bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 33
Exodus 33
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 34 →
1
परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले र मिश्रदेशदेखि ल्याएका मानिसहरूले यो ठाउँ छोड्न र मैले अब्राहाम, इसहाक, याकूब र तिनका सन्तानलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा जानू।
2
म तिमीहरूको अगुवाइ गर्न एउटा स्वर्गदूत पठाइदिनेछु र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनेछु।
3
तिमीहरू एउटा धनी र मलिलो देशमा जाँदै छौ। म आफैंचाहिँ तिमीहरूसित जानेछैनँ किनभने तिमीहरू हठी छौ र बाटोमा म तिमीहरूलाई नाश पार्न सक्छु।”
4
यो कुरा सुनेर मानिसहरू विलाप गर्न थाले र तिनीहरूले गरगहना लाउन छोडे।
5
तिनीहरूलाई यसो भन्न परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो, “तिमीहरू हठी मानिस छौ। म तिमीहरूसित एकै दिन मात्र हिँडे भने पनि म तिमीहरूलाई पूरा नाश पार्नेछु। अब तिमीहरूले आफ्ना गरगहना खोल र तिमीहरूलाई के गर्नुपर्ने हो, सो म निश्चय गर्नेछु।”
6
यसरी इस्राएलका मानिसहरूले सीनै पर्वत छोडेपछि गरगहना लाएनन्।
7
जहिलेजहिले इस्राएलका मानिसहरूले पाल टाँगेर डेरा बनाउँथे, मोशाले पालदेखि केही टाढासम्म पवित्र पाल लगेर राख्थे। त्यसलाई परमप्रभुको पवित्र पाल भनिन्थ्यो र त्यहाँ परमप्रभुको राय लिन चाहने मानिस जानेगर्थ्यो।
8
जहिलेजहिले मोशा त्यहाँ जान्थे, मानिसहरू आ-आफ्ना तम्बुको ढोकानिर उभिएर मोशा पवित्र पालभित्र नपसेसम्म तिनलाई हेरिरहन्थे।
9
मोशा भित्र पसेपछि बादलको खम्बा उभिएर पवित्र पालको ढोकामा खडा रहन्थ्यो र बादलको बीचबाट परमप्रभुले मोशासित कुरा गर्नुहुन्थ्यो।
10
मानिसहरूले बादलका खम्बालाई पालको ढोकामा देख्नेबित्तिकै शिर निहुराएर ढोग्थे।
11
जसरी मानिसले आफ्नो साथीसित कुरा गर्छ, त्यसरी परमप्रभु मोशासित मुखामुख कुरा गर्नुहुन्थ्यो। त्यसपछि मोशा पालमा फर्कन्थे। तर तिनलाई मद्दत गर्ने युवा नुनको छोरो यहोशूचाहिँ त्यहीँ पवित्र पालमा बस्थे।
12
मोशाले परमप्रभुलाई भने, “तपाईंले यी मानिसहरूलाई त्यस देशमा डोर्याई लैजान मलाई भन्नुभएको साँचो हो, तर मसँग क-कसलाई पठाउनुहुनेछ त्यो त भन्नुभएन। तपाईंले भन्नुभयो कि तपाईंले मलाई चिन्नुहुन्छ र मसँग प्रसन्न हुनुहुन्छ।
13
त्यसो हो भने मलाई आफ्नो इच्छा भन्नुहोस् र म तपाईंको सेवा गरेर तपाईंलाई प्रसन्न तुल्याइरहूँ। तपाईंले यस जातिलाई आफ्नै प्रजा सम्झनुहोस्।”
14
परमप्रभुले भन्नुभयो, “म तँसित जानेछु र तँलाई विजय दिनेछु।”
15
मोशाले उत्तर दिए, “तपाईं हामीसित जानुहुन्न भने हामीलाई यस ठाउँ छोड्न नलाउनुहोस्।
16
तपाईं हामीसित जानुहुन्न भने कसरी तपाईं आफ्ना प्रजा र मसित प्रसन्न हुनुहुन्छ भन्ने कुरा मानिसहरूले थाहा पाउनेछन्?
17
परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले भनेझैँ म गर्नेछु किनभने म तँलाई राम्ररी चिन्छु र तँसित प्रसन्न छु।”
18
मोशाले बिन्ती गरे, “कृपा गरी मलाई तपाईंको उपस्थितिको चम्किलो ज्योति देखाउनुहोस्।”
19
परमप्रभुले उत्तर दिनुभयो, “म मेरो सारा गौरव तेरो सामुबाट पार गराउनेछु र तेरो अघि आफ्नो पवित्र नाम उच्चारण गर्नेछु। म परमप्रभु हुँ र मैले चुनेकाहरूलाई म आफ्नो करुणा र दया देखाउँछु।
20
म तँलाई मेरो अनुहार हेर्न दिनेछैनँ किनभने कोही पनि मेरो मुहार हेरेपछि जिउँदो रहन सक्दैन।
21
तर यहाँ मेरो छेउमा एउटा स्थान छ, यही स्थानको चट्टानमाथि तँ खडा हो।
22
मेरो उपस्थितिको चम्किलो ज्योति जब पार हुनेछ, तब म तँलाई चट्टानको एउटा धाँदोमा राख्नेछु र म पार नभएसम्म मेरो बाहुलीले तँलाई छोपिराख्नेछु।
23
तब म मेरो बाहुली हटाउनेछु र तैँले मेरो पिठ्युँ देख्नेछस्, मुहारचाहिँ देख्नेछैनस्।”
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 34 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40