bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 18
Deuteronomy 18
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 19 →
1
वास्तवमा लेवीको पुजारीहरू कुलले इस्राएलसँग कुनै अंश र उत्तराधिकारको भाग पाउनेछैनन्। तिनीहरू याहवेहलाई चढाइएको भेटीद्वारा नै जिउनेछन्। किनकि तिनीहरूले पाउने अंश त्यही हो।
2
तिनीहरूका इस्राएली दाजुभाइहरूका बीचमा तिनीहरूको कुनै उत्तराधिकार हुनेछैन। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकारको भाग हुनुहुन्छ।
3
गोरु अथवा भेडा बलिदान गर्दा मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही हो: काँध, टाउकोको मासु र भित्री भागहरू।
4
तिमीहरूले तिनीहरूलाई तिमीहरूका अन्न, नयाँ दाखमद्य, जैतुन तेलको पहिलो फल, र तिमीहरूका भेडाको कत्रेको ऊनको पहिलो भाग दिनुपर्छ।
5
किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सबै कुलहरूबाट लेवीहरूलाई याहवेहको नाममा खडा भई सेवा गर्नलाई सधैँका निम्ति चुन्नुभएको छ।
6
यदि लेवीहरू इस्राएलमा आफू बसेको कुनै पनि सहरबाट सरेर याहवेहले चुन्नुहुने ठाउँमा सेवाको भावना लिएर आउँछन् भने,
7
तिनीहरूले याहवेहको उपस्थितिमा आफ्ना सङ्गी-लेवीहरूले सेवा गरेझैँ याहवेह तिनीहरूका परमेश्वरको नाममा सेवा गर्न सक्छन्।
8
तिनीहरूले आफ्नो परिवारको सम्पत्तिको बिक्रीबाट रकम पाए तापनि तिनीहरूले पुजारीहरूका बराबर थप हिस्सा पाउनुपर्छ।
9
जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्छौ, तब त्यहाँका जातिहरूका घृणित चालहरूको अनुसरण गर्न नसिक।
10
तिमीहरूमध्ये कसैले पनि आफ्ना छोरा वा छोरीलाई आगोमा बलिदान गरेको, जोखना हेरेको वा तन्त्रमन्त्र गरेको, जोखना हेर्ने, तन्त्रमन्त्र गर्ने कार्यमा संलग्न रहेको नभेट्टाइयोस्,
11
अथवा टुनामुना गर्ने, प्रेत-आत्मा जगाउने, तन्त्रमन्त्रको काम गर्ने वा प्रेत-आत्मासँग कुरा गर्ने कोही पनि नभेट्टाइयोस्।
12
यी कुराहरू गर्ने जोसुकै होस्, याहवेहले घृणा गर्नुहुन्छ। यस्ता घिनलाग्दा कामहरूको कारण नै याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सामुबाट ती जातिहरूलाई धपाउँदैहुनुहुन्छ।
13
तिमीहरूचाहिँ याहवेह तिमीहरूका परमेश्वरको सामु निर्दोष हुनुपर्छ।
14
तिमीहरूले अधीनमा पार्ने जातिहरूले चाहिँ जोखना हेर्ने र तन्त्रमन्त्र गर्नेहरूका कुरा सुन्छन्। तर तिमीहरूलाई चाहिँ याहवेह तिमीहरूका परमेश्वरले यसो गर्न निषेध गर्नुभएको छ।
15
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नुपर्छ।
16
किनकि तिमीहरूले सभाको दिन होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्वरसँग यसो भनेर बिन्ती गरेका थियौ, “अब उसो याहवेह हाम्रा परमेश्वरको सोर हामीले सुन्न नपरोस्, न त यस्तो भयङ्ककर आगो नै देख्न परोस्; नत्रता हामी मर्नेछौँ।”
17
याहवेहले मलाई भन्नुभयो: “तिनीहरूले ठिकै भनेका छन्।
18
म तिनीहरूका निम्ति तिनीहरूकै इस्राएली दाजुभाइहरू बीचबाट तँजस्तै एउटा अगमवक्ता खडा गर्नेछु। अनि म मेरा वचनहरू त्यसका मुखमा हालिदिनेछु। मैले त्यसलाई आज्ञा गरेका हरेक कुरा त्यसले तिनीहरूलाई भन्नेछन्।
19
यदि त्यस अगमवक्ताले मेरो नाममा भनेका मेरा वचनहरू कसैले सुन्दैन भने म आफैँले त्यसको लेखा लिनेछु।
20
तर कुनै अगमवक्ताले मैले त्यसलाई नभनेका कुराहरू पनि मेरो नाममा बोल्ने साहस गर्छ, अथवा कुनै अगमवक्ताले अरू देवी-देवताहरूका नाममा बोल्छ भने त्यो अगमवक्तालाई मारिनुपर्छ।”
21
तिमीहरूले यसरी सोचौला, “याहवेहबाट आएको सन्देश हो कि होइन भनी हामीले कसरी जान्ने?”
22
यदि कुनै अगमवक्ताले याहवेहको नाममा घोषणा गरेको कुरा पूरा भएन अथवा सत्य ठहरिएन भने त्यो सन्देश याहवेहबाट आएको होइन। त्यस अगमवक्ताले मनगढन्ते कुरा भनेको हो। यसकारण त्यससँग नडराओ।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34