bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 48
Genesis 48
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 49 →
1
केही समयपछि “तपाईंका पिता बिरामी हुनुहुन्छ” भनेर योसेफले खबर पाए। यसकारण तिनले आफ्ना दुई छोराहरू मनश्शे र एफ्राइमलाई आफैँसित लिएर गए।
2
जब याकोबले “तपाईंको छोरा योसेफ आएका छन्” भनी खबर पाए, तब उनी आफैँ बल गरेर खाटमा बसे।
3
याकोबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मसित देखा पर्नुभयो, र मलाई आशिष् दिनुभयो।
4
अनि उहाँले मलाई भन्नुभयो, ‘म तँलाई फलदायक बनाएर तेरो संख्यामा वृद्धि गराउनेछु। म तँलाई जातिहरूको समुदाय बनाउनेछु। अनि म यस देशलाई तँपछि तेरा सन्तानहरूलाई सदाका निम्ति सम्पत्तिको रूपमा दिनेछु।’
5
“अब म यहाँ आउनुभन्दा पहिले इजिप्टमा जन्मेका तेरा दुई छोराहरू मेरै कहलाइनेछन्। रूबेन र शिमियोन मेरा भएझैँ एफ्राइम र मनश्शे पनि मेरै भनिनेछन्।
6
तिनीहरूभन्दा पछि जन्मेका तेरा छोराहरू तेरै हुनेछन्। उनीहरूले पैतृक अधिकारस्वरूप पाएको प्रदेशमा यिनीहरू आफ्ना दाजुभाइहरूकै नामले चिनिनेछन्।
7
म पद्दनबाट कनान देशमा फर्कंदै गर्दा हामी एप्राताबाट अलि पर हुँदा नै राहेलको मृत्यु भयो। यसकारण मैले ठूलो शोकसहित तिनलाई त्यहाँ एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडे।”
8
जब इस्राएलले योसेफका छोराहरूलाई देखे, उनले “यिनीहरू को हुन्?” भनी सोधे।
9
योसेफले आफ्ना पितालाई भने, “यिनीहरू परमेश्वरले मलाई यस देशमा दिनुभएको छोराहरू हुन्।” तब इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, र म तिनीहरूलाई आशिष् दिनेछु।”
10
इस्राएलका आँखा वृद्धावस्थाको कारण धमिलिएका थिए। अनि उनले राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले आफ्ना छोराहरूलाई तिनका नजिक ल्याए; अनि तिनका पिताले तिनीहरूलाई चुम्बन गरे, र अँगालो हाले।
11
इस्राएलले योसेफलाई भने, “मैले तेरो अनुहार फेरि देख्न पाउँछु भनेर चिताएको पनि थिइनँ; अब परमेश्वरले मलाई तेरा सन्तानहरूहरू पनि हेर्न दिनुभयो।”
12
तब योसेफले तिनीहरूलाई इस्राएलका काखबाट हटाए, र आफ्नो अनुहार भुइँतिर पारेर दण्डवत् गरे।
13
अनि योसेफले ती दुवैलाई लिए, एफ्राइमलाई आफ्नो दाहिने हातले समातेर इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रे हातले समातेर इस्राएलको दाहिनेपट्टि पारेर तिनका नजिक ल्याए।
14
तर इस्राएलले आफ्नो दाहिने हात बढाएर कान्छा छोरा एफ्राइमको शिरमाथि राखे। अनि आफ्नो देब्रे हात घुमाएर जेठो छोरा मनश्शेको शिरमाथि राखे।
15
तब उनले योसेफलाई आशिष् दिएर भने, “जुन परमेश्वरको सामु मेरा पिता अब्राहाम र इसहाक विश्वासयोग्य भएर हिँडे, जुन परमेश्वर मेरो जीवनभरि आजसम्म मेरो गोठालो भएर रहनुभएको छ,
16
ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशिष् देऊन्। तिनीहरूद्वारा नै मेरो नाम, र मेरा पिता अब्राहाम र इसहाकको नाम अमर होऊन्; अनि पृथ्वीमा यिनीहरूको संख्या अनगन्ती होस्।”
17
जब योसेफले आफ्ना पिताले उनको दाहिने हात एफ्राइमको शिरमा राखेका देखे, तिनी अप्रसन्न भए; यसकारण तिनले एफ्राइमको शिरबाट मनश्शेको शिरमाथि सारिदिनलाई आफ्ना पिताको हात समाते।
18
योसेफले उनलाई भने, “होइन, मेरा पिता, योचाहिँ जेठा हो; तपाईंको दाहिने हात यसको शिरमाथि राख्नुहोस्।”
19
तर तिनका पिताले अस्वीकार गरेर भने, “मलाई थाहा छ, मेरा छोरा, मलाई थाहा छ। त्यो पनि एउटा जाति बन्नेछ। त्यो पनि महान् हुनेछ। तर त्यसको कान्छो भाइचाहिँ त्योभन्दा महान् बन्नेछ। अनि त्यसका सन्तानहरू जातिहरूको एक समूह हुनेछन्।”
20
त्यस दिन उनले तिनीहरूलाई आशिष् दिएर भने, “तिमीहरूकै नाममा इस्राएलले यो आशिष् उच्चारण गर्नेछ: ‘परमेश्वरले तिमीहरूलाई एफ्राइमझैँ र मनश्शेझैँ बनाऊन्।’ ” यसरी उनले एफ्राइमलाई मनश्शेको अगाडि राखे।
21
तब इस्राएलले योसेफलाई भने, “मेरो मृत्युको समय आएको छ; तर परमेश्वर तँसित हुनुहुनेछ र तँलाई आफ्ना पितापुर्खाहरूको देशमा फर्काएर लानुहुनेछ।
22
म तँलाई तेरा दाजुभाइहरूभन्दा एक भाग बढ्ता पहाडी पाखो दिनेछु, जुन पाखो मैले मेरो तरवार र धनुले एमोरीहरूबाट हात पारेको छु।”
← Chapter 47
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 49 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50