bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 20
Deuteronomy 20
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 21 →
1
जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र आफ्नोभन्दा बढी घोडा, रथ र फौज देख्छौ, तब तिनीहरूदेखि नडराओ; किनकि तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
2
जब तिमीहरू युद्धमा जान लाग्छौ, तब तिमीहरूको अगि पुजारी आउनेछ, र सेनाहरूलाई सम्बोधन गर्नेछ।
3
त्यसले यसो भन्नेछ, “हे इस्राएलीहरू हो, सुन! आज तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध लड्न जाँदैछौ। आफ्नो मन सानो नगर, वा नडराओ; नआत्तिओ अथवा तिनीहरूसँग भयभीत नहोओ।
4
किनकि याहवेह तिमीहरूका परमेश्वर नै तिमीहरूलाई विजयी तुल्याउन तिमीहरूका निम्ति तिमीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्न तिमीहरूसँगै जानुहुन्छ।”
5
तब अधिकृतहरूले सेनाहरूलाई यसो भनून्, “कसैले नयाँ घर बनाएर त्यसलाई समर्पण नगरी आएको कोही छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस घरको समर्पण गर्नुपर्ला।
6
कसैले दाखबारी लगाएर फल उपभोग गर्न पाएको छैन? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले फललाई उपभोग गर्ला।
7
कसैले कुनै स्त्रीसँग विवाहको वाचा गरेको छ र त्यसलाई विवाह नगरी आएको छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस स्त्रीलाई विवाह गर्ला।”
8
त्यसपछि अधिकृतहरूले यसो पनि भन्नेछन्, “के कुनै मानिस डरपोक र कातर छ? त्यो घर जाओस्; ताकि त्यसका कारणले त्यसका दाजुभाइहरू पनि हताश नहोऊन्।”
9
अधिकृतहरूले सेनाहरूसँग कुरा गरिसकेपछि तिनीहरूले सेनाहरूमाथि सेनापतिहरू नियुक्त गरून्।
10
जब तिमीहरू कुनै सहरमाथि मोर्चा बाँधेर आक्रमण गर्न जान्छौ, तब त्यहाँका मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नू।
11
यदि तिनीहरूले त्यो प्रस्ताव स्वीकार गरे, र तिनीहरूका मूलढोकाहरू खोलिदिए भने त्यहाँका सबै मानिसहरू तिमीहरूका बेगारी हुनेछन्। अनि तिमीहरूका निम्ति काम गर्नेछन्।
12
यदि तिनीहरूले शान्तिको प्रस्ताव स्वीकार गरेनन्, तर लडाइँ गर्न तयार भए भने त्यस सहरलाई घेरा हाल्नू।
13
जब याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुन्छ, तब त्यहाँ भएका सबै पुरुषहरूलाई तरवारले मार्नू।
14
तर सहरमा भएका स्त्रीहरू, बालबालिकाहरू, गाईबस्तु र हरेक थोक तिमीहरूले लुटको मालसामानको रूपमा आफ्ना निम्ति लिन सक्छौ। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूबाट तिमीहरूलाई दिनुभएको लुटको मालसामान प्रयोग गर्न सक्छौ।
15
तिमीहरूबाट टाढा रहेका सहरहरूसँग यस्तो व्यवहार गर्नू, जुन सहरहरू तिमीहरूका छेउछाउका जातिहरूका होइनन्।
16
तरै पनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने जातिहरूका सहरहरूमा सास हुने कुनै पनि प्राणीलाई जीवित नछोड्नू।
17
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिनीहरूलाई अर्थात् हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई सम्पूर्ण रूपले नाश गर्नू।
18
नत्रता तिनीहरूले तिमीहरूलाई आफ्ना देवी-देवताहरूका पूजा गर्दा गरिने सबै घृणित कुराहरूका अनुसरण गर्नलाई सिकाउनेछन्। अनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको विरुद्धमा पाप गर्नेछौ।
19
जब तिमीहरू कुनै सहरलाई कब्जा गर्न त्यसको विरुद्धमा लामो समयसम्म लडाइँ गर्छौ, तब त्यस सहरलाई घेरामा राख्दा त्यहाँका रूखहरूलाई काटेर नाश नगर। किनकि तिमीहरूले तिनका फलहरू खान सक्छौ। ती काटेर नढाल्नू। के खेतका रूखहरू मानिसहरू हुन्, र तिमीहरूले तिनीहरूलाई नष्ट गर्छौ?
20
तरै पनि, तिमीहरूले फल नफल्ने रूखहरूलाई चाहिँ काटेर ढाल्न सक्छौ। अनि तिमीहरूसँग युद्धमा रहेको सहर परास्त नभएसम्म घेरा हाल्ने कामहरूमा प्रयोग गर्न सक्छौ।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34