7
तिमीहरूको विरुद्धमा खडा हुने शत्रुहरूलाई याहवेहले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। तिनीहरू तिमीहरूमाथि एउटा बाटो आउनेछन्, तर तिमीहरूबाट सात बाटो भएर भाग्नेछन्।
8
याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
9
याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू तिमीहरूले पालन गर्यौ, र उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले तिमीहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई उहाँका पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ।
10
तब तिमीहरू याहवेहको नामद्वारा बोलाइएका हौ भनी यस पृथ्वीका सबै मानिसहरूले देख्नेछन्, र तिमीहरूसँग डराउनेछन्।
11
तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पितापुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा अर्थात् तिमीहरूका गर्भमा, गाईबस्तुका बाछा-बाछीमा र भूमिको उब्जनीमा याहवेहले प्रशस्त मात्रमा समृद्धि गराउनुहुनेछ।
12
तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ।
13
याहवेहले तिमीहरूलाई शिर बनाउनुहुनेछ, पुच्छर होइन। यदि तिमीहरूले आज मैले तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दियौ, र ती होसियारीसाथ पालन गर्यौ भने तिमीहरू सधैँ उच्चमा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।
14
मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरूमध्ये कुनै एउटैबाट पनि दायाँ र बायाँतिर अन्य देवी-देवताहरूका पछि लागेर तिनीहरूको सेवा नगर।
15
तर यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गरेनौ, र मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू र उर्दीहरू होसियारीसाथ पालन गरेनौ भने यी सबै श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्:
16
तिमीहरू सहरमा र खेतबारीमा श्रापित हुनेछौ।
17
तिमीहरूको डालो र पिठो मुछ्ने भाँडोमा श्राप पर्नेछ।
18
तिमीहरूका गर्भमा, तिमीहरूका जमिनको अन्नबालीमा, गाईबस्तुका बाछाबाछीमाथि र भेडाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
19
तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्रापित हुनेछौ।
20
तिमीहरूले याहवेहलाई त्यागेर दुष्ट काम गरेका हुनाले तिमीहरू नष्ट नभएसम्म; र चाँडै बरबाद नभएसम्म उहाँले तिमीहरूका हातका हरेक काममा श्राप, गोलमाल र निराशा पठाउनुहुनेछ।
21
तिमीहरू अधिकार गर्न गइरहेको देशमा तिमीहरू नष्ट नभएसम्म याहवेहले तिमीहरूमाथि महामारी र रोगहरू फैलाउनुहुनेछ।
22
तिमीहरू नष्ट नभएसम्म याहवेहले तिमीहरूमाथि यस्ता रोगहरूले प्रहार गर्नुहुनेछः जरो, सुनिने रोग, प्रचण्ड ताप, खडेरी, वृक्ष ओइल्याउने र ढुसी पर्ने रोग।
23
तिमीहरूका टाउको माथिको आकाश काँसो र तिमीहरूमुनि भएको जमिन फलाम हुनेछन्।
24
याहवेहले तिमीहरूको देशको झरीलाई धुलो र बालुवामा परिणत गरिदिनुहुनेछ। ती तिमीहरू नष्ट नभएसम्म आकाशबाट झर्नेछन्।
25
याहवेहले तिमीहरूलाई आफ्ना शत्रुहरूका सामु हार्न दिनुहुनेछ। तिमीहरू तिनीहरूमाथि एक बाटोबाट आउनेछौ र सात बाटो भएर भाग्नेछौ। अनि तिमीहरूको अवस्था देखेर पृथ्वीका समस्त जातिहरू डराउनेछन्।
26
तिमीहरूका मृत शरीरहरू आकाशका सबै चराहरू र पृथ्वीका जङ्गली जनावरहरूका निम्ति भोजन हुनेछन्; र तिनीहरूलाई धपाउने कोही पनि हुनेछैन।
27
याहवेहले तिमीहरूलाई इजिप्टको पिलो, घाउखटिरा, दाद र लूतोले सताउनुहुनेछ, जसबाट तिमीहरू निको हुन सक्नेछैनौ।
28
याहवेहले तिमीहरूलाई पागलपन, अन्धोपन र हृदयमा बेचैन पारिदिनुहुनेछ।
29
तिमीहरू अन्धा मानिसले जस्तै मध्यदिनमै अँध्यारोमा जस्तै छामछाम-छुमछुम गर्नेछौ। तिमीहरू आफूले गरेका हरेक कुरामा असफल हुनेछौ। तिमीहरू प्रत्येक दिन सताइनेछौ, लुटिनेछौ र तिमीहरूलाई उद्धार गर्ने कोही हुनेछैन।
30
जुन केटीसँग तिमीहरूको मगनी हुन्छ, त्यसलाई अर्को मानिसले लगेर बलात्कार गर्नेछ। तिमीहरूले घर बनाउनेछौ, तर त्यसमा बस्न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल चाख्न पनि पाउनेछैनौ।
31
तिमीहरूका गोरु तिमीहरूका आँखाकै अगि मारिनेछ; तर तिमीहरूले त्यसको मासु खान पाउनेछैनौ। तिमीहरूका गधा तिमीहरूबाट जबरजस्ती खोसेर लगिनेछ र त्यो फर्काइनेछैन। तिमीहरूका भेडाहरू तिमीहरूका शत्रुहरूलाई दिइनेछ, र ती भेडाहरूलाई छुटाउने कोही हुनेछैन।
32
तिमीहरूका छोराछोरीहरू अर्कै जातिलाई दिइनेछन्; अनि दिनदिनै तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिमीहरू निरीह भएको कारण केही गर्न सक्नेछैनौ।
33
तिमीहरूले नचिनेको जातिले तिमीहरूका जमिन र परिश्रमले उब्जाएका अन्नबाली खानेछन्। तर तिमीहरूसँग चाहिँ सधैँ कठोर थिचोमिचोमा पर्नबाहेक केही पनि हुनेछैन।
34
तिमीहरूले देखेका ती डरलाग्दा दृष्यहरूले तिमीहरूलाई बौलाहा बनाइदिनेछन्।
35
याहवेहले तिमीहरूका घुँडा र खुट्टाहरूमा पीडादायक निको नहुने पिलोले प्रहार गर्नुहुनेछ। ती तिमीहरूका पैतालादेखि शिरको टुप्पोसम्म फैलिएर जानेछन्।
36
याहवेहले तिमीहरूले नियुक्त गरेका राजालाई तिमीहरूले र आफ्ना पितापुर्खाहरूले नचिनेको जातिकहाँ धपाउनुहुनेछ। त्यहाँ तिमीहरूले अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवताहरूलाई पूजा गर्नेछौ।
37
तिमीहरू याहवेहले धपाउनुभएका सबै जातिको बीचमा त्रास, उखान र हाँसोका पात्रहरू बन्नेछौ।
38
तिमीहरूले जमिनमा धेरै बिउ छर्नेछौ, तर कटनीचाहिँ थोरै गर्नेछौ; किनकि ती सलहहरूले खानेछन्।
39
तिमीहरूले दाखबारी लगाएर त्यसको खेती गर्नेछौ, तर त्यसको रस पिउनेछैनौ वा अङ्गुर बटुल्नेछैनौ; किनकि किराहरूले ती खानेछन्।
40
तिमीहरूका देशभरि जैतुनका रूखहरू त हुनेछन्, तर तिमीहरूले जैतुनको तेल प्रयोग गर्न पाउनेछैनौ; किनकि जैतुनहरू झरेर जानेछन्।
41
तिमीहरूले छोराछोरीहरू त जन्माउनेछौ, तर ती तिमीहरूसँग रहनेछैनन्; किनकि तिनीहरूलाई कैदमा लगिनेछ।
42
तिमीहरूका जमिनका रूखहरू र अन्नबालीहरूलाई सलहका हुलले नाश पार्नेछन्।
43
तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरू तिमीहरूभन्दा उच्च-उच्च स्थानमा पुग्नेछन्। तर तिमीहरूचाहिँ तल-तल झर्नेछौ।
44
तिनीहरूले तिमीहरूलाई ऋण दिनेछन्, तर तिमीहरूले तिनीहरूलाई ऋण दिनेछैनौ। तिनीहरू शिर हुनेछन्, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ।
45
तिमीहरूमाथि यी सबै श्रापहरू आउनेछन्। याहवेह तिमीहरूका परमेश्वरमा तिमीहरू आज्ञाकारी नभएका अनि उहाँले तिमीहरूलाई दिनुभएका आज्ञा र उर्दीहरू तिमीहरूले पालन नगरेको हुनाले, तिमीहरू नष्ट नभएसम्म यी श्रापले तिमीहरूलाई लखेट्नेछन् र हराउनेछन्।
46
तिमीहरू र तिमीहरूका सन्तानमाथि तिनीहरू सधैँको निम्ति चिन्ह र चमत्कार हुनेछन्।
47
किनभने तिमीहरूले आफ्नो प्रशस्तताको समयमा याहवेह आफ्ना परमेश्वरको सेवा खुशी र आनन्दसाथ गरेनौ।
48
यसकारण तिमीहरू भोक, प्यास, नग्नता र गरिबीमा आफ्ना विरुद्धमा याहवेहले पठाउनुभएका शत्रुहरूको सेवा गर्नेछौ। तिमीहरूलाई नष्ट नगरेसम्म उहाँले तिमीहरूका काँधमा फलामको जुवा राखिदिनुहुनेछ।
49
याहवेहले तिमीहरूका विरुद्धमा टाढाबाट, पृथ्वीको पल्लो छेउबाट बेगसँग उडेर तल झर्ने चीलजस्तै एउटा देशलाई ल्याउनुहुनेछ, जसको भाषा तिमीहरूले बुझ्नेछैनौ।
50
त्यो निष्ठुर देखिने जाति, जसले वृद्धहरूको आदर गर्दैन, र बालकहरूमाथि दया देखाउँदैन।
51
तिमीहरू नष्ट नभएसम्म तिनीहरूले तिमीहरूका गाईबस्तुका बगाल र तिमीहरूका जमिनका अन्नबालीहरू खानेछन्। तिमीहरू बरबाद नभएसम्म तिनीहरूले तिमीहरूका निम्ति कुनै अन्न, नयाँ दाखरस र जैतुनको तेल, न त तिमीहरूका बथानका बाछाबाछीहरू अथवा बगालका पाठापाठीहरू नै राख्नेछन्।
52
तिमीहरूले भरोसा राखेका अग्ला र सुरक्षित पर्खालहरू नभत्किएसम्म तिनीहरूले तिमीहरूका देशभरि रहेका सबै सहरहरूलाई घेराबन्दी गर्नेछन्। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशभरिका सबै सहरहरूलाई तिनीहरूले घेरा हाल्नेछन्।
53
घेरामा परेको समयमा तिमीहरूका शत्रुले तिमीहरूलाई दिएको कष्टको कारण तिमीहरूले आफ्ना गर्भका फल, याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएका छोराछोरीहरूका मासु खानेछौ।
54
तिमीहरूका बीचमा रहेका अति कोमल हृदय भएका र संवेदनशील मानिसले समेत आफ्नै दाजुभाइ अथवा त्यसले प्रेम गरेकी पत्नी र त्यसका बाँचेका छोराछोरीलाई टिठ्याउनेछैन।
55
अनि त्यसले आफूले खाँदैगरेको आफ्ना छोरा वा छोरीको मासु कसैलाई पनि बाँड्नेछैन; किनकि तिमीहरूका शत्रुहरूले तिमीहरूका सबै सहरहरू घेरामा पारेका समयमा दिएका कष्टले गर्दा, तिमीहरूसँग खानेकुरा अरू केही पनि बाँकी रहेको हुनेछैन।
56
तिमीहरूका माझमा रहेकी अति कोमल र संवेदनशील हृदय भएकी स्त्री, कोमलता र संवेदनशीलताको कारण आफ्नो खुट्टाले भुइँसम्म छुन नचाहने स्त्रीले समेत आफूले प्रेम गरेको पति र आफ्नै छोराछोरीहरूसँग बाँडेर खानेछैन।
57
आफ्नै कोखबाट जन्माएका शिशु र सालनालसमेत त्यसले लुकाएर आफैँले खानेछे। किनकि तिमीहरूका शत्रुले तिमीहरूका सहरहरूलाई घेरा लगाएको बेलामा ल्याएका विपत्तिको कारणले गर्दा त्यसले तिनीहरूलाई गुप्तमा खाने इच्छा गर्नेछे।
58
यदि तिमीहरूले यस पुस्तकमा लेखिएका यस व्यवस्थाका वचनहरू होसियारीसाथ पालन गरेनौ, र याहवेह आफ्ना परमेश्वरको महिमित र भययोग्य नामको आदर गरेनौ भने,
59
याहवेहले तिमीहरू र तिमीहरूका सन्तानमाथि भयानक र डरलाग्दा विपत्तिहरू, गम्भीर र लामो समयसम्म रहने रोगहरू पठाउनुहुनेछ।
60
तिमीहरूलाई डर लाग्ने इजिप्टियनका सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ। अनि ती रोगहरू तिमीहरूमा रहिरहनेछन्।
61
याहवेहले तिमीहरूमाथि यस व्यवस्थाको पुस्तकमा नलेखिएका हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्ट नभएसम्म ल्याउनुहुनेछ।
62
तिमीहरूले याहवेह आफ्ना परमेश्वरको आज्ञापालन नगरेका हुनाले आकाशका ताराहरूझैँ असंख्य भएका तिमीहरू घटेर संख्यामा थोरै हुनेछौ।
63
जसरी तिमीहरूलाई वृद्धि गराउन र संख्यामा बढाउन परमेश्वरलाई आनन्द लागेको थियो, त्यसरी नै तिमीहरूलाई ध्वस्त पार्न र नाश गर्न उहाँलाई आनन्द लाग्नेछ। तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशबाट तिमीहरू जरैसमेत उखेलिनेछौ।
64
त्यसपछि याहवेहले तिमीहरूलाई पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म सबै जातिहरूको बीचमा छरपस्ट पार्नुहुनेछ। त्यहाँ तिमीहरूले आफैँले र आफ्ना पुर्खाहरूले नजानेका अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवी-देवताहरूलाई पूजा गर्नेछौ।
65
ती देशहरूमा तिमीहरूले आफ्ना खुट्टाको पैतालाको निम्ति शान्ति र विश्राम लिने ठाउँ पाउनेछैनौ। त्यहाँ याहवेहले तिमीहरूका मनमा फिक्री, आँखामा प्रतीक्षाको कारण थकाइ र हृदयमा निराशा दिनुहुनेछ।
66
तिमीहरू जीवनको अनिश्चितताको कारण दिनरात डरले भरिएर हर समय मृत्युको डरमा जिउनेछौ।
67
तिमीहरूको हृदय डरले भरिएको र तिमीहरूका आँखाले देखेका दृश्यहरूको कारण बिहान तिमीहरूले भन्नेछौ, “यदि साँझ भइदिएको भए हुनेथियो!” र साँझमा भन्नेछौ, “यदि बिहान भइदिएको भए हुनेथियो।”
68
याहवेहले तिमीहरूलाई इजिप्ट, जहाँ फेरि कहिल्यै फर्केर नजानू भनी मैले भनेको थिएँ, जहाजबाट फर्काएर पठाउनुहुनेछ। त्यहाँ तिमीहरूले आफूलाई आफ्ना शत्रुहरूका हातमा कमरा-कमारीहरूझैँ दिनलाई राजी हुनेछौ। तर तिमीहरूलाई कसैले पनि किन्नेछैन।
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34