bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Deuteronomy 24
Deuteronomy 24
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 25 →
1
यदि कुनै मानिसले कुनैलाई विवाह गर्छ; अनि त्यसको बारेमा कमी कमजोरी थाहा पाएका कारण त्यस स्त्रीलाई मन नपराएर त्यागपत्र लेखी आफ्नो घरबाट त्यसलाई पठाइदियो भने,
2
अनि यदि त्यो स्त्री त्यस मानिसको घर छाडेर अर्को मानिसको पत्नी भई भने,
3
त्यसको दोस्रो पतिले पनि त्यसलाई मन नपराएर त्यागपत्र लेखेर दियो, र आफ्नो घरबाट पठाइदियो वा तिनको दोस्रो पति मर्यो भने,
4
त्यो स्त्री अशुद्ध भइसकेको कारण त्यसलाई त्याग्ने पहिलो पतिले फेरि त्यसलाई विवाह गर्ने अनुमति पाउनेछैन। त्यो याहवेहको दृष्टिमा घिनलाग्दो कुरा हुन्छ। याहवेह तिमीहरूका परमेश्वरले उत्तराधिकारको रूपमा तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले यो पाप नल्याओ।
5
यदि कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यसलाई युद्धमा नपठाइयोस्, र त्यसलाई अरू कुनै जिम्मेवारी नदिइयोस्। किनकि एक वर्षसम्म घरमा बस्न र आफूले विवाह गरेकी पत्नीलाई खुशी पार्नलाई त्यो स्वतन्त्र हुनुपर्छ।
6
कसैले ऋणको धरौटीको रूपमा जाँतो वा त्यसको माथिल्लो भाग मात्र पनि नलिनू। किनकि त्यो कुनै मानिसको जीविका चलाउने उपाय नै धरौटीको रूपमा लिइएको हुनेछ।
7
यदि कुनै मानिसले आफ्नो इस्राएली दाजुभाइलाई अपहरण गर्यो, र त्यसलाई दासझैँ व्यवहार गरेको अथवा बेचेको भेट्टाइयो भने त्यो अपहरणकर्तालाई मार्नैपर्छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्टता हटाउनुपर्छ।
8
कुष्ठरोगको विषयमा लेवी पुजारीहरूले तिमीहरूलाई आदेश दिएजस्तै होसियारीसाथ पालन गर्नू। मैले तिनीहरूलाई आज्ञा दिएका कुराहरू तिमीहरूले होसियारीसाथ पालन गर्नू।
9
तिमीहरू इजिप्टबाट निस्किआएपछि बाटोमा याहवेह तिमीहरूका परमेश्वरले मिरियमलाई के गर्नुभयो, सो सम्झना राख्नू।
10
जब तिमीहरूले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिन्छौ, तब त्यसले धरौटीको रूपमा दिन लागेका जुनसुकै कुरा पनि लिन त्यसको घरभित्र नपस्नू।
11
तिमीहरू घर बाहिरै बस्नू। अनि तिमीहरूले ऋण दिएका मानिस आफैँले धरौटी लिएर तिमीहरूकहाँ बाहिर आओस्।
12
यदि त्यो मानिस गरिब छ भने तिमीहरूसँग भएको त्यसको धरौटी, जुन त्यसको लुगा हो, त्यसलाई लिएर सुत्न नजाओ।
13
त्यसको लुगा घाम अस्ताउनुभन्दा पहिले नै फर्काइदेओ। ताकि त्यसले त्यो ओढेर सुत्न सकोस्। तब त्यसले तिमीहरूलाई धन्यवाद दिनेछ। अनि त्योचाहिँ याहवेह तिमीहरूका परमेश्वरको दृष्टिमा एउटा धार्मिकताको काम ठहरिनेछ।
14
तिमीहरूका इस्राएली दाजुभाइ होस् या तिमीहरूका कुनै सहरमा बसोबास गर्ने विदेशी; कुनै गरिब र अभावमा भएका ज्यालादारीबाट फाइदा नलेओ।
15
तिनीहरूको ज्याला प्रत्येक दिन घाम अस्ताउनु अगि नै दिइहाल्नू। किनभने तिनीहरू गरिब हुन्, र तिनीहरूको मन ज्यालामाथि लगाएका हुन्छन्। नत्रता तिनीहरूले तिमीहरूका विरुद्धमा याहवेहलाई पुकार्नेछन् र तिमीहरूलाई पापको दोष लाग्नेछ।
16
छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ।
17
विदेशी अथवा अनाथलाई न्यायबाट बञ्चित नगर्नू; अथवा कुनै विधवाको लुगा बन्धकको रूपमा नलिनू।
18
यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। याहवेह तिमीहरूका परमेश्वरले नै तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो। यसैकारण मैले तिमीहरूलाई यो आज्ञा दिँदैछु।
19
तिमीहरूले आफ्नो खेतमा कटनी गर्दा यदि एक बिटा छोडियो भने त्यो लिन फर्केर नजाओ। त्यो परदेशी, अनाथ र विधवाहरूका लागि छोडिदिनू। तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ।
20
जब तिमीहरूले आफ्ना जैतुनका बोटहरूबाट फलहरू झार्छौ, तब फेरि दोस्रो पटक बोटबाट फलहरू झार्न नजानू। ती छोडिएका फलहरूचाहिँ परदेशी, अनाथ र विधवाहरूका निम्ति छोडिदिनू।
21
जब तिमीहरू आफ्ना दाखबारीबाट अङ्गुर बटुल्छौ, तब फेरि दोहोर्याएर नबटुल्नू। बाँकी रहेका फलहरू जति परदेशी, अनाथ र विधवाहरूलाई छोडिदिनू।
22
यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। यसैकारण मैले तिमीहरूलाई यसो गर्नू भनी आज्ञा दिँदैछु।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34