bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 11
Genesis 11
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 12 →
1
त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो।
2
मानिसहरू जब पूर्वतिर सर्दै गए, तिनीहरूले शिनार देशमा एउटा समथल भूमि भेट्टाए; र त्यहीँ बसोबास गर्न थाले।
3
तिनीहरूले आपसमा भने, “आओ, हामी इँटा बनाऔँ र त्यसलाई पोलेर कडा बनाऔँ।” तिनीहरूले ढुङ्गाको सट्टामा इँटा र मसलाको रूपमा अलकत्रा प्रयोग गरे।
4
त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।”
5
तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो।
6
त्यसपछि याहवेहले भन्नुभयो, “यी मानिसहरूको बोल्ने एउटै भाषा भएको कारण तिनीहरूले यो काम गर्न थालेका छन्; अब तिनीहरूले जे गर्नका निम्ति योजना बनाएका छन्, तिनीहरूका निम्ति केही पनि असम्भव हुनेछैन।
7
आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।”
8
यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे।
9
त्यसकारण त्यस सहरलाई बाबेल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
10
शेमका वंशको विवरण यही हो: जलप्रलयको दुई वर्षपछि जब शेम 100 वर्ष पुगे, तब तिनी अर्पक्षदका पिता भए।
11
अनि तिनी अर्पक्षदका पिता भएपछि, शेम 500 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।
12
जब अर्पक्षद 35 वर्ष पुगे, तिनी शेलहका पिता भए।
13
अनि तिनी शेलहका पिता भएपछि, अर्पक्षद 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।
14
जब शेलह 30 वर्ष पुगे, तिनी एबेरका पिता भए।
15
अनि तिनी एबेरका पिता भएपछि शेलह 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
16
जब एबेर 34 वर्ष पुगे, तिनी पेलेगका पिता भए।
17
अनि तिनी पेलेगका पिता भएपछि एबेर 430 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
18
जब पेलेग 30 वर्ष पुगे, तिनी रऊका पिता भए।
19
अनि तिनी रऊका पिता भएपछि, पेलेग 209 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
20
जब रऊ 32 वर्ष पुगे, तिनी सरूगका पिता भए।
21
अनि तिनी सरूगका पिता भएपछि रऊ 207 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
22
जब सरूग 30 वर्ष पुगे, तिनी नाहोरका पिता भए।
23
अनि तिनी नाहोरका पिता भएपछि सरूग 200 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
24
जब नाहोर 29 वर्ष पुगे, तिनी तेरहका पिता भए।
25
अनि तिनी तेरहका पिता भएपछि नाहोर 119 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
26
जब तेरह 70 वर्ष पुगे, तिनी अब्राम, नाहोर र हारानका पिता भए।
27
तेरहका वंशको विवरण यही हो: तेरहचाहिँ अब्राम, नाहोर र हारानका पिता भए; अनि हारान लोतका पिता भए।
28
आफ्ना पिता तेरह जीवित छँदै हारान आफू जन्मेको ठाउँ कल्दीहरूको ऊरमा मरे।
29
अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए।
30
अब साराईचाहिँ बाँझी थिइन्; अनि तिनको कुनै सन्तान थिएन।
31
तेरहले अब्राम, आफ्नो नाति हारानको छोरा लोत र आफ्नी बुहारी साराई, अर्थात् आफ्नो छोरा अब्रामकी पत्नीलाई साथमा लिए; र कनान देशमा जानका निम्ति कल्दीहरूको ऊरबाट निस्के। तर हारानमा आइपुगेपछि तिनीहरू त्यहीँ बसोबास गर्न थाले।
32
तेरह 205 वर्ष बाँचे; अनि तिनी हारानमै मरे।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50