bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 12
Exodus 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 13 →
1
परमप्रभुले मोशा र हारूनलाई मिश्रमा यसो भन्नुभयो,
2
“यो महिना तिमीहरूको निम्ति वर्षको पहिलो महिना हुनेछ।
3
इस्राएलका सबै मानिसहरूलाई यसो भन्— यस महिनाको दशौँ दिनमा हरेकले आ-आफ्ना परिवारअनुसार एउटा भेडा वा बाख्राको पाठो लिनुपर्नेछ।
4
उसको परिवार सानो छ र एउटा सिङ्गै पाठा खाइसक्दैन भने उसले छेउको छिमेकीसित कति जना जम्मा खानेहरू छन् र प्रत्येकले कति खान सक्छन्, हिसाब गरेर त्यो पाठो बाँडी खाए हुन्छ।
5
भेडा वा बोका जे लिए पनि हुन्छ; तर त्यो एक वर्ष पुगेको खोट नभएको पाठो हुनुपर्छ।
6
महिनाको चौधौँ दिनमा साँझको बेलामा सबै इस्राएलीहरूले ती पाठाहरू मार्नू।
7
जुन-जुन घरमा पाठोको मासु खानेछन्, तिनका ढोकाका खम्बाहरूमा र ढोका मास्तिर पाठोको रगत पोतिदिनू।
8
त्यही रात तिनीहरूले ती मासु आगोमा पोलेर तिता सागपात र खमिर नलाएको रोटीसित खाऊन्।
9
कुनै मासु काँचै वा पानीमा उसिनेर नखाओ तर सिङ्गै टाउको, खुट्टा र आन्द्रा-भुँडीहरूसमेत आगोमा पोलेर खाओ।
10
मासुको केही भाग पनि बिहानसम्म उबारी नराख्नू; तर केही उब्रियो भने त्यो आगोमा डढाइदिनू।
11
हतार-हतार त्यो खानू किनभने तिमीहरूले खुट्टामा जुत्ता लाएर अनि हातमा लौरो लिएर यात्रा गर्न कम्मर कसेर बस्नुपर्छ। यो निस्तार-चाड म परमप्रभुको आदर गर्नलाई हो।
12
“त्यस रात म मिश्रका बीचबाट भएर जानेछु र मिश्रमा भएका सबै जेठा छोराहरू र गाईवस्तुका पहिले ब्याएका बाछाहरूलाई मार्नेछु र मिश्रका सबै देवताहरूलाई दण्ड दिनेछु। म परमप्रभु हुँ।
13
ढोकाका खम्बाहरूमा पोतिएका रगत तिमीहरू बसेका घरमा चिन्ह हुनेछ। त्यो रगत देखेर म तिमीहरूलाई बचाउनेछु र मैले मिश्रीहरूलाई दण्ड दिएको बेलामा तिमीहरूमाथि केही विपत्ति पर्नेछैन।
14
त्यो दिन तिमीहरूले एउटा धार्मिक चाड मनाउनेछौ र त्यस चाडले म परमप्रभुले जे गरेको थिएँ, त्यो तिमीहरूलाई याद दिलाउनेछ। त्यो चाड तिमीहरूले सदाको निम्ति आउँदा दिनहरूमा मनाउनू।”
15
परमप्रभुले भन्नुभयो, “सात दिनसम्म तिमीहरूले बिनाखमिरको रोटी खानू। पहिलो दिनै तिमीहरूले आफ्ना घरमा भएका सबै खमिर हटाउनू किनभने कसैले ती सात दिनभित्रमा खमिर लाएको रोटी खायो भने त्यो मेरो प्रजा मानिनेछैन।
16
पहिलो र सातौँ दिनमा मलाई आराधना गर्न तिमीहरू भेला हुनेछौ। खाना बनाउन बाहेक अरू कुनै काम तिमीहरूले ती दिनमा गर्नेछैनौ।
17
तिमीहरूले यो चाड मान्ने गर किनभने यही दिनमा मैले तिम्रा कुलहरूलाई मिश्रबाट निकाली ल्याएँ। आउँदा दिनमा सदाको निम्ति तिमीहरूले यो चाड मान्नुपर्नेछ।
18
पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एकाइसौँ दिनको बेलुकीसम्म तिमीहरूले खमिरसितको रोटी नखानू।
19
[19-20] सात दिनसम्म तिमीहरू कसैका घरमा खमिर नपाइयोस्। देशमै जन्मिएको होस् वा परदेशमा जसले ती दिनभित्रमा खमिर लाएको रोटी खानेछ, त्यो मेरो प्रजा मानिनेछैन।”
21
मोशाले इस्राएलका सबै नाइकेहरूलाई बोलाएर भने, “तिमीहरू हरेकले एउटा भेडा वा बाख्राको पाठो छानेर मार्नू र तिम्रा परिवारहरूले निस्तार-चाड मनाउन सकून्।
22
हिसपको एउटा सानो स्याउलो लेओ, त्यसलाई पाठोको रगतको भाँडोमा चोब र तिम्रो घरका ढोकामा खम्बा र ढोका मास्तिर रगत पोतिदेओ। बिहानसम्म घरबाट कोही पनि बाहिर निस्कनेछैन।
23
जब परमप्रभु मिश्रीहरूलाई मार्नलाई मिश्रका बीचबाट भएर जानुहुनेछ, उहाँले तिम्रा दैलाका खम्बाहरू र चौकोसमाथि रगत देख्नुहुनेछ र मृत्युको दूतलाई तिम्रा घरमा पस्न र तिमीहरूलाई मार्न दिनुहुनेछैन।
24
तिमीहरू र तिमीहरूका सन्तानले यो नियम सदाको निम्ति मान्नुपर्नेछ।
25
परमप्रभुले तिमीहरूलाई दिन प्रतिज्ञा गर्नुभएको देशमा पसिसकेपछि पनि यो रीति तिमीहरूले मान्नुपर्नेछ।
26
तिम्रा सन्तानहरूले ‘यस विधिको अर्थ के हो?’ भनी सोधे भने
27
तिमीहरूको उत्तर यो हुनेछ, ‘यो परमप्रभुलाई आदर गरेर मनाएको निस्तार-चाड हो किनभने उहाँले मिश्रमा भएका इस्राएलीहरूका घरहरूलाई बचाउनुभएको थियो। उहाँले मिश्रीहरूलाई मार्नुभयो तर हामी इस्राएलीहरूलाई बचाउनुभएको थियो।” इस्राएलीहरूले घुँडा टेकेर उहाँलाई आराधना गरे।
28
तब तिनीहरू गए र परमप्रभुले मोशा र हारूनलाई दिनुभएको आज्ञाअनुसार सबै कुरा गरे।
29
मध्यरातमा परमप्रभुले मिश्रका सबै जेठा छोराहरूलाई मार्नुभयो, सिंहासनको उत्तराधिकारी हुने राजकुमारदेखि लिएर झ्यालखानमा परेका कैदीका जेठा छोरासम्म सबैलाई मार्नुभयो।
30
गाई-वस्तुका पहिले जन्मेका बाछाहरू पनि मारिए। त्यो रात राजा, तिनका भारदारहरू र अरू सबै मिश्रीहरू जागा बसे। मिश्रदेशमा चर्को सोरमा ठूलो रुवावासी चल्यो किनभने त्यहाँ जेठो छोरो नमरेको कुनै परिवार नै थिएन।
31
त्यो रात राजाले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “तिमी र तिम्रा इस्राएलीहरू निस्की जाओ। मेरो देश छोडेर गइहाल अनि तिमीहरूले भनेअनुसार आफ्ना परमप्रभुलाई भक्ति गर।
32
तिम्रा भेडा-बाख्रा, गाई-गोरु लिएर गइहाल। मलाई आशिष् हुनलाई प्रार्थना गरिदेओ।”
33
मिश्रीहरूले पनि इस्राएलीहरूलाई चाँडो देश छोडेर जान जोड गरे। तिनीहरूले भने, “तिमीहरू गएनौ भने हामीहरू सबै मर्ने रहेछौं।”
34
यसकारण इस्राएलीहरूले रोटी पकाउने भाँडाहरूमा खमिर नलगाई मुछेको पिठो हाले र लुगामा बाँधेर काँधमा बोके।
35
इस्राएलीहरूले मोशाले भनेअनुसार गरेका थिए, तिनीहरूले मिश्रीहरूबाट सुन र चाँदीका गरगहना र लुगाफाटो मागे।
36
परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूको आदर गर्न तिनीहरूले मागेका कुरा दिन लाउनुभयो। यसरी इस्राएलीहरूले मिश्रीहरूका धन-सम्पत्ति लिएर गए।
37
इस्राएलीहरू रामसेसबाट सुक्कोततिर हिँडे। स्त्री र बच्चाहरू बाहेक प्राय: छ लाख पुरुषहरू थिए।
38
ती बाहेक अरू धेरैजना मानिसहरू अनि भेडा-बाख्रा र गाई-गोरुहरू पनि तिनीहरूसित गए।
39
मिश्रबाट लिई आएको मुछेको पिठोले तिनीहरूले अखमिरी रोटी बनाए किनभने तिनीहरूले मिश्र अचानक छोडेका थिए र खाना तयार गर्न वा खमिरे रोटी बनाउन पनि भ्याएका थिएनन्।
40
इस्राएलीहरूले मिश्रमा ४३० वर्षसम्म बसोबास गरेका थिए।
41
परमप्रभुका प्रजाका सबै कुलहरू ४३० वर्ष बितेकै दिनमा मिश्रबाट निस्के।
42
परमप्रभुले तिनीहरूलाई मिश्रदेखि निकाली ल्याउन रातभरि रखवाली गर्नुभएको थियो। त्यो विशेष रात परमप्रभुलाई सदाकालको निम्ति अर्पण गरिएको रात हो, अनि इस्राएलीहरूले जागा रहेर सधैँ मनाउनुपर्नेछ।
43
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “निस्तार-चाडका नियमहरू यी हुन्— कुनै विदेशीले निस्तार-चाडको भोजन नखाओस्;
44
तर तिमीहरूले ल्याएका कमारालाई तिमीहरूले खतना गरेका छौ भने त्यसले खाओस्।
45
ज्याला लिएर काम गर्ने अनि थोरै दिनको निम्ति बास गर्ने मानिसहरूले त्यो नखाऊन्।
46
जुन घरमा भोजन तयार गरिएको छ, त्यहीँ त्यो सबै खाइसिध्याउनुपर्नेछ। त्यसलाई घरदेखि बाहिर ननिकाल्नू। त्यो भोजको निम्ति मारिएको पशुको हड्डी भाँच्नुहुँदैन।
47
सम्पूर्ण इस्राएली समुदायले यो चाड मनाउनुपर्नेछ।
48
तर खतना नगरिएको कुनै मानिसले त्यो खानुहुँदैन। तिमीहरूका माझमा बस्ने कुनै विदेशीले निस्तार-चाड मानेर परमप्रभुलाई आदर गर्न चाहन्छ भने पहिले तिमीहरूले उसको घरानाका सबै पुरुषहरूको खतना गराउनू। त्यसपछि उसलाई स्वदेशमै जन्मेको इस्राएली ठान्नू र चाड मनाउन दिनू।
49
स्वदेशमा जन्मेका इस्राएलीहरूले र तिमीहरूका बीचमा बास गर्ने विदेशीहरूले एउटै नियम मान्नुपर्छ।”
50
सबै इस्राएलीहरूले आज्ञा पालन गरे र परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएअनुसार गरे।
51
त्यही दिन परमप्रभुले सबै इस्राएली कुलहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
Recommended Reading
Commentary
Exodus Commentaries
→
Devotional
Exodus Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→