bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 39
Genesis 39
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 40 →
1
अब योसेफलाई तल इजिप्टमा लगिएको थियो। फारोका अधिकारी, अङ्गरक्षकका सेनापति पोतिफर भन्ने इजिप्टियनले तिनलाई त्यहाँ लैजाने इश्माएलीहरूबाट किने।
2
याहवेह योसेफसित हुनुभएकोले तिनको उन्नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्न लागे।
3
जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे,
4
योसेफले उनको दृष्टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए।
5
पोतिफरले आफ्नो घरको र आफूसित भएका सबै कुराको जिम्मा योसेफलाई दिएको समयदेखि तिनको कारण याहवेहले त्यहाँका इजिप्टियन घरलाई आशिष् दिनुभयो। याहवेहको आशिष् पोतिफरसित भएका सबै कुराहरूमा, अर्थात् घरभित्र र खेतमा भएका दुवै कुराहरूमाथि थियो।
6
यसकारण उनले आफूसित भएका सबै कुराहरू योसेफको रेख-देखमा छोडिदिए; आफूले खाने भोजनबाहेक अरू कुनै कुरामा पनि उनले चिन्ता गरेनन्। योसेफ हट्टाकट्टा र सुन्दर थिए।
7
अनि केही समयपछि तिनका मालिककी पत्नीले योसेफलाई मन पराउन थालिन् र भनिन्, “मसँग ओछ्यानमा आऊ!”
8
तर तिनले अस्वीकार गरे। तिनले आफ्नी मालिक्नीलाई भने, “सबै कुरा मेरो जिम्मामा रहेकोले मेरा मालिकलाई घरको कुनै कुराको पनि चिन्ता छैन। उहाँसित भएका सबै कुरा उहाँले मेरै रेख-देखमा राखिदिनुभएको छ।
9
यस घरमा मभन्दा ठूलो अरू कोही छैन। तपाईं उहाँकी पत्नी हुनुभएकोले, मेरा मालिकले तपाईंबाहेक अरू कुनै कुरा पनि मदेखि अलग राख्नुभएको छैन। त्यसकारण यस्तो दुष्ट काम गरेर कसरी परमेश्वरको विरुद्धमा म पाप गर्न सक्छु र?”
10
अनि तिनले दिनदिनै योसेफलाई त्यसो भने तापनि योसेफले तिनीसित सुत्न त परै जाओस्, तिनको नजिक बस्न समेत अस्वीकार गरे।
11
एक दिन योसेफ आफ्नो काम गर्न भनी घरभित्र गए; घरभित्र अरू कोही पनि सेवकहरू थिएनन्।
12
तब तिनले योसेफको लुगा समात्दै, “आऊ, मसँग ओछ्यानमा सुत!” भनिन्, तर आफ्नो लुगा तिनको हातैमा छाडेर तिनी घरबाट बाहिर भागे।
13
जब योसेफले आफ्नो लुगा तिनकै हातमा छाडेर घरदेखि बाहिर भागेको तिनले देखिन्,
14
तब तिनले आफ्ना घरका सेवकहरूलाई बोलाएर तिनीहरूलाई भनिन्, “हेर, यस हिब्रूलाई त हाम्रो बेइज्जत गर्न भनेर पो हामीकहाँ ल्याइएको रहेछ! त्यो मसँग सुत्नलाई यहाँ भित्र आयो, र म चिच्याएँ।
15
जब म चिच्याएको त्यसले सुन्यो, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
16
तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्।
17
तब तिनले उनलाई यो घटना भनिन्: “तपाईंले ल्याउनुभएको त्यो हिब्रू सेवक मेरो इज्जत लुट्न भनी मकहाँ आयो।
18
तर म जब सहायताको लागि चिच्याएँ, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
19
जब उनका मालिकले आफ्नी पत्नीले, “तपाईंको दासले मसँग यस्तो व्यवहार गर्यो,” भनेको घटना सुने, तब तिनी रिसले चुर भए।
20
योसेफका मालिकले तिनलाई राजाका कैदीहरू थुन्ने झ्यालखानामा लगेर हालिदिए। तर योसेफ त्यस झ्यालखानामा हुँदा,
21
याहवेह तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि दया देखाउनुभयो, र झ्यालखानाका हाकिमको दृष्टिमा तिनलाई निगाह प्राप्त गराइदिनुभयो।
22
यसकारण झ्यालखानाका हाकिमले योसेफलाई झ्यालखानामा राखिएका सबैमाथि रेखदेख गर्ने जिम्मा दिए; अनि तिनलाई त्यहाँ गरिने सबै कुराहरूका जिम्मेवारी सुम्पिदिए।
23
ती हाकिमले योसेफको जिम्मामा रहेका कुनै कुरामाथि पनि चिन्ता गर्दैनथिए; किनकि याहवेह योसेफसित हुनुहुन्थ्यो, र तिनले गरेका सबै कुरामा उहाँले तिनलाई सफलता दिनुभयो।
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 40 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50