bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 17
Deuteronomy 17
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 18 →
1
याहवेह तिमीहरूका परमेश्वरलाई खोट अथवा दाग भएको कुनै गोरु अथवा भेडा तिमीहरूले नचढाउनू; किनकि उहाँले त्यो घृणा गर्नुहुन्छ।
2
यदि याहवेहले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूबीच बस्ने कुनै पुरुष अथवा स्त्रीले याहवेह तिमीहरूका परमेश्वरको दृष्टिमा उहाँको करार भङ्ग गर्दै दुष्ट काम गरिरहेको भेट्टाइयो भने,
3
अनि मेरा आज्ञाहरूको विरुद्धमा अरू देवी-देवताहरूलाई पूजा गरेर तिनीहरूका सामु अर्थात् सूर्य वा चन्द्र र आकाशका ताराहरूको सामु दण्डवत् गरेको छ भने,
4
र यी कुरा तिमीहरूले थाहा पायौ भने यस बारेमा तिमीहरूले एकदमै राम्रोसँग छानबिन गर्नुपर्छ। यदि यो कुरा सत्य हो, र यस्तो घिनलाग्दो काम इस्राएलमा भएको प्रमाणित भयो भने,
5
यस्तो दुष्ट काम गर्ने त्यस पुरुष अथवा स्त्रीलाई तिमीहरूका सहरका मूलढोकामा लैजानू; र त्यसलाई ढुङ्गाले हानेर मार्नू।
6
दुई वा तीन जनाको साक्षीद्वारा ती मानिसहरूलाई मार्नू। तर एउटै मात्र साक्षीको गवाहीद्वारा चाहिँ कसैलाई नमार्नू।
7
त्यसलाई मार्न साक्षीहरूकै हातद्वारा पहिले ढुङ्गाले हानून्; अनि मात्र अरू मानिसहरूले ढुङ्गाले हानून्। यसरी तिमीहरूका बीचबाट तिमीहरूले नै दुष्टतालाई हटाउनू।
8
यदि तिमीहरूको सामु हत्याकाण्ड, कानुनी-विवाद अथवा झैझगडाजस्ता तिमीहरूलाई न्याय गर्न गाह्रो पर्ने खालका मुद्दा-मामिलाहरू उठे भने तिनीहरूलाई याहवेह तिमीहरूका परमेश्वरले चुन्नुहुने ठाउँमा लैजानू।
9
अनि लेवी पुजारीहरूकहाँ र त्यस समयमा कार्यभार सम्हालेर बस्ने न्यायकर्ताकहाँ जानू। तिनीहरूलाई सोधपुछ गर्नू, र तिनीहरूले फैसला सुनाउनेछन्।
10
याहवेहले चुन्नुहुने ठाउँमा न्यायकर्ताहरूले दिएका निर्णयअनुसार तिमीहरूले काम गर्नुपर्छ। तिनीहरूले तिमीहरूलाई जे गर्नू भनेका छन्, त्यही हरेक कुरा होसियारीसाथ गर्नुपर्छ।
11
तिनीहरूले तिमीहरूलाई सिकाएका नियम र तिमीहरूलाई दिएका निर्णयअनुसार काम गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुरादेखि दायाँ अथवा बायाँ नलाग्नू।
12
याहवेह तिमीहरूका परमेश्वरको सेवा गर्नलाई उभिएका पुजारी अथवा न्यायकर्ताको आज्ञालाई जसले उल्लङ्घन गर्छ, त्यो मानिस मारिनुपर्छ। यसरी तिमीहरूले इस्राएलबाट दुष्टता हटाउनुपर्छ।
13
यो कुरा सबै मानिसहरूले सुन्नेछन्, र फेरि अनाज्ञाकारी हुनेछैनन्।
14
जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्नेछौ, र त्यसमाथि अधिकार गरेर त्यस देशमा बसोबास गर्नेछौ; अनि तिमीहरूले भन्नेछौ, “हाम्रा चारैतिर भएका सबै जातिहरूले झैँ हामीमाथि एउटा राजा खडा गरौँ,”
15
तब तिमीहरूले निश्चित रूपमा याहवेह तिमीहरूका परमेश्वरले चुन्नुभएका राजा नै आफूमाथि नियुक्त गर्नू। ती राजा तिमीहरूकै इस्राएली दाजुभाइहरूको बीचबाट हुनुपर्छ। तिमीहरूका राजा कुनै विदेशी, अथवा इस्राएल बाहिरकोलाई नियुक्त नगर्नू।
16
यसबाहेक राजाले आफ्ना निम्ति धेरै संख्यामा घोडाहरू नराखून्, अथवा अझ धेरै प्राप्त गर्न मानिसहरूलाई इजिप्टमा फर्केर जान नलगाऊन्। किनकि याहवेहले तिमीहरूलाई यसो भन्नुभएको छ, “तिमीहरू फेरि त्यो बाटोतिर फर्केर नजाओ।”
17
तिनले धेरै पत्नीहरू नराखून्; नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्ना निम्ति प्रशस्त सुन र चाँदी नथुपारून्।
18
जब तिनी आफ्नो राज्यको सिंहासनमाथि बस्छन्, तब तिनले एउटा चर्मपत्रमा लेवी पुजारीबाट लिइएको व्यवस्थाको एक प्रति नक्कल आफ्ना निम्ति लेखेर राख्नुपर्छ।
19
योचाहिँ तिनीसँग हुनुपर्छ, र तिनले त्यस व्यवस्थालाई आफ्नो जीवनभरि पढ्नुपर्छ, ताकि तिनले याहवेह तिनको परमेश्वरलाई आदर गर्न, र यस व्यवस्थाका सबै वचन र उर्दीहरू होसियारीसाथ पालन गर्न सिकून्।
20
अनि राजाले आफूलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ ठानेर व्यवस्थाभन्दा दायाँ तथा बायाँ नफर्कून्। तब तिनी र तिनका सन्तानहरूले इस्राएलमा भएको आफ्नो राज्यमाथि लामो समयसम्म राज्य गर्नेछन्।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34