bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 25
Deuteronomy 25
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 26 →
1
जब मानिसहरूमा झगडा हुन्छ, तब त्यस विषयलाई लिएर अदालतमा लैजानू। अनि न्यायकर्ताहरूले त्यस मुद्दाको फैसला गर्नेछन्। निर्दोषलाई छोडिनेछ र अपराधीलाई चाहिँ दोषी ठहराइनेछ।
2
यदि दोषी मानिसले कुटाइ खानुपर्ने सजाय भयो भने न्यायकर्ताले त्यसलाई आफ्नै सामु घोप्टाएर अपराधअनुसार कोर्राको संख्या गनेर लगाऊन्।
3
तर न्यायकर्ताले चालीस कोर्राभन्दा बढी लगाउन दिनुहुँदैन। यदि त्यसलाई चालीसभन्दा बढी कोर्रा लगाइयो भने तिमीहरू आफ्ना दाजुभाइका दृष्टिमा अपमानित हुनेछौ।
4
अन्नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू।
5
यदि दाजुभाइहरू एकसाथ बसेका छन्, तब तीमध्ये एक भाइको छोरा नभई नै मृत्यु भयो भने त्यस विधवाले त्यस परिवारभन्दा बाहिर विवाह नगरोस्। त्यसको देवर वा जेठाजुले त्यसलाई विवाह गरोस्, र त्यसप्रति आफ्नो कर्तव्य पूरा गरोस्।
6
त्यसले जन्माएको पहिलो छोराले मृत दाजु वा भाइको नाम बोक्नेछ। अनि त्यसको नाम इस्राएलबाट नमेटियोस्।
7
तरै पनि यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीसँग विवाह गर्न चाहँदैन भने त्यस स्त्रीले सहरको मूलढोकामा रहेका प्रधानहरूकहाँ गएर भनोस्, “मेरा पतिका भाइले आफ्नो दाजुको नाम इस्राएलमा राख्न इन्कार गर्छ। उसले मप्रति देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्दैन।”
8
तब सहरका प्रधानहरूले त्यसलाई बोलाएर त्यससँग कुरा गरून्। यदि त्यसले ढिपी गर्दै यसो भन्छ भने, “म उसलाई विवाह गर्दिनँ,”
9
तब त्यसको दाजुको विधवाले प्रधानहरूको उपस्थितिमा त्यसकहाँ गएर त्यसको एउटा जुत्ता फुकालेर त्यसको मुखमा थुकेर यसो भनोस्, “आफ्नो दाजुको वंश राख्न नचाहने मानिसलाई यसै गर्नुपर्छ।”
10
त्यस मानिसको घरानालाई इस्राएलमा “जुत्ता फुकालिएको घराना भनिनेछ।”
11
यदि दुई जना मानिसहरू झगडा गर्दैगरेको बेला तीमध्येका एक जनाकी पत्नीले आएर आफ्नो पतिलाई आक्रमणबाट बचाउन विरोधीको गुप्त अङ्गमा अँठ्याइ भने,
12
तिमीहरूले त्यस स्त्रीको हात काटिदिनू; त्यसलाई दया नदेखाउनू।
13
तिमीहरूले नापको लागि थैलोमा एउटा कम र अर्को ज्यादा दुई फरक किसिमका ढकहरू नराख्नू।
14
तिमीहरूका घरमा एउटा ठूलो र अर्को सानो दुई फरक किसिमका नाप्ने ढकहरू नराख्नू।
15
तिमीहरूसँग ठिक, छलरहित र मापन अनुसारको ढक हुनुपर्छ। ताकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू धेरै वर्षसम्म बाँच्न सक।
16
किनकि याहवेह तिमीहरूका परमेश्वरले यस्ता छल काम गर्ने र बेइमान मानिस, जोसुकैलाई पनि घृणा गर्नुहुन्छ।
17
तिमीहरू इजिप्टबाट निस्केर आउँदा बाटोमा अमालेकीहरूले तिमीहरूलाई के गरे, त्यो सम्झना गर।
18
जब तिमीहरू थाकेर शिथिल भएका थियौ, तब त्यस समयमा तिमीहरूका यात्रामा तिनीहरूले भेटे। अनि पछिल्तिर हिँड्नेहरूलाई तिनीहरूले काटेर मारे। ती अमालेकीहरूमा परमेश्वरको डरै थिएन।
19
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा, जब उहाँले तिमीहरूका वरिपरि रहेका शत्रुहरूबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ, तब तिमीहरूले अमालेकीहरूको नामनिशानै पृथ्वीबाट मेटाइदिनू। तिमीहरूले यो कुरा नबिर्सनू।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34