bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 9
Genesis 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 10 →
1
तब परमेश्वरले यसो भन्दै नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो, “फल्दै-फुल्दै, संख्यामा वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।
2
पृथ्वीका सबै पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू, जमिनमा चलहल गर्ने प्रत्येक प्राणी, र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको भय र त्रास रहनेछ; तिनीहरू तिमीहरूका हातमा सुम्पिएका छन्।
3
हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु।
4
“तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ।
5
तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु।
6
“जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ; किनकि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।
7
तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।”
8
तब परमेश्वरले नोआ र तिनीसँग भएका छोराहरूलाई भन्नुभयो:
9
“अब म तिमीहरूसँग र तिमीहरू पछिका सन्तानहरूसँग मेरो करार स्थापित गर्नेछु;
10
अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित।
11
म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु: अब उसो सबै जीवित थोकहरू जलप्रलयको पानीले नाश हुनेछैनन्; पृथ्वीलाई नष्ट पार्ने जलप्रलय फेरि हुनेछैन।”
12
अनि परमेश्वरले भन्नुभयो, “मैले तिमीहरू र तिमीहरूसित भएका प्रत्येक जीवित प्राणी र समस्त भावी पुस्ताहरूका निम्ति स्थापित गरेको करारको चिन्ह यही हो:
13
म बादलमा मेरो इन्द्रेणी राख्दछु; अनि यही नै मेरो र पृथ्वीको बीचमा बाँधेको करारको चिन्ह हुनेछ।
14
जब म पृथ्वीमाथि बादल फैलाउनेछु, अनि बादलमा इन्द्रेणी देखा पर्नेछ;
15
तब मैले तिमीहरूसित र हरेक किसिमका जीवित प्राणीहरूसित बाँधेको मेरो करार सम्झनेछु। अब उसो सम्पूर्ण जीवित थोक नष्ट गर्ने पानीको जलप्रलय कहिल्यै हुनेछैन।
16
जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।”
17
यसरी परमेश्वरले नोआलाई भन्नुभयो, “मैले म र पृथ्वीमा भएका सबै जीवितहरूबीच स्थापित गरेको करारको चिन्ह यही नै हुनेछ।”
18
जहाज बाहिर निस्केर आउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हामचाहिँ कनानका पिता थिए।)
19
नोआका तीन छोराहरू यिनै थिए; अनि यिनीहरूबाट आएका मानिसहरूले नै समस्त पृथ्वी भरियो।
20
नोआले खेतीपाती गर्न थाले, उनले एउटा दाखबारी लगाए।
21
जब तिनले दाखमद्यबाट पिए, तब तिनी मात्तिए, र आफ्नो पालभित्र नाङ्गै सुते।
22
कनानका पिता हामले आफ्ना पिताको नग्नता देखे, र बाहिर भएका आफ्ना दुई दाजुभाइलाई बताए।
23
तर शेम र येपेतले आफ्ना काँधमा एउटा लुगा लिए, र पछिल्तिरबाट सर्दै गई आफ्ना पिताको नग्नतालाई ढाकिदिए। तिनीहरूका अनुहार अर्कोपट्टि फर्केका हुनाले तिनीहरूले आफ्ना पिताको नग्नता देखेनन्।
24
जब नोआको मद्यबाट होश खुल्यो, र तिनले आफ्नो कान्छा छोराले तिनलाई के गरेका थिए, त्यो थाहा पाए;
25
तब तिनले भने, “कनान श्रापित होस्! त्यो आफ्ना दाजुभाइहरू बीचमा सबैभन्दा तुच्छ दास होस्।”
26
तिनले यो पनि भने, “शेमका याहवेह, परमेश्वर धन्यका होऊन्; कनानचाहिँ शेमको कमारा होस्!
27
परमेश्वरले येपेतको क्षेत्र बढाऊन्; येपेत शेमका पालहरूमा बास गरोस्; अनि कनानचाहिँ येपेतको कमारो होस्।”
28
जलप्रलयपछि नोआ 350 वर्ष बाँचे।
29
नोआ जम्मा 950 वर्षसम्म बाँचे; अनि तिनी मरे।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50