bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 44
Genesis 44
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 45 →
1
योसेफले आफ्नो घरको भण्डारेलाई यस्तो हुकुम दिए: “यी मानिसहरूका बोराहरूमा उनीहरूले बोक्न सक्ने जति अन्नले भरिदे, र प्रत्येकको बोराको मुखमा आ-आफ्ना पैसा राखिदे।
2
त्यसपछि त्यस कान्छोको बोराको मुखमा चाहिँ त्यसको अन्नको पैसासितै मेरो चाँदीको कचौरा पनि राखिदे।” अनि त्यसले योसेफले भनेअनुसार गर्यो।
3
बिहान भएपछि ती मानिसहरू आफ्ना गधाहरूसितै पठाइए।
4
जब उनीहरू सहरदेखि केही टाढा मात्र पुगेका थिए, तब योसेफले आफ्ना भण्डारेलाई भने, “झट्टै ती मानिसहरूका पछि-पछि जा; अनि उनीहरूलाई भेटेपछि उनीहरूलाई भन्, ‘भलाइको साटो तिमीहरूले किन खराबी गर्यौ?
5
यही कचौरा होइनँ, जसबाट मेरा मालिकले पिउनुहुन्छ? र जसद्वारा उहाँले जोखना पनि हेर्नुहुन्छ? यो त तिमीहरूले खराब काम गर्यौ।’ ”
6
जब त्यसले उनीहरूलाई भेट्टायो, तब त्यसले उनीहरूलाई योसेफले भनेका कुरा दोहोर्यायो।
7
तर उनीहरूले तिनलाई भने, “मेरा मालिक किन यस्तो भन्दै हुनुहुन्छ? यस किसिमका कामहरू तपाईंका सेवकहरूबाट टाढा रहोस्।
8
हामीले त कनान देशबाट हाम्रा बोराहरूका मुखमा पाइएका पैसासमेत फेरि तपाईंकहाँ फर्काएका थियौँ। यसकारण तपाईंका मालिकको घरबाट कसरी हामीले सुन अथवा चाँदी चोरी गर्थ्यौँ र?
9
यदि तपाईंका सेवकहरूमध्ये कसैसित पनि त्यो चीज पाइयो भने त्यो मर्नेछ; अनि हामी बाँकीचाहिँ मेरा मालिक, हजुरका दासहरू हुनेछौँ।”
10
अनि त्यसले भन्यो, “तिमीहरूले भनेअनुसार नै भएको होस्। जससित त्यो पाइनेछ, त्यो मेरो दास हुनेछ; अनि तिमीहरू बाँकीचाहिँ दोषमुक्त हुनेछौ।”
11
उनीहरू हरेकले आ-आफ्नो बोरा छिटो-छिटो भुइँमा ओराले, र खोले।
12
अनि त्यस भण्डारेले जेठोबाट सुरु गरेर कान्छोसम्म सबैको खानतलासी गर्यो। अनि त्यो कचौरा बेन्यामीनको बोरामा पाइयो।
13
यो देखेर उनीहरूले आ-आफ्ना वस्त्र च्याते। तब उनीहरूले आफ्ना गधाहरूमा भारी लादे, र फेरि सहरतिर फर्के।
14
यहूदा र तिनका दाजुभाइहरू फर्केर आउँदा योसेफ घरमै थिए। अनि उनीहरू तिनको सामु भुइँमै लम्पसार परे।
15
योसेफले उनीहरूलाई भने, “तिमीहरूले यो के गर्यौ? मजस्तो मानिसले जोखनाद्वारा सबै कुरा पत्तो लगाउन सक्छु भनी तिमीहरूलाई थाहा थिएन?”
16
“हे मालिक, हामी हजुरलाई के भन्न सक्छौँ र?” यहूदाले जवाफ दिए। “हामी के नै पो भन्न सक्छौँ र? हामी कसरी आफूलाई निर्दोष प्रमाणित गर्न सक्छौँ? परमेश्वरले तपाईंका दासहरूको अधर्म उघारिदिनुभएको छ। हामी अब मेरा मालिकका सेवकहरू हौँ—अर्थात् हामी सबै, र त्यो पनि, जससित त्यो कचौरा पाइयो।”
17
तर योसेफले भने, “यस्तो काम मबाट दूर रहोस्! जुन मानिससित मेरो कचौरा पाइयो, त्यो मात्र मेरो दास हुनेछ। अरूचाहिँ शान्तिसँग आफ्ना पिताकहाँ जाओ।”
18
तब यहूदाले तिनीकहाँ गएर भने: “मेरा मालिक, तपाईंको सेवकलाई केही बोल्न दिनुहोस्। तपाईं फारोसमान हुनुभए तापनि नरिसाउनुहोस्।
19
मेरा मालिकले आफ्ना सेवकहरूलाई ‘तिमीहरूका पिता वा भाइ छन् भनी सोध्नुभयो।’
20
अनि हामीले, ‘हाम्रा एक जना वृद्ध पिता हुनुहुन्छ, र उहाँको वृद्धावस्थामा जन्मेको सानो छोरा छ, त्यसको दाजु मर्यो; अनि ऊचाहिँ त्यसकी आमाको बाँचेको एउटै छोरा हो; र त्यसका पिताले त्यसलाई धेरै माया गर्नुहुन्छ’ भनेर जवाफ दियौँ।
21
“तब हजुरले आफ्ना सेवकहरूलाई भन्नुभयो, ‘उसलाई यहाँ मकहाँ ल्याओ, र म आफैँ उसलाई देख्न पाऊँ।’
22
अनि हामीले हजुरलाई भन्यौँ, ‘त्यस केटोले आफ्ना पितालाई छोड्न सक्दैन। यदि त्यसले आफ्ना पितालाई छोड्यो भने उहाँ मर्नुहुनेछ।’
23
तर तपाईंले आफ्ना सेवकहरूलाई भन्नुभयो, ‘तिमीहरूसित आफ्नो कान्छा भाइ यहाँ आएन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’
24
हामी जब तपाईंका सेवक मेरा पिताकहाँ गयौँ, तब हामीले उहाँलाई हजुरले भन्नुभएको कुरा भन्यौँ।
25
“अनि हाम्रा पिताले भन्नुभयो, ‘फर्केर जाओ, र अरू केही अन्न किन।’
26
तर हामीले भन्यौँ, ‘हामी जान सक्दैनौँ। हामीसित हाम्रो कान्छो भाइ छ भने मात्र हामी जानेछौँ। हाम्रो कान्छो भाइ हामीसित छैन भने हामी ती मानिसको अनुहार हेर्न पनि पाउनेछैनौँ।’
27
“तपाईंको सेवक मेरा पिताले हामीलाई भन्नुभयो, ‘मेरी पत्नीले मेरा निम्ति दुई छोराहरू जन्माएकी थिइन् भनेर तिमीहरू जान्दछौ।
28
तीमध्ये एक जना मलाई छोडेर गयो, र मैले भनेँ, “त्यो निश्चय पनि टुक्रा-टुक्रा पारियो होला।” त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ।
29
तिमीहरूले मबाट यसलाई पनि लग्यौ, र यसमाथि जोखिम आइपर्यो भने तिमीहरूले मेरो सेतै फूलेको कपाललाई शोकमै चिहानमा ल्याउनेछौ।’
30
“यसकारण अब तपाईंको सेवक मेरा पिताकहाँ जाँदा यो केटो हामीसित छैन भने मेरा पिता, जसको जीवन यस केटोसित घनिष्ठ रूपमा बाँधिएको छ,
31
यस केटालाई नदेख्दा उहाँ मर्नुहुनेछ। तपाईंका सेवकहरूले हाम्रा पिताको सेतै फुलेको कपाललाई शोकमै चिहानमा पुर्याउनेछौँ।
32
तपाईंको सेवकले आफ्नो पिताकहाँ यस केटाको सुरक्षाको जमानी बसेको छ। मैले भनेँ, ‘यदि मैले यसलाई तपाईंकहाँ फर्काएर ल्याइनँ भने म मेरो जीवनभरि मेरा पिताका सामु दोषी हुनेछु!’
33
“यसर्थ अब दया गरी हे मेरा मालिक, यस केटाको सट्टामा हजुरको सेवक भएर मलाई बस्न दिनुहोस्; तर यस केटोलाई आफ्ना दाजुहरूसित फर्कन दिनुहोस्।
34
यो केटो मेरो साथमा छैन भने म आफ्ना पिताकहाँ कसरी जान सक्छु? होइन! मालिक, मेरा पितामाथि आइपर्ने यस्तो सन्ताप म हेर्न सक्दिनँ!”
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 45 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50