bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 23
Genesis 23
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 24 →
1
सारा एक सय सत्ताइस वर्षसम्म बाँचिन्।
2
अनि कनान देशको किर्यत-अर्बा अर्थात्, हेब्रोनमा तिनको मृत्यु भयो। अनि अब्राहाम साराका निम्ति विलाप गर्न र उनका निम्ति शोक गर्नलाई त्यहाँ गए।
3
अब्राहाम आफ्नी पत्नीको शव भएको ठाउँबाट उठे, र हित्तीहरूलाई भने,
4
“म तपाईंहरूको बीचमा एक विदेशी र प्रवासी हुँ। तपाईंहरूको सानो टुक्रो जमिन चिहानको लागि मलाई बेच्नुहोस्, ताकि मेरो मृतकलाई गाड्न सकूँ।”
5
तब हित्तीहरूले अब्राहामलाई भने,
6
“हे प्रभु, हाम्रो कुरा सुन्नुहोस्! तपाईं हाम्रो बीचमा परमेश्वरका राजकुमार हुनुहुन्छ। त्यसकारण हाम्रा चिहानहरूमध्ये सबैभन्दा असलचाहिँ छानेर त्यहीँ आफ्नो मृतकलाई गाड्नुहोस्। हाम्रो चिहानमा तपाईंको मृतकलाई गाड्न दिन हामी कसैले पनि इन्कार गर्नेछैनौँ।”
7
तब अब्राहाम उठेर त्यस देशका मानिस, हित्तीहरूको अगि निहुरिए।
8
अनि तिनले उनीहरूलाई भने, “यदि तपाईंहरूले मेरो पत्नीको शवलाई गाड्न ठाउँ दिने इच्छा गर्नुभएको हो भने मेरो कुरा सुनिदिनुहोस्, र सोहोरको छोरा एप्रोनसित मेरा निम्ति बिन्ती गरिदिनुहोस्,
9
अनि उनले आफ्नो जमिनको अन्तिममा भएको मक्पेलाको ओडार मलाई बेचून्। तपाईंहरूको बीचमा चलिआएको पूरा मूल्यमा त्यो चिहानको रूपमा मलाई बेचून् भनी उनलाई भनिदिनुहोस्।”
10
सहरको मूलढोकामा हित्तीहरू आएका थिए; अनि हित्तीहरूका बीचमा एप्रोन पनि त्यहीँ बसिरहेका थिए। अनि सबैले सुन्ने गरी एप्रोनले अब्राहामलाई जवाफ दिए;
11
उनले भने, “होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्; म तपाईंलाई जमिन दिने मात्र होइन, तर त्यसमा भएको ओडारसमेत दिन्छु। त्यो मेरा मानिसहरूको उपस्थितिमा तपाईंलाई दिन्छु। आफ्नो मृतकलाई त्यहीँ गाड्नुहोस्।”
12
फेरि अब्राहाम त्यस देशका मानिसहरूको सामु निहुरिए।
13
तब तिनले सबैले सुन्ने गरी एप्रोनलाई भने, “तपाईंले चाहनुहुन्छ भने मेरो कुरा सुन्नुहोस्। म जमिनको मूल्य तिर्नेछु। यो मबाट स्वीकार गर्नुहोस्, र मेरो मृतकलाई त्यहीँ गाड्न सकूँ।”
14
एप्रोनले अब्राहामलाई जवाफ दिए,
15
“हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्; त्यस जमिनको दाम चाँदीको चार सय शेकेल मात्र हो; तर तपाईं र मेरो बीचमा मूल्यको के कुरा र? तपाईं आफ्नो मृतकलाई गाड्नुहोस्।”
16
हित्तीहरूले सुन्ने गरी एप्रोनले राखेको शर्त अब्राहामले स्वीकार गरे; अनि त्यस बेलाका व्यापारीहरूका बीचमा चल्ने मुद्राको तौलअनुसार तिनले चाँदीको चार सय शेकेल एप्रोनले तोकेको मूल्यअनुसार चुक्ता गरिदिए।
17
यसरी मम्रेको छेउमा भएको एप्रोनको मक्पेलाको जमिन—अर्थात् जमिन र ओडार दुवै जमिनको सिमानामा भएका सबै रूखहरूलाई
18
सहरको मूलढोकामा आएका सबै हित्तीहरूको उपस्थितिमा अब्राहामको सम्पत्तिको रूपमा पक्का गरी दर्ता गरियो।
19
त्यसपछि कनान देशमा भएको मम्रे अर्थात् हेब्रोनको छेउमा भएको मक्पेलामा भएको ओडारमा अब्राहामले आफ्नी पत्नी सारालाई गाडे।
20
यसरी त्यो जमिन र त्यसमा भएको ओडारलाई चिहानको रूपमा हित्तीहरूद्वारा अब्राहामको नाममा दर्ता गरियो।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50