bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 32
Genesis 32
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 33 →
1
याकोब पनि आफ्नो बाटो लागे; अनि परमेश्वरका दूतहरूले तिनलाई भेटे।
2
जब याकोबले तिनीहरूलाई देखे, तब तिनले भने, “यो त परमेश्वरको छाउनी हो!” यसकारण तिनले त्यस ठाउँको नाम महनाइम राखे।
3
याकोबले आफूभन्दा अगाडि एदोम देशको सेइर भन्ने ठाउँमा तिनका दाजु एसावकहाँ दूतहरू पठाए।
4
अनि तिनले तिनीहरूलाई आदेश दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्नू: ‘तपाईंको सेवक याकोब भन्छन्, म लाबानसित बस्दैथिएँ र अहिलेसम्म त्यहीँ नै बसेँ।
5
मसित गाईबस्तु, गधाहरू, भेडा र बाख्राहरू र सेवक-सेविकाहरू छन्। म मेरा मालिककहाँ मैले उहाँको दृष्टिमा कृपा पाऊँ भनी यो समाचार पठाउँदैछु।’ ”
6
जब ती दूतहरू याकोबकहाँ फर्के, तब तिनीहरूले भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ, र अहिले उहाँ तपाईंलाई भेट्न यतैतिर आइरहनुभएको छ, र उहाँको साथमा चार सय मानिसहरू छन्।”
7
यो खबर सुनेर याकोब अत्यन्तै डराएर आत्तिए; यसकारण याकोबले आफूसित भएका मानिसहरू, साथै बथानहरू, बगालहरू र ऊँटहरूलाई दुई दलमा विभाजन गरे।
8
तिनले सोचे, “यदि एसावले आएर एउटा दललाई आक्रमण गरे भने तापनि बाँकी रहेको अर्को दलचाहिँ भाग्न सक्नेछ।”
9
त्यसपछि याकोबले प्रार्थना गरे, “हे याहवेह, मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर, जसले मलाई ‘तँ आफ्नो देश र आफ्ना नातेदारहरूकहाँ जा, र म तेरो उन्नति गराउनेछु’ भन्नुभयो;
10
तपाईंले आफ्नो सेवकप्रति देखाउनुभएको कृपा र विश्वासयोग्यताको योग्यको म छैनँ। मैले यस यर्दन नदीलाई पार गर्दा मसित लहुरोबाहेक केही थिएन; तर अब मसित दुई वटा दल भएका छन्।
11
म बिन्ती गर्छु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्; किनकि तिनी आएर यी आमाहरूलाई र तिनीहरूका छोराछोरीलाई आक्रमण गर्लान् भन्ने मलाई डर लागेको छ।
12
तर तपाईंले भन्नुभएको छ, ‘निश्चय नै म तेरो उन्नति गर्नेछु र तेरा सन्ततिलाई समुद्रको बालुवाझैँ बनाउनेछु, जो गन्न सकिनेछैन।’ ”
13
तिनले त्यो रात त्यहीँ बिताए; त्यसपछि आफूसित भएका थोकबाट तिनले आफ्ना दाजु एसावका निम्ति उपहार छुट्याए:
14
अर्थात् दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेडी र बीस वटा भेडा,
15
तीस वटा दुहुना ऊँट साथमा तिनीहरूका बच्चा, चालीस वटा गाई, दश वटा बाछा, बीस वटा गधैनी र दश वटा गधा।
16
तिनले ती आ-आफ्नै बथानको हिसाबले आफ्ना सेवकहरूका जिम्मामा सुम्पिदिए, र आफ्ना सेवकहरूलाई भने, “मेरो अगि-अगि जाओ, र ती बथानहरूको बीचमा केही दूरी राख।”
17
तिनले पहिलो बथान लिएर जानेलाई निर्देशन दिँदै भने: “जब मेरा दाजु एसावले तिमीलाई भेटेर ‘तँ कसको मानिस होस्? अनि कहाँ जाँदैछस्? र तेरो अगि-अगि लागेका यी पशुहरूका मालिक को हुन्?’ भनी सोधे भने,
18
तैँले यसो भन्नू, ‘यी तपाईंका सेवक याकोबका हुन्। यी मेरा मालिक एसावलाई पठाइएका उपहार हुन्; अनि उहाँ हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ।’ ”
19
अनि बथानहरूका पछि-पछि लागेका दोस्रो, तेस्रो र अरू सबैलाई पनि तिनले निर्देशन दिँदै भने: “एसावलाई भेटेपछि तिमीहरूले पनि त्यसरी नै भन्नू।
20
अनि ‘तपाईंका सेवक याकोब हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ भनेर अवश्य भन्नू।’ ” किनकि तिनले सोचेका थिए, “म यी उपहारहरू अगि-अगि पठाएर तिनलाई शान्त तुल्याउनेछु; अनि मैले पछिबाट तिनलाई भेट्दा सायद तिनले मलाई ग्रहण गर्लान्।”
21
यसरी याकोबले तिनका उपहारहरू अगि-अगि पठाए, तर तिनी आफैँचाहिँ त्यहीँ छाउनीमै रात बिताए।
22
त्यस रात याकोब उठे, र आफ्ना दुई पत्नी, दुई सेविका अनि एघार छोरालाई लिएर यब्बोक नदी तरे।
23
याकोबले तिनीहरूलाई नदीपारि पठाए, त्यसपछि तिनले आफूसित भएका अरू सबै कुराहरू पनि पठाइदिए।
24
यसरी याकोब एकलै छोडिए; अनि एक जना मानिसले तिनीसित बिहान उज्यालो नभएसम्म कुश्ती लडिरहे।
25
जब आफूले याकोबलाई जित्न नसकेको ती मानिसले थाहा पाए, तब तिनले याकोबको कम्मरको जोर्नी छोए; अनि त्यस मानिससित कुश्ती खेल्दा-खेल्दै याकोबको कम्मरको जोर्नी खुस्क्यो।
26
तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।”
27
तब ती मानिसले तिनलाई सोधे, “तिम्रो नाम के हो?” तिनले जवाफ दिए, “याकोब।”
28
तब ती मानिसले भने, “तिम्रो नाम अब उसो याकोब होइन, तर इस्राएल हुनेछ; किनकि तिमीले परमेश्वर र मानिसहरूसँग लडाइँ लडेर जितेका छौ।”
29
तब याकोबले बिन्ती गरे, “दया गरी मलाई तपाईंको नाम के हो, बताउनुहोस्।” तर तिनले जवाफ दिए, “तिमी किन मेरो नाम सोध्छौ?” तब ती मानिसले त्यहीँ नै याकोबलाई आशिष् दिए।
30
यसकारण याकोबले त्यस ठाउँलाई यसो भनेर पनीएल नाम राखे, “किनकि मैले परमेश्वरलाई आमने-सामने देखेको छु, र पनि मेरो ज्यान बाँच्यो।”
31
तिनी पनीएलबाट जाँदा सूर्योदय भइसकेको थियो, र आफ्नो कम्मरको जोर्नी खुस्किएको कारण तिनी खोच्याउँदै हिँड्न थाले।
32
यसकारण तिनको कम्मरको जोर्नीको मूलनसा छोइएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरमा टाँसिएको नसा खाँदैनन्।
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50