bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 26
Deuteronomy 26
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 27 →
1
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा जब तिमीहरू पसेर अधिकार गर्नेछौ र त्यहाँ बसोबास गर्नेछौ,
2
तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको माटोबाट तिमीहरूले उब्जाएका सबै पहिलो फलहरूबाट केही भाग लिएर डालोमा राख्नू। त्यसपछि याहवेह तिमीहरूका परमेश्वरले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्नुहुने ठाउँमा तिमीहरूले लगेर जानू।
3
अनि त्यस बेला सेवामा रहेका पुजारीलाई यसो भन्नू, “याहवेहले हाम्रा पितापुर्खाहरूसँग हामीलाई दिन्छु भनी शपथ खानुभएको देशमा म आइपुगेँ भनी आज म याहवेह तपाईंका परमेश्वरकहाँ स्वीकार गर्छु।”
4
पुजारीले तिमीहरूका हातबाट त्यो डालो लिएर याहवेह तिमीहरूका परमेश्वरको वेदीको अगि राख्नेछन्।
5
तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको सामु यसो भनेर घोषणा गर्नू: “मेरा पितापुर्खा फिरन्ते अरामी निबासी थिए। तिनी केही मानिसहरूसँग इजिप्टमा गए, र त्यहाँ बसोबास गरे। अनि शक्तिशाली, ठूलो र धेरै संख्या भएका एउटा जाति भए।
6
तर इजिप्टियनहरूले हामीसँग दुर्व्यवहार गरे। हामीलाई दुःख दिए, र कठोर परिश्रम गर्न लगाए।
7
त्यसपछि हामीले हाम्रा पितापुर्खाहरूका परमेश्वरलाई पुकार गर्यौँ, तब याहवेहले हाम्रो सोर सुन्नुभयो। अनि हाम्रो दुर्दशा, परिश्रम र थिचोमिचो देख्नुभयो।
8
यसकारण याहवेहको महान् शक्तिशाली हात र फैलिएका पाखुरा, र भयङ्कर आतङ्क, अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
9
उहाँले हामीलाई यस ठाउँमा ल्याउनुभयो। अनि दूध र मह बग्ने यो देश दिनुभयो।
10
यसकारण हे याहवेह, तपाईंले दिनुभएको जमिनबाट पहिलो फलहरू मैले ल्याएको छु।” याहवेह तिमीहरूका परमेश्वरको अगि त्यो डालो राख र उहाँलाई दण्डवत् गर।
11
तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका घरानालाई दिनुभएका सबै असल कुराहरूमा तिमीहरू, लेवीहरू र तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरूले आनन्द मनाऊन्।
12
जब तिमीहरूले आफ्ना उब्जनीका दशांश तेस्रो वर्ष, अर्थात् दशांशको वर्षमा अलग गर्छौ, तब तिमीहरूले त्यो लेवी, परदेशी, अनाथ, विधवालाई दिनुपर्नेछ; ताकि तिनीहरूले तिमीहरूका सहरहरूमा खाऊन् र सन्तुष्ट होऊन्।
13
तब याहवेह तिमीहरूका परमेश्वरलाई यसो भन्नू: “मैले मेरो घरबाट पवित्र अंश छुटाएर त्यो लेवी, विदेशी, अनाथ र विधवालाई तपाईंका सबै आज्ञाहरूअनुसार दिएको छु। म तपाईंका आज्ञाहरूबाट तर्किगएको छैनँ, न त मैले बिर्सेको नै छु।
14
मेरो शोकको समयमा मैले पवित्र अंशबाट केही पनि खाएको छैनँ; न म अशुद्ध हुँदा त्यसबाट केही हटाएको छु; न त मैले मरेकालाई त्यसबाट केही चढाएको छु। मैले याहवेह मेरा परमेश्वरको आज्ञापालन गरेको छु। तपाईंले मलाई आज्ञा गर्नुभएको हरेक कुरा मैले पालन गरेको छु।
15
तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नुहोस्। तपाईंले हाम्रा पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तपाईंको जाति इस्राएललाई र तपाईंले हामीलाई दिनुभएको दूध र मह बग्ने प्रतिज्ञाको देशलाई आशिष् दिनुहोस्।”
16
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज यी उर्दीहरू र नियमहरू पालन गर्नू भनी आज्ञा दिनुहुन्छ; यी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले होसियारीसाथ पालन गर।
17
तिमीहरूले आजको दिन याहवेह तिमीहरूका परमेश्वर हुनुहुन्छ भनी घोषणा गरेका छौ। अनि तिमीहरू उहाँका मार्गहरूमा हिँड्नेछौ। उहाँका उर्दीहरू, आज्ञाहरू र नियमहरू मान्नेछौ। अनि उहाँमा आज्ञाकारी हुनेछौ।
18
अनि याहवेहले आजको दिन घोषणा गर्नुभएको छ: तिमीहरू उहाँका मानिसहरू हौ। उहाँले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू उहाँका निजी धन हौ। उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्नुपर्छ।
19
उहाँले तिमीहरूलाई आफैँले बनाउनुभएका सबै जातिहरूभन्दा बढी प्रशंसा, ख्याति र उच्च सम्मान दिएर राख्नेछु भनी घोषणा गर्नुभएको छ। अनि उहाँले प्रतिज्ञा गर्नुभएझैँ, याहवेह तिमीहरूका परमेश्वरका निम्ति तिमीहरू पवित्र जाति हुनेछौ।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34