bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 21
Deuteronomy 21
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 22 →
1
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा, यदि कुनै मानिसको हत्या भएर त्यो खेतमा लडिरहेको पाइयो, र त्यसलाई कसले मारेको हो भन्ने हत्यारा पत्तो लागेन भने,
2
तिमीहरूका प्रधानहरू र न्यायकर्ताहरू गएर त्यस मृत शरीरको छेउछाउमा रहेका छिमेकी सहरहरूको दूरी नापून्।
3
त्यसपछि त्यस मृत शरीरको सबैभन्दा नजिकमा रहेको सहरका प्रधानहरूले कहिल्यै नजोतेको र जुवा नपरेको एउटा कोरली ल्याऊन्।
4
अनि त्यसलाई कहिल्यै नजोतिएको, नरोपिएको अनि पानी बग्दै गरेको बेँसीमा लैजाऊन्। त्यस बेँसीमा तिनीहरूले त्यस कोरलीको घाँटी भाँचिदेऊन्।
5
तब लेवी पुजारीहरू अगि सरेर आऊन्; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई सेवा गर्न र याहवेहको नाममा आशिष् दिन, झैझगडा र कुटपिटका सबै मुद्दा-मामिला मिलाउन चुन्नुभएको छ।
6
तब त्यस मृत शरीरको सबैभन्दा नजिकको सहरका प्रधानहरूले त्यस बेँसीमा घाँटी भाँचिदिएको कोरलीमाथि आफ्ना हातहरू धोऊन्।
7
तब तिनीहरूले यसरी घोषणा गरून्, “हामीले यस मानिसको हत्या गरेनौँ, न त हाम्रा आँखाले हत्या भएको देखेका छन्।
8
हे याहवेह, तपाईंले छुटकारा दिनुभएका तपाईंको इस्राएली मानिसका निम्ति यो प्रायश्चित ग्रहण गर्नुहोस्। तब निर्दोष मानिसको रगतको दोष तपाईंका मानिसहरूलाई नलागोस्।” अनि त्यस हत्याको लागि प्रायश्चित हुनेछ।
9
यसरी याहवेहको दृष्टिमा जे ठिक छ, तिमीहरूले सो गरेका हुनाले निर्दोषको रगत बगाएको दोषबाट आफूलाई शुद्ध पार्नेछौ।
10
जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ, तब तिमीहरूले तिनीहरूलाई कैदी बनाएर ल्याउनेछौ।
11
यदि ती कैदीहरूमध्ये कुनै एउटी सुन्दरी स्त्रीलाई देखेर तिमीहरूमध्ये कोही त्यसप्रति आकर्षित भयौ भने त्यसलाई पत्नीको रूपमा लिन सक्छौ।
12
त्यस स्त्रीलाई आफ्नो घरमा ल्याउनू। अनि त्यसका केश खौरिदिनू र त्यसका नङहरू काटिदिनू।
13
अनि त्यसलाई कैदमा ल्याउँदा त्यसले लगाएको लुगा फेर्न लगाउनू। त्यो स्त्री तिम्रो घरमा बसोस्, र त्यसको आफ्ना आमाबुबाका निम्ति एक महिनासम्म विलाप गरोस्; अनि तिमी त्यसकहाँ जान सक्छौ, र त्यसको पति हुन सक्छौ। अनि त्यो तिम्री पत्नी हुनेछे।
14
यदि तिमी त्योसँग खुशी रहन सकेनौ भने त्यो स्त्रीले जहाँ जान इच्छा गर्छे, त्यसलाई जान दिनू। तिमीले त्यसलाई बेच्नुहुँदैन वा दासीलाई झैँ व्यवहार गर्नुहुँदैन। किनकि तिमीले त्यसलाई अपमानित गरिसकेका छौ।
15
यदि कुनै मानिसका दुई जना पत्नीहरू छन् र त्यसले एउटीलाई प्रेम गर्छ; तर अर्कीलाई चाहिँ गर्दैन, र दुवैले त्यसका निम्ति छोराहरू जन्माए, तर त्यसले प्रेम नगर्ने पत्नीबाट चाहिँ जेठा छोरा भयो भने,
16
जब त्यसले आफ्ना छोराहरूलाई आफ्नो सम्पत्तिको अंशबण्डा गर्छ, तब त्यसले मन नपराएको पत्नीबाट जन्मेको खास जेठा छोराको अधिकार खोसेर मन पराएकी पत्नीको छोरालाई दिनुहुँदैन।
17
त्यसले आफूले मन नपराएको पत्नीको छोरालाई आफूसँग भएका सबै कुराको दोबर भाग दिएर त्यसलाई जेठा छोराको मान्यता दिनुपर्छ। किनभने त्यो आफ्नो बुबाको शक्तिको पहिलो चिन्ह हो। जेठो अधिकार त्यसको नै हुनेछ।
18
यदि कुनै मानिसको हठी र विद्रोही छोरा छ; जसले आफ्ना आमा वा बुबाको आज्ञापालन गर्दैन; र त्यसलाई अनुशासन गर्दा मान्दैन भने,
19
त्यसका आमाबुबाले त्यसलाई समातेर त्यस सहरका प्रधानहरूकहाँ मूलढोकामा ल्याऊन्।
20
तिनीहरूले प्रधानहरूलाई भनून्, “हाम्रो यो छोरा हठी र विद्रोही छ। यसले हाम्रो आज्ञापालन गर्दैन। यो घिचुवा र मताहा छ।”
21
तब सहरका सबै मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्। तिमीहरूले आफ्नो बीचबाट दुष्टता हटाउनुपर्छ। यस कुरालाई सारा इस्राएलीहरूले सुन्नेछन् र डर मान्नेछन्।
22
यदि कोही मानिस मृत्युदण्डको दोष लागेर मारियो, र त्यसको शरीर रूखमा झुण्ड्याइएको छ भने,
23
तिमीहरूले त्यस मृत शरीरलाई रातभरि रूखमा झुण्डाएर नराख्नू। त्यसलाई त्यही दिन गाडिहाल्नू; किनकि रूखमा झुण्ड्याइएको लासले परमेश्वरबाट श्राप ल्याउँदछ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध पार्नेछैनौ।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34