bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 27
Genesis 27
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 28 →
1
इसहाक वृद्ध भइसकेका थिए, र तिनका आँखा पनि देख्न नसक्ने कमजोर भए; तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “मेरो छोरा।” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
2
इसहाकले भने, “हेर्, म वृद्ध भइसकेको छु; कुन दिन मरिने हो, थाहा छैन।
3
त्यसैले अब तेरो हतियार—अर्थात् तेरो काँडको ठोक्रो र धनु लिएर खुला खेतमा जा, र मेरा निम्ति एउटा पशु शिकार गरेर ले।
4
मलाई मनपर्ने स्वादिलो भोजन बना, म त्यो खान्छु, र म मर्नुभन्दा अगि तँलाई आशिष् दिन्छु।”
5
अब इसहाकले आफ्नो छोरा एसावसित कुरा गर्दैगर्दा रिबेकाले सुनिरहेकी थिइन्; तब एसाव खुला मैदानमा शिकार गरेर ल्याउन भनेर हिँडे।
6
त्यसपछि रिबेकाले आफ्ना छोरा याकोबलाई भनिन्, “हेर्, तेरा बुबाले तेरा दाजु एसावलाई यसो भन्दै गर्नुभएको मैले सुनेँ,
7
‘मेरा लागि शिकार गरेर ले, र मेरा निम्ति स्वादिष्ठ भोजन तयार गर्, र म मर्नुभन्दा अगि याहवेहको उपस्थितिमा मेरो आशिष् तँलाई दिन्छु।’
8
त्यसैले मेरो छोरा, ध्यानपूर्वक सुन्, र म तँलाई जे भन्छु, सो कुरा गर्!
9
अब बगाल भएको ठाउँमा जा, र दुई वटा असल पाठा चुनेर ले; ताकि म तेरा बुबाका निम्ति मनपर्ने स्वादिष्ठ भोजन बनाइदिन सकूँ।
10
तब त्यो लगेर तेरा बुबालाई खान दे, र मर्नुभन्दा अगि तिनले आफ्नो आशिष् तँलाई देऊन्।”
11
याकोबले आफ्नी आमा रिबेकालाई भने, “तर मेरा दाजु एसाव शरीरभरि रौँ नै रौँ भएका मानिस हुन्; अनि मचाहिँ चिल्लो छाला भएको मानिस हुँ।
12
मेरा बुबाले मलाई छाम्नुभयो भने के गर्ने? मैले त उहाँलाई छल गरेजस्तो हुन्छ; तब ममाथि आशिष्को साटो श्राप पो आइपर्ला।”
13
तिनकी आमाले तिनलाई भनिन्, “मेरो छोरा, त्यो श्राप मैमाथि परोस्; म जे भन्छु, तैँले त्यही गर्; जा र ती मेरा निम्ति लिएर आइज।”
14
त्यसपछि याकोब गए, र ती पाठा आफ्नी आमाकहाँ लिएर आए; अनि उनकी आमाले उनका बुबाले मनपर्ने स्वादिष्ठ भोजन तयार पारिदिइन्।
15
तब रिबेकाले तिनको घरमा भएका आफ्ना जेठा छोरा एसावका राम्रा-राम्रा लुगा ल्याएर आफ्ना कान्छा छोरा याकोबलाई लगाइदिइन्।
16
तिनले याकोबको हात र घाँटीको चिल्लो भागमा पाठाका छालाले ढाकिदिइन्।
17
तब आफूले तयार पारेको स्वादिष्ठ भोजन र रोटी तिनले आफ्नो छोरा याकोबको हातमा दिइन्।
18
तिनी आफ्ना बुबाकहाँ गएर भने, “मेरा बुबा!” तिनले जवाफ दिए, “भन् मेरो छोरा, तँ को होस्?”
19
याकोबले आफ्ना बुबालाई भने, “म तपाईंको जेठो छोरा एसाव हुँ। मैले तपाईंले भन्नुभएझैँ गरेको छु। कृपया बस्नुहोस्, र मैले शिकार गरेर ल्याएको भोजन खानुहोस्; र मलाई आफ्नो आशिष् दिनुहोस्।”
20
इसहाकले आफ्नो छोरालाई सोधे, “मेरो छोरा, तैँले कसरी यति चाँडो शिकार भेट्टाइस् र?” याकोबले जवाफ दिए, “मलाई तपाईंका याहवेह परमेश्वरले नै सफलता दिनुभयो।”
21
तब इसहाकले याकोबलाई भने, “मेरो छोरा, मेरो नजिक आइज, र तँ साँच्चै मेरा छोरा एसाव होस् कि होइनस् भनी म तँलाई छामेर जान्न सकूँ।”
22
याकोब आफ्नो बुबा इसहाकको छेवैमा गए; अनि तिनले उनलाई छोएर भने, “सोरचाहिँ याकोबको हो, तर हातहरूचाहिँ एसावकै हुन्।”
23
याकोबका हातहरू तिनका दाजु एसावका हातहरूजस्ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्। तब इसहाकले याकोबलाई आशिष् दिए।
24
इसहाकले तिनलाई सोधे, “के तँ साँच्चै मेरो छोरा एसाव नै होस् त?” तिनले जवाफ दिए, “हो, म उही हुँ।”
25
तब तिनले भने, “मेरो छोरा, मलाई तेरो शिकारबाट खानलाई केही दे, र म तँलाई मेरो आशिष् दिन सकूँ।” अनि याकोबले त्यो तिनीकहाँ ल्याए, र तिनले खाए; अनि उनले केही दाखमद्य पनि ल्याए, र तिनले पिए।
26
तब उनका बुबा इसहाकले तिनलाई भने, “मेरो छोरा, यता आइज, र मलाई म्वाइँ खा।”
27
यसकारण याकोब नजिकै गएर आफ्नो बुबालाई म्वाइँ खाए। जब उनको लुगाको बास्ना इसहाकले थाहा पाए, तब उनलाई आशिष् दिएर भने, “अहो, मेरो छोराको बास्ना त याहवेहले आशिष् दिनुभएको खेतको बास्नाझैँ छ।
28
परमेश्वरले तँलाई आकाशको शीतबाट अनि पृथ्वीको उर्वर जमिनबाट— प्रशस्त अन्न र नयाँ दाखमद्य देऊन्।
29
राष्ट्रहरूले तेरो सेवा गरून्, अनि मानिसहरू तेरो सामु झुकून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्, अनि तेरी आमाका छोराहरू तेरो सामु झुकून्। तँलाई श्राप दिनेहरूले श्राप पाऊन्, र तँलाई आशिष् दिनेहरूले आशिष् पाऊन्।”
30
इसहाकले तिनलाई आशिष् दिइसकेपछि आफ्ना बुबाको उपस्थितिबाट याकोब निस्केका मात्र के थिए, तिनका दाजु एसाव शिकार गरेर भित्र आए।
31
तिनले पनि केही स्वादिष्ठ भोजन तयार पारे; अनि आफ्ना बुबाकहाँ ल्याए। त्यसपछि एसावले भने, “मेरा बुबा, कृपया उठेर बस्नुहोस्, र मैले शिकार गरेर ल्याएको मासुबाट केही खाएर मलाई आशिष् दिनुहोस्।”
32
तब तिनका पिता इसहाकले सोधे, “तँचाहिँ को होस्?” तिनले जवाफ दिए, “म तपाईंको छोरा, तपाईंको जेठा छोरा एसाव हुँ।”
33
तब इसहाक जोडसित डरले काँपे, र भने, “त्यसो भए त्योचाहिँ को हो, जसले शिकार गरेर मकहाँ ल्यायो? तँ आउनुभन्दा अगि नै मैले त्यो खाएँ, र त्यसलाई आशिष् दिएँ—अनि निश्चय नै त्यसैले त्यो आशिष् पाउनेछ।”
34
जब एसावले आफ्ना बुबाको कुरा सुने, तब तिनी दुःखी भएर डाँको छोडेर रोए, र आफ्ना बुबालाई भने, “मेरा बुबा, मलाई पनि आशिष् दिनुहोस्!”
35
तर तिनले भने, “तेरो भाइले छल गरेर आयो, र तेरो आशिष् लग्यो।”
36
एसावले भने, “त्यसको नाम याकोब भनेर ठिकै राखिएको होइन र? त्यसले मलाई छल गरेको यो दोस्रो पटक हो। त्यसले मेरो ज्येष्ठ अधिकार लियो; अहिले मैले पाउनुपर्ने आशिष् पनि त्यसैले लग्यो!” तब तिनले सोधे, “के तपाईंले मेरा निम्ति केही आशिष् साँचेर राख्नुभएको छैन र?”
37
इसहाकले एसावलाई जवाफ दिए, “हेर् मेरो छोरा, मैले उसलाई तेरो मालिक बनाइसकेँ; अनि उसका सबै आफन्तहरूलाई उसका सेवक बनाइसकेको छु; अनि अन्न र दाखमद्यले उसलाई तृप्त पारिसकेको छु। यसकारण मेरो छोरा, म तेरा लागि के नै गर्न सक्छु र?”
38
एसावले आफ्ना बुबालाई भने, “मेरा बुबा, तपाईंसित एउटै मात्र पनि आशिष् होला नि? मलाई पनि आशिष् दिनुहोस् बुबा!” तब तिनी डाँको छोडेर रोए।
39
अनि उनका पिता इसहाकले उनलाई जवाफ दिए, “तेरो बसोबास पृथ्वीको उर्वर जमिनबाट टाढा; माथि आकाशको शीतदेखि टाढा हुनेछ।
40
तँ तरवारको भरमा जिउनेछस्, अनि तैँले तेरो भाइको सेवा गर्नेछस्। तर तँ बोझले विचलित भएपछि, तैँले आफ्नो गर्दनबाट त्यसको जुवा भाँचेर फ्याँक्नेछस्।”
41
आफ्ना पिताले याकोबलाई आशिष् दिनुभएको कारण एसावले याकोबसित शत्रुता राखे। अनि तिनले मनमनै भने, “मेरा पिताको मृत्युको शोकपछि म मेरो भाइ याकोबलाई मार्नेछु।”
42
आफ्नो जेठा छोरा एसावले भनेका कुरा जब रिबेकालाई भनियो, तब तिनले आफ्नो कान्छा छोरा याकोबलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “तेरो दाजुले तँलाई मार्ने योजना बनाएर बदला लिन खोज्दैछ।
43
अब मेरो छोरा, म जे भन्छु त्यो गर्; तँ हारानमा भएका मेरा दाजु लाबानकहाँ भागेर गइहाल्।
44
तेरो दाजुको रिस नमरुन्जेल तँ केही दिन त्यहीँ बस्।
45
तैँले तेरा दाजुलाई जे गरेको थिइस्, सो कुरा उसले नबिर्सुन्जेल बस्; अनि उसको रिस मरेपछि तँलाई त्यहाँबाट यता आउनू भनी म खबर पठाउनेछु। एकै दिनमा तिमीहरू दुवैलाई म किन गुमाऊँ?”
46
तब रिबेकाले इसहाकलाई भनिन्, “म यी हित्ती स्त्रीहरूसित बस्दा-बस्दा वाक्क भइसकेकी छु। यदि याकोबले यस ठाउँका स्त्रीहरूबाट अर्थात् यस्ता हित्ती स्त्रीहरूबाट पत्नी ल्यायो भने म बाँचेर केही अर्थ हुँदैन।”
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50