bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 21
Genesis 21
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 22 →
1
अब याहवेहले भन्नुभएझैँ साराप्रति उहाँ अनुग्रही हुनुभयो; अनि याहवेह आफूले प्रतिज्ञा गर्नुभएझैँ साराका निम्ति गर्नुभयो।
2
सारा गर्भवती भइन्, र अब्राहामको वृद्धाअवस्थामा तिनका निम्ति परमेश्वरले प्रतिज्ञा गर्नुभएकै समयमा एउटा छोरा जन्माइन्।
3
साराले अब्राहामका निम्ति जन्माएकी छोरालाई तिनले इसहाक नाम दिए।
4
जब अब्राहामको छोरा इसहाक आठ दिनका भए, तब परमेश्वरको आज्ञाअनुसार तिनले उसको खतना गरे।
5
आफ्नो छोरा इसहाकको जन्म हुँदा अब्राहाम सय वर्ष पुगेका थिए।
6
साराले भनिन्, “परमेश्वरले मलाई हाँस्ने तुल्याउनुभएको छ; अनि जजसले मेरो बारेमा यो कुरा सुन्छन्, तिनीहरू पनि सबै मसँगसँगै हाँस्नेछन्।”
7
अनि तिनले अझ भनिन्, “साराले सन्तानहरूलाई दूध खुवाउनेछिन् भनेर अब्राहामलाई कसले भन्थ्यो होला? र पनि मैले उहाँको वृद्धावस्थामा उहाँका निम्ति एउटा छोरा जन्माएँ।”
8
जब बालक इसहाक बढ्दैगयो, तब तिनलाई दूध छुटाइयो; अनि दूध छुटाइएको त्यस दिन अब्राहामले एउटा ठूलो भोज लगाए।
9
तर अब्राहामका निम्ति इजिप्टियन हागारले जन्माएकी छोराले आफ्नो छोरा इसहाकलाई ठट्टा गरिरहेको साराले देखिन्।
10
यसकारण तिनले अब्राहामलाई भनिन्, “त्यो दासी र त्यसको छोरालाई निकालिदिनुहोस्; किनकि त्यसको छोरो मेरो छोरो इसहाकसित कहिल्यै उत्तराधिकारी हुन सक्दैन।”
11
यस कुराले अब्राहामलाई धेरै दुःखित तुल्यायो; किनकि यो कुरा आफ्नो छोरासित सम्बन्धित थियो।
12
तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो बालक र तेरी दासीको विषयमा साराले भनेको कुरामा दुःख नमान्। साराले जे भन्छे, त्यो कुरा सुन्; किनकि इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।
13
म तेरी दासीको छोरालाई पनि एउटा ठूलो जाति बनाउनेछु; किनकि त्यो पनि तेरै सन्तान हो।”
14
तब अब्राहाम बिहानै उठे, र हागारलाई केही भोजन र एक मशक पानी दिए। ती सामानहरू हागारका काँधमा राखिदिएर अब्राहामले त्यो र त्यसको बालकलाई पठाइदिए। अनि त्यो त्यहाँबाट निस्केर गई, र बेर्शेबाका मरुभूमिहुँदो भौँतारिन थाली।
15
जब मशकको पानी सकियो; तब त्यसले आफ्नो छोरालाई एउटा झाडीमुनि राखी।
16
तब त्यो एक काँड हान्ने जतिको दूरीमा गएर बसी, र, “म यो बालक मरेको हेर्न सक्दिनँ” भन्दै जोड-जोडले रुन थाली।
17
तब परमेश्वरले त्यो बालक रोइरहेको सुन्नुभयो; अनि याहवेहका दूतले स्वर्गबाट हागारलाई बोलाएर भने, “हागार, के भयो? नडरा; किनकि त्यो बालक जहाँबाट रोइरहेको छ, त्यहीँबाट परमेश्वरले त्यसको सोर सुन्नुभएको छ।
18
त्यस बालकलाई उठा, र त्यसको हात पक्री; किनकि म त्यसलाई एउटा ठूलो जाति बनाउनेछु।”
19
तब परमेश्वरले तिनका आँखा खोलिदिनुभयो; अनि त्यसले पानीको एउटा इनार देखी। तब तिनी गई, र मशकमा पानी भरेर त्यस बालकलाई पिउन दिई।
20
जब त्यो बालक बढ्दैगयो; परमेश्वर त्यससित हुनुहुन्थ्यो। त्यो मरुभूमिमा बस्थ्यो; र एउटा धनुर्धारी बन्यो।
21
त्यो पारानको मरुभूमिमा बस्थ्यो, तब त्यसकी आमाले इजिप्टबाट त्यसका निम्ति एउटी पत्नी ल्याइदिई।
22
त्यस बेला अबीमेलेक र तिनका सेनाका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गरेका सबै कुराहरूमा परमेश्वर तपाईंको साथमा हुनुहुन्छ।
23
अब परमेश्वरको सामु मसित शपथ खानुहोस्; तपाईंले मसित र मेरा छोराछोरीहरू अथवा मेरा सन्तानहरूसित झूटो व्यवहार गर्नुहुनेछैन। तर जसरी मैले तपाईंलाई दया देखाएँ, त्यसरी नै तपाईंले पनि मसँग र अहिले तपाईं विदेशी भएर बस्नुभएको देशलाई दया देखाउनुहोस्।”
24
अब्राहामले भने, “हुन्छ, म यो शपथ खान्छु।”
25
तब अब्राहामले अबीमेलेकका सेवकहरूले अब्राहामका सेवकहरूबाट पानीको कुवा खोसेको विषयमा तिनीसित गुनासो पोखे,
26
तर अबीमेलेकले भने, “यो काम कसले गरेको हो, सो म जान्दिनँ। तपाईंले मलाई भन्नुभएन, र आज मात्र मैले यस विषयमा सुनेँ।”
27
यसकारण अब्राहामले केही भेडा र गाईबस्तुहरू ल्याएर अबीमेलेकलाई दिए; अनि ती दुवैले करार बाँधे।
28
अब्राहामले सात वटा भेडाका पाठीहरू बगालबाट अलग पारे,
29
अनि अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात वटा पाठीहरू अलग राख्नुभएको अर्थ के हो?”
30
तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भन्ने प्रमाण होऊन् भनी यी सात वटा पाठीहरू मेरा हातबाट स्वीकार गर्नुहोस्।”
31
यसकारण त्यस ठाउँलाई बेर्शेबा भनियो; किनकि ती दुवैले त्यहाँ शपथ खाएका थिए।
32
बेर्शेबामा करार बाँधेपछि अबीमेलेक र तिनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के।
33
अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ तिनले याहवेह अनन्तका परमेश्वरको नाममा पुकार गरे।
34
अनि अब्राहाम केही समयसम्म पलिश्तीहरूको देशमा बसोबास गरे।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50