bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 5
Deuteronomy 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 6 →
1
मोशाले सबै इस्राएलका मानिसहरूलाई भेला गराएर भने: हे इस्राएलीहरू हो, आज मैले तिमीहरूलाई दिँदैगरेका उर्दी र व्यवस्थाहरू सुन। ती सिक र होसियारीसाथ पालन गर।
2
याहवेह हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसँग करार बाँध्नुभयो।
3
यो करार याहवेहले हाम्रा पितापुर्खाहरूसँग मात्र होइन, तर हामीहरूसँग अर्थात् आजसम्म जीवित रहेका हामीहरूसँग बाँध्नुभएको हो।
4
त्यस पर्वतमा तिमीहरूसँग याहवेहले आगोबाट आमने-सामने कुरा गर्नुभयो।
5
(त्यस बेला म याहवेहको वचन तिमीहरूलाई घोषणा गर्नलाई याहवेह र तिमीहरूका बीचमा खडा भएको थिएँ; किनकि तिमीहरू आगोदेखि डराएर पर्वतमाथि गएनौ।) अनि उहाँले भन्नुभयो:
6
“म नै याहवेह, तेरा परमेश्वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ।
7
“मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्नू।
8
आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू।
9
तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्वर, डाह गर्ने परमेश्वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु;
10
तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु।
11
तैँले याहवेह, आफ्ना परमेश्वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन।
12
शब्बाथलाई पवित्र राखेर त्यसको सम्झना गर्नू।
13
छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू;
14
तर सातौँ दिन याहवेह तेरा परमेश्वरका निम्ति शब्बाथ हो। यस दिन तैँले केही काम नगर्नू, न त तैँले, तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न त तेरा गोरुले, गधाले, वा तेरा कुनै पशुले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू, ताकि तँसँगै तेरा सेवक-सेविकाले आराम पाऊन्।
15
तिमीहरू इजिप्टमा दास हुँदा कसरी याहवेह तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली हात र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई शब्बाथ मान्न आज्ञा गर्नुभएको हो।
16
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्।
17
तैँले मानव हत्या नगर्नू।
18
तैँले व्यभिचार नगर्नू।
19
तैँले चोरी नगर्नू।
20
तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।
21
तैँले आफ्नो छिमेकीको घर वा जमिनको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।”
22
याहवेहले पर्वतमा भेला भएका सारा समुदायलाई आगो, बादल र घोर अन्धकारबाट चर्को सोरले घोषणा गर्नुभएका आज्ञाहरू यिनै हुन्; अनि उहाँले अरू केही थप्नुभएन। त्यसपछि उहाँले दुई वटा ढुङ्गाका पाटीहरूमा ती लेख्नुभयो, र मलाई दिनुभयो।
23
जब पर्वतमा आगो जलिरहेको अवस्था थियो, तब तिमीहरूले अन्धकारबाट आवाज सुन्यौ; तिमीहरूका कुलका सबै अगुवाहरू र प्रधानहरू मकहाँ आए।
24
अनि तिमीहरूले भन्यौ, “याहवेह हाम्रा परमेश्वरले हामीलाई उहाँको महिमा र महानता देखाउनुभएको छ, र हामीले आगोबाट उहाँको सोर सुनेका छौँ। परमेश्वरले मानिससँग कुरा गर्नुहुँदा पनि त्यो मानिस जीवितै रहेको कुरा आज हामीले देख्यौँ।
25
तर अब हामी किन मरौँ? यस डरलाग्दो आगोले हामीलाई भस्म पार्नेछ। अनि यदि हामीले याहवेह हाम्रा परमेश्वरको सोर अझै सुन्यौँ भने हामी मर्नेछौँ।
26
किनकि आगोबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ जीवितै रहने कुनचाहिँ मरणशील मानिस होला?
27
मोशा, तपाईं नै माथि उक्लेर जानुहोस्, र याहवेह हाम्रा परमेश्वरले भन्नुभएको सबै कुराहरू सुन्नुहोस्। तब याहवेह हाम्रा परमेश्वरले तपाईंलाई के भन्नुहुन्छ, त्यो हामीलाई भन्नुहोस्। हामी ती सुन्नेछौँ, र पालन गर्नेछौँ।”
28
तिमीहरूले मसँग कुरा गरेको याहवेहले सुन्नुभयो, र याहवेहले मलाई भन्नुभयो, “मैले यी मानिसहरूले तँलाई भनेका कुरा सुनेको छु। तिनीहरूले भनेका कुरा असल छ।
29
ओह, यसरी नै तिनीहरूका हृदयले मेरो डर मानिदिए र मेरा आज्ञाहरू सधैँ पालन गरिदिए, तिनीहरू र तिनीहरूका सन्तानहरूलाई सधैँभरि भलो हुनेथियो!
30
“जा, गएर तिनीहरूलाई आ-आफ्ना पालहरूमा फर्केर जानू भन्।
31
तर तँचाहिँ यहीँ मसँग बस्। म तँलाई मेरा सबै आज्ञा, उर्दी र व्यवस्थाहरू दिनेछु। तैँले ती सबै तिनीहरूलाई सिकाउनू; ताकि मैले अधिकारमा दिन लागेको देशमा तिनीहरूले पालन गरून्।”
32
यसकारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएका कुराहरू होसियारीसाथ पालन गर्नू। तिमीहरू त्यसबाट दाहिने अथवा देब्रेतिर नफर्कनू।
33
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार सबै मार्गहरूमा आज्ञाकारी भएर हिँडिरहनू; ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको समृद्धि होस्, र तिमीहरूको आयु लामो होस्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34