bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 27
Deuteronomy 27
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 28 →
1
मोशा र इस्राएलका प्रधानहरूले मानिसहरूलाई आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञाहरू पालन गर।
2
जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्छौ, तब केही ठूला-ठूला ढुङ्गाहरू खडा गरेर तिनीहरूलाई कमेरोले पोत्नू।
3
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खालाई प्रतिज्ञा गर्नुभएझैँ, जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्वरले दिनुहुने दूध र मह बग्ने देशमा प्रवेश गर्नेछौ, तब ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचनहरू लेख्नू।
4
अनि जब तिमीहरूले यर्दन पार गरिसक्छौ, तब मैले तिमीहरूलाई आज आज्ञा दिएझैँ यी ढुङ्गाहरूलाई एबाल पर्वतमा खडा गरेर ती ढुङ्गाहरूलाई कमेरोले पोत्नू।
5
त्यहाँ तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू। ती ढुङ्गाहरूमाथि कुनै फलामको औजार प्रयोग नगर्नू।
6
याहवेह तिमीहरूका परमेश्वरका निम्ति तिमीहरूले नकाटिएका ढुङ्गाहरूको वेदी बनाउनू। त्यसपछि तिमीहरूले याहवेह आफ्ना परमेश्वरका निम्ति होमबलि चढाउनू।
7
त्यहाँ मेलबलि चढाउनू र याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा ती खानू, र तिमीहरूले रमाइलो मनाउनू।
8
अनि तिमीहरूले खडा गरेका ती ढुङ्गाहरूमा यस व्यवस्थाका शब्दहरू स्पष्टसँग लेख्नू।”
9
तब मोशा र लेवी पुजारीहरूले सारा इस्राएलीहरूलाई भने, “हे इस्राएल, शान्त भएर सुन! आज तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका जाति भएका छौ।
10
याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्नू। अनि आज मैले तिमीहरूलाई दिने उहाँका आज्ञा र उर्दीहरू पालन गर्नू।”
11
त्यसै दिन मोशाले मानिसहरूलाई आज्ञा दिए:
12
जब तिमीहरूले यर्दन पार गर्छौ, यी कुलहरू गीरीज्जीम डाँडामा मानिसहरूलाई आशिष् दिनलाई खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन
13
अनि रूबेन, गाद, आशेर, जबूलून, दान र नप्तालीका कुलहरूचाहिँ एबाल डाँडामा श्राप दिनलाई खडा होऊन्।
14
लेवीहरूले इस्राएलका सारा मानिसहरूका निम्ति चर्को सोरले यसरी भनून्:
15
“मूर्ति बनाउने जो कोही पनि श्रापित होस्। याहवेहले घृणा गर्नुहुने कुरा खोपेर, ढालेर बनाउने र त्यसलाई गुप्तमा स्थापित गर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
16
“आफ्ना आमाबुबालाई आदर नगर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
17
“आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गा हटाउने मानिसमाथि श्राप परोस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
18
“दृष्टिविहीनलाई उल्टो बाटोतिर डोर्याउने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
19
“विदेशी, अनाथ र विधवाहरूलाई न्याय नदिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
20
“आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिस श्रापित होस्; किनकि त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गरेको छ।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
21
“पशुसँग यौन सम्पर्क राख्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
22
“आफ्नो बहिनी अथवा आफ्नो आमा वा बुबाकी छोरीसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
23
“आफ्नो सासुसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
24
“आफ्नो छिमेकीलाई गुप्तमा मार्ने व्यक्ति श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
25
“कुनै निर्दोष व्यक्तिलाई मार्नका निम्ति घूस लिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
26
“यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34