bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 9
Deuteronomy 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 10 →
1
सुन, इस्राएली हो! आज तिमीहरू यर्दन नदी पार गर्नेछौ। तिमीहरूभन्दा महान् र शक्तिशाली, आकाशसम्म छुने अग्ला पर्खाल भएका ठूला सहरहरूमा रहेका जातिहरूलाई तिमीहरूले अधिकार गर्न लागेका छौ।
2
त्यहाँका अनाकी जातिहरू बलवान् र अग्ला छन्। तिनीहरूका बारेमा तिमीहरू जान्दछौ र यस्तो भनेको सुनेका छौ: “अनाकीहरूको विरुद्धमा को खडा हुन सक्छ?”
3
तर आज तिमीहरू निश्चय जानी राख, कि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका अगि-अगि भस्म गर्ने आगोझैँ जानुहुने परमेश्वर हुनुहुन्छ। उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूको सामु पराजित गराउनुहुनेछ। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउनेछौ र चाँडै नाश पार्नेछौ।
4
याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाइसक्नुभएपछि तिमीहरूले यसो नभन्नू, “याहवेहले हाम्रो धार्मिकताको कारण यस देशलाई अधिकार गर्न भनी हामीलाई यहाँ ल्याउनुभएको हो।” यस्तो होइन, तर यी जातिहरूका दुष्टताको कारण याहवेहले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाउनुहुनेछ।
5
यो त तिमीहरूको धार्मिकता अथवा इमानदारीताको कारण तिमीहरूले तिनीहरूको देश अधिकार गर्न गइरहेका होइनौ: तर ती जातिहरूको दुष्टताको कारण याहवेहले तिमीहरूका पितापुर्खाहरू, अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको प्रतिज्ञा पूरा गर्नलाई उहाँले तिनीहरूलाई तिमीहरूको सामुबाट धपाउनुहुनेछ।
6
यसकारण यो कुरा याद राख, तिमीहरूको धार्मिकताको कारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो उत्तम देश अधिकार गर्नलाई दिनुभएको होइन; किनकि तिमीहरू त हठी मानिसहरू हौ।
7
तिमीहरूले उजाडस्थानमा कसरी याहवेह तिमीहरूका परमेश्वरलाई रिस उठायौ भनी स्मरण गर, र कहिल्यै नबिर्स। तिमीहरूले इजिप्ट छोडेको दिनदेखि यहाँ आइपुग्दासम्म याहवेहको विरुद्धमा धेरै विद्रोह गरेका छौ।
8
होरेब पर्वतमा तिमीहरूले याहवेहलाई रिस उठायौ; यसकारण तिमीहरूलाई नाश गर्न उहाँ साह्रै रिसाउनुभएको थियो।
9
याहवेहले तिमीहरूसँग गर्नुभएको करारका ती ढुङ्गाका पाटीहरू लिनलाई जब म पर्वतमा गएँ, तब म त्यस पर्वतमा चालीस दिन र चालीस रात बसेँ। त्यहाँ मैले न रोटी खाएँ, न त पानी नै पिएँ।
10
याहवेहले मलाई आफ्नो औँलाले खोपेर लेख्नुभएका ढुङ्गाका दुई वटा पाटीहरू दिनुभयो। ती पाटीहरूमा याहवेहले पर्वतमा आगोबाट तिमीहरूलाई सभाको दिनमा घोषणा गर्नुभएका सबै आज्ञाहरू लेखिएका थिए।
11
चालीस दिन र चालीस रातको अन्त्यमा याहवेहले मलाई ढुङ्गाका ती दुई पाटीहरू अर्थात् करारका पाटीहरू दिनुभयो।
12
तब याहवेहले मलाई भन्नुभयो, “यहाँबाट तुरुन्तै तल गइहाल; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्ट भएका छन्। मैले तिनीहरूलाई आज्ञा गरेका कुराबाट तिनीहरू चाँडै नै तर्किगएका छन्। तिनीहरूले आफ्ना लागि मूर्ति बनाएका छन्।”
13
अनि याहवेहले मलाई भन्नुभयो, “मैले यस जातिलाई देखेको छु र यिनीहरू साँच्चै हठी जाति हुन्।
14
मलाई एकलै छाडिदे, ताकि म तिनीहरूलाई नाश गरूँ। म तिनीहरूका नाम आकाशमुनिबाट मेटिदिनेछु। अनि म तँलाई नै तिनीहरूभन्दा शक्तिशाली र ठूलो संख्याको जाति बनाउनेछु।”
15
यसकारण म फर्केँ, र पर्वत आगोले जलिरहेकै बेला त्यहाँबाट तल ओर्लेर आएँ। अनि करारका ती दुई ढुङ्गाका पाटीहरू मेरा हातमै थिए।
16
जब मैले हेरेँ, तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको विरुद्धमा पाप गरेका देखेँ। तिमीहरूले आफ्ना निम्ति बाछाको आकारमा एउटा मूर्ति बनाएका थियौ। याहवेहले दिनुभएको आज्ञाबाट तिमीहरू चाँडै तर्किगएका थियौ।
17
यसकारण मैले ती दुई पाटीहरू लिएर आफ्ना हातबाट फ्याँकिदिएँ, र तिमीहरूका आँखाकै सामु टुक्रा-टुक्रा गरेर फुटाइदिएँ।
18
त्यसपछि याहवेहको सामु चालीस दिन र चालीस रातसम्म लम्पसार परेँ। त्यहाँ मैले न रोटी खाएँ, न त पानी नै पिएँ। किनकि तिमीहरूले याहवेहको दृष्टिमा जे खराब थियो, ती सबै पाप गर्यौ र उहाँलाई रिस उठायौ।
19
याहवेहको रिस र क्रोधदेखि मलाई डर लाग्यो। किनकि उहाँ तिमीहरूलाई नाश गर्नलाई साह्रै क्रोधित हुनुभएको थियो। तर फेरि पनि याहवेहले मेरो कुरा सुन्नुभयो।
20
अनि त्यस बेला याहवेह हारूनलाई नाश गर्न तिनीसँग साह्रै रिसाउनुभएको थियो। तर त्यस बेला मैले हारूनका निम्ति पनि प्रार्थना गरेँ।
21
मैले तिमीहरूको त्यो पापपूर्ण वस्तु, तिमीहरूले बनाएका बाछा पनि लिएँ, र त्यसलाई आगोमा जलाइदिएँ। त्यसपछि मैले त्यसलाई कुच्च्याएर धुलोपिठो पारिदिएँ। अनि त्यस धुलोलाई पहाडबाट बगिरहेको खोलामा बगाइदिएँ।
22
तिमीहरूले तबेरा, मस्साह र किब्रोत-हत्तावामा पनि याहवेहलाई रिस उठाएका थियौ।
23
अनि याहवेहले तिमीहरूलाई कादेश-बर्नेबाट पठाउनुहुँदा उहाँले भन्नुभयो, “माथि उक्लेर जाओ, र मैले तिमीहरूलाई दिएको देशमा अधिकार गर।” तर तिमीहरू याहवेह तिमीहरूका परमेश्वरको आज्ञाको विरुद्धमा विद्रोही भयौ। तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको आज्ञापालन गरेनौ।
24
मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू याहवेहको विरुद्धमा विद्रोही भएका छौ।
25
म ती चालीस दिन र चालीस रातभरि याहवेहको सामु लम्पसार परिरहेँ। किनकि याहवेहले तिमीहरूलाई नाश गर्छु भन्नुभएको थियो।
26
मैले याहवेहलाई प्रार्थना गरेर भनेँ, “हे प्रभु याहवेह, तपाईंले आफ्नो महान् शक्तिले छुटाउनुभएको र शक्तिशाली हातले इजिप्टबाट निकालेर ल्याउनुभएको आफ्ना जाति र आफ्ना निज उत्तराधिकारलाई नाश नगर्नुहोस्।
27
तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्। यी मानिसहरूका हठीपन, तिनीहरूका दुष्टता र तिनीहरूका पापको वास्ता नगर्नुहोस्।”
28
नत्रता तपाईंले हामीलाई निकालेर ल्याउनुभएको देशले यसो भन्नेछ, “याहवेहले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान सक्नुभएन। अनि उहाँले तिनीहरूलाई घृणा गर्नुभएको कारण तिनीहरूलाई उजाडस्थानमा मार्न भनी निकालेर ल्याउनुभयो।
29
तर तिनीहरू तपाईंका जाति हुन्, तपाईंका निज उत्तराधिकार, जसलाई तपाईंले आफ्नो महान् शक्ति र आफ्नो फैलिएको हात निकालेर ल्याउनुभएको।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34