bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 47
Genesis 47
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 46
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 48 →
1
तब योसेफ गए, र फारोलाई भने, “मेरा पिता र मेरा दाजुभाइहरू, उनीहरूसित भएका बगाल र बथान; अनि भएभरका सबै कुराहरू लिएर कनान देशबाट आएका छन्, र अहिले गोशेनमा छन्।”
2
तिनले आफ्ना पाँच जना दाजुभाइहरू छानेर उनीहरूलाई फारोकहाँ उपस्थित गराए।
3
फारोले ती दाजुभाइहरूलाई सोधे, “तिमीहरूको पेशा के हो?” उनीहरूले फारोलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा पुर्खाहरूझैँ गोठालाहरू हौँ।”
4
उनीहरूले फारोलाई यो पनि भने, “कनानमा अनिकाल ज्यादै छाएकोले हामी केही समयको लागि यहाँ बस्नलाई आएका छौँ; किनकि तपाईंका सेवकहरूका बगाल चराउने ठाउँ छैन। यसकारण, अब दया गरी तपाईंका सेवकहरूलाई गोशेनमा बसोबास गर्न दिनुहोस्।”
5
फारोले योसेफलाई भने, “तिम्रा पिता र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्,
6
इजिप्ट देश तिम्रो सामु छ। तिम्रा पिता र तिम्रा दाजुभाइहरूलाई देशको सबैभन्दा उत्तम भागमा बस्न देऊ। उनीहरू गोशेनमा बसून्। उनीहरूमध्ये कोही विशेष क्षमता भएका छन् भन्ने तिमी जान्दछौ भने उनीहरूलाई मेरा गाईबस्तुको पनि जिम्मा लगाइदेऊ।”
7
तब योसेफले आफ्ना पिता याकोबलाई भित्र ल्याए, र उनलाई फारोको सामु उपस्थित गराए। याकोबले फारोलाई आशिष् दिए,
8
अनि फारोले याकोबलाई सोधे, “तपाईंको उमेर कति भयो?”
9
याकोबले फारोलाई भने, “मेरा प्रवासकालका वर्षहरू एक सय तीस हुन्। मेरा वर्षहरू थोरै र कष्टपूर्ण रहेका छन्; तर ती मेरा पुर्खाहरूका प्रवासकालका वर्षहरू जति भने होइनन्।”
10
तब याकोबले फारोलाई आशिष् दिए, र फारोको उपस्थितिबाट निस्किए।
11
यसकारण योसेफले आफ्ना पिता र आफ्ना दाजुभाइहरूलाई इजिप्टमा बसोबास गराए; अनि फारोले आदेश दिएअनुसार देशको सबैभन्दा असल भाग अर्थात् रामसेसमा उनीहरूलाई जग्गाजमिन दिए।
12
योसेफले आफ्ना पिता, आफ्ना दाजुभाइहरू र आफ्ना पिताका सबै घरानालाई उनीहरूका बालबच्चाको संख्याअनुसार भोजन जुटाइदिए।
13
घोर अनिकाल परेकोले सम्पूर्ण देशमा भोजन थिएन; इजिप्ट र कनान दुवै अनिकालको कारण ग्रस्त भएका थिए।
14
योसेफले इजिप्ट र कनानका मानिसहरूले अन्न किन्दा तिरेका सबै रकम सङ्कलन गरे; अनि तिनले त्यो पैसा फारोको महलमा ल्याए।
15
जब इजिप्ट र कनानका मानिसहरूका रकम सकियो, तब इजिप्टका मानिसहरू सबै जना योसेफकहाँ आएर भने, “हामीलाई भोजन दिनुहोस्। तपाईंको आँखाकै सामु हामी किन मर्नु? हाम्रो सबै रकम सकिए।”
16
तब योसेफले भने, “यदि तिमीहरूसँग रकम छैन भने गाईबस्तु लिएर आओ। म तिमीहरूका गाईबस्तुको साटोमा अन्न दिनेछु।”
17
यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए; अनि तिनले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्तुहरू र गधाहरूको सट्टामा तिनीहरूलाई अन्न दिए। तिनले त्यो वर्षभरि नै तिनीहरूका सबै गाईबस्तुको सट्टामा तिनीहरूलाई अन्न दिए।
18
जब त्यो वर्ष बित्यो, तब दोस्रो वर्ष उनीहरू योसेफकहाँ आएर भने, “हामी हाम्रा मालिकबाट यो सत्य कुरा लुकाउन सक्दैनौँ। हाम्रो रकम सकिसक्यो; अनि हाम्रा गाईबस्तु पनि तपाईंका भइसकेका छन्। अब हामीसित हाम्रा शरीरहरू र जमिनबाहेक हाम्रा मालिकलाई दिनका लागि केही पनि छैन।
19
तपाईंका आँखाकै सामु हामी किन नष्ट होऔँ? अन्नको साटोमा हामी र हाम्रा जमिनहरू किन्नुहोस्। हामी आफैँलाई हाम्रा जमिनसहित फारोका दासको रूपमा समर्पित गर्दछौँ। हामीलाई बिउ दिनुहोस्; ताकि हामी बाँचौँ, र नमरौँ। अनि हाम्रो जमिन उजाड नहोस्।”
20
यसकारण योसेफले इजिप्टका सबै जमिनहरू फारोका निम्ति किने। इजिप्टियनहरूका लागि अनिकाल विकराल भएको हुनाले इजिप्टियनहरू हरेकले आफ्ना जमिनहरू बेचे। अनि यसरी ती जमिनहरू फारोका भए।
21
अनि योसेफले इजिप्टको एक कुनादेखि अर्को कुनासम्मका सबै मानिसहरूलाई दासत्वमा ल्याए।
22
तैपनि तिनले पुजारीहरूका जमिनचाहिँ किनेनन्; किनकि तिनीहरूले फारोबाट तोकिएका भोजनको आफ्नो भाग नियमित पाउँथे। फारोले तिनीहरूलाई दिएका भागबाट तिनीहरूका निम्ति पर्याप्त भोजन प्राप्त गर्दथे। त्यसैले गर्दा तिनीहरूले आफ्ना जमिन बेचेनन्।
23
योसेफले मानिसहरूलाई भने, “अब हेर, आज मैले तिमीहरू र तिमीहरूका जमिनहरू फारोका निम्ति किनेको छु; तिमीहरूका निम्ति यहाँ बिउ छ। यसकारण तिमीहरूले खेतमा उब्जनी लगाउन सक्छौ।
24
तर फसल भएपछि त्यसको पाँचौँ भाग फारोलाई दिनू। पाँच भागको चार भागचाहिँ खेतको लागि बिउ र तिमीहरू आफ्ना लागि, आफ्ना घराना, र आफ्ना छोराछोरीहरूका लागि भोजनका निम्ति राख्नू।”
25
तिनीहरूले भने, “हजुरले हाम्रा प्राणको रक्षा गर्नुभएको छ। हजुरको अनुग्रह हामीमाथि रहोस्; हामी फारोका दासत्वमुनि रहनेछौँ।”
26
यसकारण योसेफले इजिप्टमा जमिनको विषयमा यो कानुन स्थापित गरे, जुन आजसम्म छँदैछ—उब्जनीको पाँचौँ भाग फारोको हुन्छ। केवल पुजारीहरूको जमिन मात्र फारोका भएनन्।
27
अब इस्राएलीहरू इजिप्टमा गोशेनको प्रान्तमा बसोबास गरे। त्यहाँ तिनीहरूले जग्गाजमिन र सम्पत्ति आर्जन गरे। अनि तिनीहरू फल्दै-फुल्दै गए र संख्यामा धेरै वृद्धि भयो।
28
याकोब इजिप्टमा सत्र वर्ष बसे, र उनी जम्मा एक सय सतचालीस वर्षका भए।
29
जब इस्राएलको मृत्यु नजिक आयो, तब उनले आफ्नो छोरा योसेफलाई बोलाउन पठाए, र उनलाई भने, “यदि मैले तेरो दृष्टिमा निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राख्। अनि मलाई दया र विश्वासयोग्यता देखाउनेछु भनी प्रतिज्ञा गर्। मलाई इजिप्टमा नगाड्नू,
30
तर म आफ्ना पितापुर्खाहरूसित मिल्न गएपछि मलाई इजिप्टदेखि बाहिर निकालेर लैजा। अनि तिनीहरू गाडिएको ठाउँमा गाड्नू।” तिनले भने, “म तपाईंले भन्नुभएझैँ गर्नेछु।”
31
उनले भने, “मसित शपथ खा।” तब योसेफले उनीसित शपथ खाए। अनि इस्राएल आफ्नो लहुरोको टुप्पोमा अडेस लागे र उनले आराधना गरे।
← Chapter 46
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 48 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50