bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Genesis 36
Genesis 36
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 37 →
1
एसाव (अर्थात् एदोम) को विवरण यही हो।
2
एसावले कनानी स्त्रीहरूबाट हित्ती एलोनकी छोरी आदा, हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा,
3
र नबायोतकी बहिनी इश्माएलकी छोरी बासमतलाई पनि आफ्नी पत्नी तुल्याए।
4
एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल,
5
अनि ओहोलीबामाले येऊश, यालाम र कोरह जन्माइन्। यिनीहरू एसावका छोराहरू थिए, जो कनानमा जन्मेका थिए।
6
एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए।
7
तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्न सकेन।
8
यसकारण एसाव (अर्थात् एदोम) सेइरको पहाडी मुलुकमा बसोबास गरे।
9
सेइरको पहाडी मुलुकमा भएका एदोमीहरूका पुर्खा एसावको विवरण यही हो।
10
एसावका छोराहरूका नाम यिनै हुन्: एसावकी पत्नी आदाका छोरा एलीपज र एसावकी पत्नी बासमतका छोरा रूएल।
11
एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज।
12
एसावका छोरा एलीपजकी एउटी उपपत्नी पनि थिइन्; जसको नाम तिम्ना थियो, जसले तिनका निम्ति अमालेकलाई जन्माइन्। यिनीहरू एसावकी पत्नी आदाका नातिहरू थिए।
13
रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
14
अनाकी छोरी र सिबोनकी नातिनी, ओहोलीबामाले एसावका निम्ति जन्माएका छोराहरू यिनै हुन्: येऊश, यालाम र कोरह।
15
एसावका सन्तानहरूमध्ये मुखियाहरूचाहिँ यिनै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: तेमान, ओमार, सपो, कनज,
16
कोरह, गाताम र अमालेक। यिनीहरू नै एदोममा भएका एलीपजका सन्तानका मुखियाहरू थिए; तिनीहरू आदाका नातिहरू थिए।
17
एसावका छोरा रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एदोममा भएका रूएलका सन्तानका मुखियाहरू थिए; तिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
18
एसावकी पत्नी ओहोलीबामाका छोराहरू: येऊश, यालाम र कोरह। यिनीहरू अनाकी छोरी ओहोलीबामा अर्थात् एसावकी पत्नीबाट आएका सन्तानका मुखियाहरू थिए।
19
यिनीहरू एसाव (अर्थात् एदोम) का छोराहरू थिए; र यिनीहरू नै तिनीहरूका मुखियाहरू थिए।
20
त्यस इलाकामा बस्ने होरीत सेइरका छोराहरू यिनै थिए: लोतान, शोबाल, सिबोन, अना,
21
दीशोन, एसेर, र दीशान। एदोम देशमा सेइरका यी छोराहरू होरीतवंशीका मुखियाहरू थिए।
22
लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
23
शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम।
24
सिबोनका छोराहरू: अय्या र अना। (यही अना हुन्, जसले आफ्ना पिता सिबोनका गधाहरू चराउँदै गर्दा जङ्गलमा तातो पानीको मूल पत्ता लाएका थिए।)
25
अनाका सन्तानहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।
26
दीशानका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
27
एसेरका छोराहरू: बिल्हान, जावान र अकान।
28
दीशानका छोराहरू: ऊज र अरान।
29
यिनीहरू होरी जातिका मुखियाहरू थिए: लोतान, शोबाल, सिबोन, अना,
30
दीशोन, एसेर र दीशान। यिनीहरू नै सेइर देशमा तिनीहरूका दलअनुसार होरी जातिका मुखियाहरू थिए।
31
कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए:
32
बओरका छोरा बेला एदोमका राजा भए। तिनको सहरको नाम दिन्हावा राखियो।
33
बेलाको मृत्युपछि, बोज्रामा बस्ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
34
योबाबको मृत्युपछि, तेमानीहरूको देशमा बस्ने हूशाम तिनको ठाउँमा राजा भए।
35
हूशामको मृत्युपछि, मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
36
हददको मृत्युपछि, मस्रेकामा बस्ने शम्ला तिनको ठाउँमा राजा भए।
37
शम्लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
38
शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
39
अक्बोरका छोरा बाल-हानानको मृत्युपछि, हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो, जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
40
तिनीहरूका वंश र क्षेत्रअनुसार एसावका सन्तानका मुखियाहरूका नाम यिनै हुन्: तिम्ना, अल्वा, यतेत,
41
ओहोलीबामा, एलाह, पीनोन,
42
कनज, तेमान, मिब्सार,
43
मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेका देशमा तिनीहरूका बसोबासअनुसार एदोमका मुखियाहरू यिनै थिए। एदोमीहरूका पुर्खा, एसावको वंशावली यही हो।
← Chapter 35
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 37 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50