bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 1
Genesis 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 2 →
1
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो।
2
पृथ्वी आकारविनाको र शून्य थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्वरको आत्मा घुमिरहनुहुन्थ्यो।
3
अनि परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” तब उज्यालो भयो।
4
अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो।
5
परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—पहिलो दिन।
6
अनि परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।”
7
यसरी परमेश्वरले एउटा अन्तर बनाउनुभयो। अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।
8
परमेश्वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—दोस्रो दिन।
9
त्यसपछि परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भयो।
10
परमेश्वरले सुक्खा जमिनलाई “भूमि” र जम्मा भएको पानीको भागलाई “समुद्र” भनेर नाम दिनुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
11
तब परमेश्वरले आज्ञा गर्नुभयो, “भूमिले वनस्पति, किसिम-किसिमका बिउ हुने बोटबिरुवा र बिउ हुने फल फल्ने रूखहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भयो।
12
भूमिले वनस्पति उमार्यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्यो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
13
अनि साँझ पर्यो र बिहान भयो—तेस्रो दिन।
14
तब परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्।
15
अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो।
16
परमेश्वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो।
17
परमेश्वरले तिनीहरूलाई आकाशको अन्तरमा पृथ्वीमा उज्यालो दिन;
18
अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
19
अनि साँझ पर्यो र बिहान भयो—चौथो दिन।
20
फेरि परमेश्वरले आज्ञा गर्नुभयो, “पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।”
21
यसरी परमेश्वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्टि गर्नुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
22
परमेश्वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।”
23
तब साँझ पर्यो र बिहान भयो—पाँचौँ दिन।
24
फेरि परमेश्वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्न गरोस्।” तब त्यस्तै भयो।
25
परमेश्वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
26
तब परमेश्वरले आज्ञा गर्नुभयो, “हामी मानिस जातिलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशका चराहरू, घरपालुवा जनावर, सबै जङ्गली पशु, र पृथ्वीमा चलहल गर्ने सबै प्राणीहरूमाथि शासन गरून्।”
27
यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो; पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
28
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।”
29
तब परमेश्वरले तिनीहरूलाई भन्नुभयो, “हेर, म तिमीहरूलाई सम्पूर्ण पृथ्वीमा प्रत्येक बिउ भएका बिरुवा र फलमा बिउ भएका प्रत्येक रूख दिन्छु। ती तिमीहरूका भोजनका निम्ति हुनेछन्।
30
तर पृथ्वीमा भएका सबै पशुहरू र आकाशमा भएका सबै चराहरू र जमिनमा चलहल गर्ने सबै प्राणीहरू—जीवनको सास भएका प्रत्येकका निम्ति—म आहाराको लागि हरियो वनस्पति दिन्छु;” तब त्यस्तै भइहाल्यो।
31
आफूले बनाउनुभएका सबै कुरा परमेश्वरले हेर्नुभयो र ती अति असल थिए। तब साँझ पर्यो र बिहान भयो—छैटौँ दिन।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50