bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 49
Genesis 49
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 48
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 50 →
1
तब याकोबले आफ्ना छोराहरूलाई बोलाएर भने: “तिमीहरू भेला होओ, र आउँदा दिनहरूमा तिमीहरूलाई के-के हुनेछ, त्यो म भन्नेछु।
2
“याकोबका छोराहरू हो! भेला होओ, र सुन; तिमीहरूका पिता इस्राएलका कुरा सुन।
3
“रूबेन, तँ मेरो जेठा छोरा होस्, मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह, सम्मानमा विशिष्ट, र शक्तिमा विशिष्ट।
4
तँ पानीझैँ चञ्चल छस्; यसैले इज्जत रहनेछैन; किनकि तँ आफ्ना पिताको ओछ्यानमा चढिस्, मेरो पलङमा चढिस् र त्यसलाई अशुद्ध पारिस्।
5
“शिमियोन र लेवी दाजुभाइहरू हुन्; तिनीहरूका तरवारहरू हिंसाका हतियारहरू हुन्।
6
म तिनीहरूको सभामा नपसूँ, म तिनीहरूका परिषद्मा सामेल नबनूँ; किनकि तिनीहरूले रिसमा मानिसहरू मारेका छन्। अनि खेलवाड गरेर गोरुहरूका ढोडनसा काटेका छन्।
7
तिनीहरूको यति डरलाग्दो रिस, तिनीहरूको निष्ठुर क्रोधमाथि श्राप परोस्! म तिनीहरूलाई याकोबमा छरपस्ट पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु।
8
“यहूदा, तेरा दाजुभाइहरूले तँलाई प्रशंसा गर्नेछन्; तेरो हात तेरा शत्रुहरूको गर्दनमा हुनेछ; तेरा पिताका छोराहरूले तँलाई दण्डवत् गर्नेछन्।
9
ए यहूदा, तँ सिंहको डमरुजस्तै छस्; मेरो छोरा, तँ शिकारबाट फर्कन्छस्। त्यो सिंहझैँ झुक्दछ, सिंहनीझैँ आराम गर्न लमतन्न पर्दछ—कसले उसलाई जगाउने आँट गर्ला?
10
यहूदाको हातबाट राजदण्ड हट्नेछैन, न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट हट्नेछ, जबसम्म यी जसका हुन्, ती आउँदैनन्, अनि जातिहरू उहाँमा आज्ञाकारी बन्नेछन्।
11
त्यसले आफ्नो गधालाई दाखको बोटमा, र त्यसको बछेडोलाई त्यसले उत्तम हाँगामा बाँध्नेछ; त्यसले आफ्नो वस्त्र दाखमद्यमा, र आफ्नो लबेदा दाखको रसमा धुनेछ।
12
त्यसका आँखा दाखमद्यभन्दा गाढा रङ्गका, र त्यसका दाँतहरू दूधभन्दा सेता हुनेछन्।
13
“जबूलून समुद्री किनारमा बस्नेछ, र ऊ जहाजहरूका लागि बन्दरगाह बन्नेछ; त्यसको सिमाना सीदोनतिर फैलिनेछ।
14
“इस्साखार दुई काठीका बीचमा आराम गर्ने बलियो गधा हो।
15
जब त्यसले आफू बिसाएको ठाउँ कति असल छ, र आफ्नो देश कति आनन्दपूर्ण छ भनी देख्छ, त्यसले आफ्नो काँध भारी बोक्नको लागि झुकाउनेछ, र कडा परिश्रमको लागि समर्पित हुनेछ।
16
“दानले इस्राएलको एउटा कुलको हैसियतले आफ्ना मानिसहरूलाई न्याय दिनेछ।
17
दान बाटो छेउको एउटा सर्प, र गोरेटोमा बसेको विषालु सर्प हो, जसले घोडाको कुर्कुच्चा डस्छ, र यसमा सवार हुने मानिस पछिल्तिर पछारिन्छ।
18
“हे याहवेह, म तपाईंको छुटकारालाई अपेक्षा गर्दछु।
19
“गादलाई आक्रमणकारीहरूको दलले आक्रमण गर्नेछ; तर त्यसले चाहिँ तिनीहरूलाई उल्टो खेदेर तिनीहरूका कुर्कुच्चामा आक्रमण गर्नेछ।
20
“आशेरको भोजन उत्तम हुनेछ; त्यसले राजालाई सुहाउने स्वादिलो भोजन जुटाउनेछ।
21
“नप्ताली स्वतन्त्र भएकी मुडुली मृग हो, जसले सुन्दर पाठाहरू बियाउँछे।
22
“योसेफ एउटा फलदायक दाखको बोट हो, पानीको मूलको नजिक भएको फलदायक दाखको बोट, जसका हाँगाहरू पर्खाल नाघेर फैलिन्छन्।
23
धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे; तिनीहरूले दुश्मनी राखेर त्यसलाई काँडले हाने।
24
तर त्यसको धनु स्थिर रह्यो; त्यसका बलिया पाखुराहरू फूर्तिला रहे; त्यो याकोबका सर्वशक्तिमान्को हातले गर्दा त्यो गोठाला, इस्राएलका चट्टानले गर्दा भएको थियो;
25
तेरा पिताका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई माथि स्वर्गका आशिष्हरू, तल भएको समुद्रका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू दिनुहुन्छ।
26
तेरा पिताका आशिष्हरू प्राचीन पर्वतहरूका आशिष्हरूभन्दा र पुराना पहाडहरूका प्रचुरताहरूभन्दा महान् छन्; यी सबै आशिष्हरू योसेफका शिरमा होऊन्; आफ्ना दाजुभाइहरूका बीचमा भएका राजकुमारका आँखीभौँमाथि बसून्।
27
“बेन्यामीन साह्रै भोकाएको ब्वाँसो हो; बिहान त्यसले शिकार खान्छ; साँझमा त्यसले लुटको माल बाँड्छ।”
28
यी सबै इस्राएलका बाह्र कुल हुन्; र यसरी उनीहरूका पिताले उनीहरू प्रत्येकलाई सुहाउँदो आशिष् दिए।
29
तब याकोबले उनीहरूलाई यी निर्देशन दिए: “म आफ्ना मानिसहरूसित मिल्न जान लागिरहेको छु। मलाई हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पितापुर्खाहरूसित गाड्नू,
30
जुन ओडारचाहिँ कनानमा मम्रेको छेउमा मक्पेलाको खेतमा छ। अनि त्यो ठाउँ अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसमेत किनेका थिए।
31
त्यहीँ नै अब्राहाम र तिनकी पत्नी सारा गाडिए; त्यहीँ इसहाक र तिनकी पत्नी रिबेका गाडिए; र त्यहीँ नै मैले लेआलाई गाडेँ।
32
त्यो जमिन र त्यो ओडार हित्तीहरूबाट किनिएको हो।”
33
अनि याकोबले आफ्ना छोराहरूलाई निर्देशन दिइसकेपछि उनले आफ्ना खुट्टा पलङमा पसारेर आफ्नो अन्तिम सास फेरे। यसरी उनी आफ्ना मानिससित मिल्न गए।
← Chapter 48
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 50 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50