bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 14
Deuteronomy 14
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 15 →
1
तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका सन्तान हौ। मरेकाहरूका निम्ति शोक मनाउन तिमीहरूले आफूलाई नकाट्नू वा आफ्नो शिरको अगाडिको कपाल नखौरनू;
2
किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका निम्ति एक पवित्र जाति हौ। सारा पृथ्वीभरिका सबै जातिहरूबाट याहवेहले तिमीहरूलाई उहाँको निज सम्पत्ति हुन चुन्नुभएको छ।
3
कुनै पनि घृणित चीज नखाओ।
4
तिमीहरूले यी पशुहरू खान सक्छौ: गोरु, भेडा, बाख्रा,
5
मृग, बराँठ, हरिण, जङ्गली बाख्रा, पहाडी बाख्रा, चित्तल र हिमाली भेडा।
6
पशुहरूमध्ये दुई भागमा खुर चिरिएको र उग्राउने पशुजति खान सक्छौ।
7
तरै पनि उग्राउने पशुहरूमध्ये तिमीहरूले ऊँट, खरायो वा शापान नखानू। यद्यपि तिनीहरूले उग्राएर खाए तापनि तिनीहरूका खुर चिरिएका हुँदैनन्। तिनीहरू तिमीहरूका निम्ति विधिपूर्वक अशुद्ध हुन्।
8
सुँगुर पनि अशुद्ध हो; यद्यपि त्यसका खुर चिरिएको हुन्छ; तर त्यसले उग्राउँदैन। तिमीहरूले त्यसको मासु नखाओ, अथवा त्यसको सिनो नछोओ।
9
पानीमा भएका सबै प्राणीहरूमध्ये पखेटा र कत्ला भएकाहरू तिमीहरूले खान सक्छौ।
10
तर तिमीहरूले पखेटा र कत्ला नभएका पानीका कुनै पनि प्राणी नखानू; तिमीहरूका निम्ति यी अशुद्ध हुन्।
11
कुनै पनि शुद्ध चरा तिमीहरूले खान सक्छौ।
12
तर तिमीहरूले यी चराहरू नखानू: गरुड, गिद्ध, कालो गिद्ध,
13
रातो चील, कालो चील, सबै जातका बाज,
14
सबै किसिमका काग,
15
शुतुरमुर्ग, उल्लु र समुद्री चरो, सबै किसिमका बाज,
16
सानो उल्लु, विशाल उल्लु, सेतो उल्लु,
17
मरुभूमिको उल्लु, समुद्री बाज, माछा खाने चील,
18
सारस, सबै किसिमका बकुल्ला, फाप्रेचरो र चमेरो।
19
सबै उड्ने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्; तिनीहरूलाई नखाओ।
20
तर पखेटा भएका कुनै पनि शुद्ध प्राणी तिमीहरूले खान सक्छौ।
21
मरिसकेको कुनै पनि पशुप्राणी तिमीहरूले नखाओ। त्यो तिमीहरूले आफ्ना सहरमा बस्ने विदेशीलाई दिन सक्छौ। अनि त्यसले त्यो खान सक्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू आफ्ना याहवेह परमेश्वरका निम्ति एउटा पवित्र जाति हौ। तिमीहरूले बाख्राको पाठो, त्यसको मासुलाई माउको दूधमा नपकाउनू।
22
तिमीहरूका जमिनबाट उब्जाएका सबै कुराहरूको दशांश प्रत्येक वर्ष छुट्याउन नबिर्सनू।
23
तिमीहरूका अन्न, नयाँ दाखमद्य, जैतुन तेल अनि तिमीहरूका बथान र बगालहरूका पहिला जन्मेका पशुहरूका दशांश याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा उहाँले आफ्नो नामको खातिर चुन्नुहुने ठाउँमा खानू, ताकि तिमीहरूले याहवेह आफ्ना परमेश्वरलाई सधैँ आदर गर्न सिक्न सक।
24
तर यदि त्यो ठाउँ धेरै टाढा छ, र याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई यति धेरै आशिष् दिनुभएको छ कि तिमीहरूले आफ्ना दशांश बोकेर लैजान सकेनौ भने (याहवेहले आफ्नो नाम राख्नका लागि चुन्नुहुने ठाउँ अति टाढो भएको कारण),
25
तब तिमीहरूले आफ्ना दशांश चाँदीसँग साट्नू, र त्यो चाँदी आफूसँग लिएर याहवेह तिमीहरूका परमेश्वरले चुन्नुहुने ठाउँमा जानू।
26
तिमीहरूको मनपर्ने कुरा किन्न त्यस चाँदीलाई प्रयोग गर्न सक्छौ—गाईबस्तु, भेडा, दाखमद्य वा अरू मद्य वा तिमीहरूलाई इच्छा लागेअनुसार कुनै पनि कुरा। तब त्यहाँ याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा तिमीहरू सपरिवार खाएर आनन्द मनाउनू।
27
अनि तिमीहरूका सहरहरूमा बास गर्ने लेवीहरूलाई नबिर्सनू; किनकि तिनीहरूका आफ्ना व्यक्तिगत कुनै अंश अथवा उत्तराधिकारको भाग छैन।
28
प्रत्येक तेस्रो वर्षको अन्त्यमा त्यस वर्षको उब्जनीको सबै दशांशहरू ल्याएर तिमीहरूका सहरहरूमा जम्मा गर्नू,
29
ताकि लेवीहरू, जसको आफ्नै अंश र उत्तराधिकारको भाग छैन, र तिमीहरूका सहरहरूमा बसेका विदेशीहरू, अनाथ र विधवाहरूले आएर अघाउन्जेल खाऊन्; र याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् देऊन्।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34