bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 41
Genesis 41
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 42 →
1
पूरा दुई वर्ष बितिसकेपछि फारोले एउटा सपना देखे; सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए।
2
अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले।
3
त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा कुरूप र दुब्ला गाईहरू नील नदीबाट बाहिर निस्के, र ती पहिलेका गाईहरूसँगै किनारको छेउमा उभिए।
4
अनि ती कुरूप र दुब्ला गाईहरूले ती चिल्ला र मोटा गाईहरूलाई खाइदिए। त्यसपछि फारो बिउँझे।
5
उनी फेरि निदाए, र दोस्रो सपना देखे: अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका थिए।
6
त्यसपछि अन्नका अरू सात वटा पातला र पूर्वीय बतासले ओइलाएका बालाहरू निस्के।
7
अनि ती पातला अन्नका बालाहरूले भरिला सात वटा बालाहरूलाई निलिदिए। त्यसपछि फारो बिउँझे; अनि यो त पो सपना रहेछ भनी थाहा पाए।
8
बिहान उनको मन विचलित भयो; त्यसकारण उनले इजिप्टका सबै जादुगर र ज्ञानी मानिसहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए; तर उनका निम्ति ती सपनाका अर्थ खोलिदिन कसैले पनि सकेनन्।
9
तब त्यस मुख्य मद्य टक्र्याउनेले फारोलाई भने, “आज मलाई मेरो गल्ती याद आएको छ।
10
एक पल्ट फारो आफ्ना सेवकहरूसँग रिसाउनुभएको थियो। अनि उहाँले मलाई र मुख्य भान्सेलाई अङ्गरक्षकका सेनापतिको घरको झ्यालखानामा थुन्नुभयो।
11
हामी दुवैले एकै रात सपना देख्यौँ, र ती प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो।
12
त्यहाँ हामीसँग एउटा हिब्रू जवान अङ्गरक्षकका सेनापतिका सेवक थिए। हामीले तिनलाई आफ्ना सपनाहरू बतायौँ; अनि तिनले हामीलाई हाम्रा आ-आफ्नो सपनाअनुसारको अर्थ खोलिदिए।
13
अनि तिनले हामीलाई अर्थ खोलिदिएजस्तै भयो: म आफ्नो काममा फेरि नियुक्त भएँ, तर अर्को मानिसचाहिँ झुन्ड्याइयो।”
14
यसकारण फारोले योसेफलाई बोलाउन पठाए; अनि तिनलाई झट्टै झ्यालखानाबाट बाहिर ल्याइयो। अनि तिनले आफ्नो दाह्री खौरे, र आफ्नो वस्त्र फेरेपछि तिनी फारोको सामु आए।
15
फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्ने मैले सुनेको छु।”
16
योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।”
17
तब फारोले योसेफलाई भने, “मेरो सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ;
18
अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले।
19
त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा घिनलाग्दा, कुरूप र अति दुब्ला गाईहरू निस्किआए। मैले इजिप्टमा कुरूप र दुब्ला गाईहरू कहिल्यै देखेको थिइनँ।
20
अनि दुब्ला र कुरूप गाईहरूले ती पहिले आएका सात वटा मोटा गाईहरूलाई खाइदिए।
21
तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्न सकेनन्; किनकि तिनीहरू पहिलेजस्तै कुरूप देखिन्थे। त्यसपछि म बिउँझेँ।
22
“मेरो दोस्रो सपनामा मैले अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका देखेँ।
23
तिनीहरूको पछि ती ओइलाएका, पातला र पूर्वीय बतासले झूल्सेका अन्नका सात वटा बालाहरू निस्के।
24
ती पातला अन्नका बालाहरूले असल बालाहरूलाई निलिदिए। मैले यो कुरा जादुगरहरूलाई भनेँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेनन्।”
25
तब योसेफले फारोलाई भने, “हजुरका सपनाहरू एउटै र उस्तै हुन्। परमेश्वरले के गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश पारिदिनुभएको छ।
26
ती सात वटा मोटा गाईहरू सात वर्ष हुन्, र ती सात वटा भरिला बालाहरूचाहिँ सात वर्ष हुन्; दुवै सपनाको अर्थ एउटै हो।
27
ती पछिबाट आउने सात वटा कुरूप र दुब्ला गाईहरू सात वर्ष हुन्; त्यसै गरी ती पातला र पूर्वीय बतासले ओइलाएका सात वटा बालाहरू: ती अनिकालका सात वर्ष हुन्।
28
“मैले फारोलाई भनेझैँ यो हुनेछ: परमेश्वरले जे गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश गरिदिनुभएको छ।
29
इजिप्टभरि सात वर्षसम्म ठूलो सहकाल हुनेछ;
30
तर त्यसपछि सात वर्षसम्म अनिकालले पछ्याउनेछ। तब इजिप्टमा भएका सबै सहकालहरू बिर्सिइनेछ; अनि अनिकालले देशलाई नाश पार्नेछ।
31
यस्तो घोर अनिकाल हुनेछ, कि देशमा पहिलेको सहकालको स्मरणसमेत रहनेछैन।
32
फारोलाई दिइएको दुई प्रकारका सपनाको कारणचाहिँ यो हो: यो कुरा गर्न परमेश्वरले दृढतापूर्वक निर्णय गर्नुभएको छ, र परमेश्वरले यो कुरा चाँडै गर्नुहुनेछ।
33
“अब फारोले विवेकी र बुद्धिमान् मानिस खोजेर तिनलाई इजिप्टको जिम्मा दिएर राखून्।
34
ती इजिप्टका सात वर्षका सहकालका समयमा उब्जनीको पाँचौँ भाग बटुल्नका लागि फारोले हाकिमहरू नियुक्त गरून्।
35
तिनीहरूले यी आउने असल वर्षहरूका सबै अन्नहरू जम्मा गरेर सहरहरूमा भोजनका निम्ति प्रयोग गरिनलाई फारोको अख्तियारमा भण्डारण गरून्।
36
यो अन्नचाहिँ इजिप्टमा आउँदैगरेको सात वर्षको अनिकालको समयमा प्रयोग गरिनलाई भण्डारमा जोगाइराख्नुपर्छ, ताकि देश अनिकालले नष्ट नहोस्।”
37
त्यो योजना फारो र उनका सबै पदाधिकारीहरूलाई असल लाग्यो।
38
यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?”
39
तब फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन।
40
तिमी मेरो राजमहलका हर्ताकर्ता हुनेछौ, र मेरा सबै प्रजा तिम्रो हुकुमको अधीनमा हुनेछन्। सिंहासनको विषयमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।”
41
यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।”
42
तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए।
43
उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए।
44
तब फारोले योसेफलाई भने, “म फारो हुँ; तर तिम्रो हुकुमविना इजिप्टभरि कसैले पनि हात वा खुट्टा उठाउन पाउनेछैन।”
45
फारोले योसेफलाई सापनान-पानेह नाम दिए; अनि ओनका पुजारी पोतीफेराकी छोरी आसनतलाई तिनकी पत्नी हुनलाई दिए। अनि योसेफले इजिप्टभरि भ्रमण गरे।
46
इजिप्टका राजा फारोको सेवामा प्रवेश गर्दा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको उपस्थितिबाट निस्किएर गए, र इजिप्टभरि भ्रमण गरे।
47
सात वर्षको सहकालमा देशमा प्रशस्त उब्जनी भयो।
48
योसेफले ती सात वर्षहरूमा इजिप्टमा प्रशस्त गरी उब्जिएका सबै अन्न ती जम्मा गरे, र सहरहरूमा जम्मा गरे। प्रत्येक सहरका छेउछाउका खेतहरूमा भएका उब्जनी तिनले सहरहरूमा थन्क्याए।
49
योसेफले समुद्रको बालुवासरह धेरै परिमाणमा अन्न जम्मा गरे; त्यो अन्न यति धेरै थियो कि नाप्न पनि नसकेकोले तिनले त्यसको हिसाब राख्नै छोडिदिए।
50
अनिकालका वर्षहरू आउनुभन्दा अगि ओनका पुजारी पोतीफेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मे।
51
योसेफले जेठोको नाम मनश्शे राखेर यसो भने, “योचाहिँ परमेश्वरले मेरा सबै कष्ट र मेरा पिताका सबै घरानालाई बिर्सन दिनुभएको कारणले गर्दा हो।”
52
दोस्रो छोराको नाम तिनले एफ्राइम राखेर भने, “योचाहिँ मेरो कष्टको देशमा परमेश्वरले मलाई फलिफाप गराउनुभएको कारणले गर्दा हो।”
53
इजिप्टमा सात वर्षको सहकाल समाप्त भयो;
54
अनि योसेफले भनेझैँ सात वर्षको अनिकाल सुरु भयो। अरू सबै देशहरूमा अनिकाल पर्यो, तर इजिप्टभरि चाहिँ भोजन थियो।
55
जब सारा इजिप्टका मानिसहरूले अनिकालको अनुभव गर्न थाले, तब मानिसहरू भोजनका लागि फारोसित बिलौना गर्न लागे। तब फारोले सबै इजिप्टियनहरूलाई भने, “योसेफकहाँ जाओ, र तिनले तिमीहरूलाई जे भन्छन्, त्यही गर।”
56
यसरी अनिकाल सारा देशभरि फैलियो। योसेफले सम्पूर्ण भण्डारहरू खोलिदिए, र इजिप्टियनहरूलाई अन्न बेचे; किनकि इजिप्टभरि नै घोर अनिकाल फैलिएको थियो।
57
अनि सबै देशका मानिसहरू योसेफबाट अन्न किन्नलाई इजिप्टमा आए; किनकि संसारभरि नै जताततै घोर अनिकाल परेको थियो।
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 42 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50