bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 19
Deuteronomy 19
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 20 →
1
जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशका जातिहरूलाई नाश गरी सक्नुहुन्छ, र जब तिमीहरूले तिनीहरूलाई धपाएर तिनीहरूका सहरहरू र घरहरूमा बसोबास गर्छौ,
2
तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू।
3
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तीन भागमा विभाजन गर्नू। ती सहरहरूमा पुग्नलाई बाटोहरू बनाउनू, ताकि कुनै पनि ज्यानमारा शरण-नगरमा भागेर जान सकोस्।
4
यो नियम कुनै व्यक्तिलाई मार्ने कुनै पनि हत्यारा सम्बन्धी हो: जो आफ्नो प्राण बचाउनलाई त्यहाँ भागेर जान्छ; जसले आफ्नो छिमेकीलाई कुनै दुश्मनीको कारणविना अनजानमा मार्दछ।
5
मानौँ कुनै मानिस आफ्नो छिमेकीसँग दाउरा काट्न वनमा जान्छ, र त्यसले रूख ढाल्नलाई आफ्नो बन्चरो चलाउँदा त्यसको बिँडबाट बन्चरो खुस्केर त्यस छिमेकीलाई लागेर मर्यो भने त्यो मानिस यी शरण-नगरहरूमध्ये एउटामा भागेर आफ्नो प्राण बचाउन सक्छ।
6
नत्रता शरणस्थानको बाटो लामो भएको कारण बदला लिनेले आफ्नो क्रोधमा उसलाई खेदेर भेट्टाउन सक्छ र मार्न सक्छ; जबकि ऊ मृत्युदण्डको योग्य नै थिएन। किनकि उसको मनमा मृतक छिमेकीप्रति कुनै रिस-राग नै थिएन।
7
यसैकारण मैले तिमीहरूलाई आफ्ना निम्ति तीन वटा सहरहरू अलग गर्नू भन्ने आज्ञा दिँदैछु।
8
यदि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तिमीहरूका इलाका बढाइदिनुभयो, र उहाँले तिनीहरूसँग प्रतिज्ञा गर्नुभएको सम्पूर्ण देश तिमीहरूलाई दिनुभयो भने,
9
आज मैले तिमीहरूलाई आज्ञा दिएका सबै नियमहरू होसियारीसाथ पालन गर्यौ, अर्थात् याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ र उहाँका मार्गमा सधैँ आज्ञाकारी भयौ भने तिमीहरूले अझ तीन वटा सहरहरू थप्नू।
10
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने तिमीहरूको देशमा निर्दोषको रगत नबगोस् भनेर तिमीहरूले यसो गर्नू; ताकि तिमीहरू रगतको दोषी हुन नपरोस्।
11
तर यदि कुनै मानिसले आफ्नो छिमेकीलाई घृणाको भावनाले ढुकेर कुटपिट गरेर मार्यो; अनि यी कुनै सहरहरूमा भागेर गयो भने,
12
त्यस सहरका प्रधानहरूले हत्यारालाई त्यस सहरबाट फर्काएर ल्याउनेछन् र त्यस दोषीलाई रगतको बदला लिनेको हातमा मार्नको लागि सुम्पिदिनेछन्।
13
त्यस हत्यारालाई दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषको रगत बगाउनेको दोष हटाउनुपर्छ, ताकि तिमीहरूको भलो होस्।
14
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्नू भनी दिनुहुने देशमा तिमीहरूले पाएको अधिकारको भागमा तिमीहरूका पुर्खाहरूले लगाएका तिमीहरूका छिमेकीका साँधसिमानाको ढुङ्गा नहटाउनू।
15
कुनै अपराध वा अभियोग लगाइएको व्यक्तिलाई दोषी ठहराउन एक जना साक्षी मात्र पर्याप्त हुँदैन। दुई वा तीन जना व्यक्तिहरूको साक्षीद्वारा मात्र अपराधीलाई दोषी प्रमाणित गर्न सकिन्छ।
16
यदि कसैलाई अपराधको अभियोग लगाउन कोही झूटो साक्षी खडा भयो भने,
17
त्यस झगडामा संलग्न रहने ती दुई मानिसहरूलाई त्यस बेलाका पुजारीहरू र न्यायकर्ताहरूको सामु याहवेहको उपस्थितिमा खडा गराउनुपर्छ।
18
ती न्यायकर्ताहरूले पूरा रूपले जाँच गर्नुपर्छ। यदि त्यस साक्षीले आफ्नो इस्राएली दाजुभाइको विरुद्धमा झूटो साक्षी दिएर दोष लगाएको कुरा प्रमाणित भयो भने,
19
त्यसलाई दोष लगाएको व्यक्तिले पाउनुपर्ने सजायजस्तै सजाय दिनू। यसरी तिमीहरूका बीचबाट तिमीहरूले दुष्टता हटाउनुपर्छ।
20
बाँकी रहेका मानिसहरूले यस कुरालाई सुन्नेछन् र डराउनेछन्। अनि तिमीहरूको बीचमा यस्तो दुष्ट कुरा कहिल्यै हुनेछैन।
21
तिमीहरूले अपराधीलाई दया नदेखाओ: प्राणको सट्टा प्राण, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा हुनुपर्छ।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34