bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 3
Exodus 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 4 →
1
एक दिन मोशाले आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडाबाख्रा चराइरहेका थिए। उनले पशुका बथानलाई मरुभूमि पार गराएर पवित्र पर्वत सीनैमा पुर्याए।
2
त्यहाँ परमप्रभुका दूत एउटा पोथ्राको बीचमा जलिरहेको ज्वालाको रूपमा उनको अघि प्रकट भए। मोशाले देखे कि पोथ्रा जलिरहेको थियो; तर भस्म भएको थिएन।
3
“यो त उदेकको कुरा हो, पोथ्राचाहिँ किन भस्म हुँदैन? म छेउमै गएर हेर्नुपर्यो,” उनले मनमा भने।
4
मोशालाई नजिक आएको देखेर पोथ्राको बीचबाट परमप्रभुले उनलाई बोलाउनुभयो, “मोशा! ए मोशा!!” मोशाले उत्तर दिए, “हजुर, म यहाँ छु।”
5
परमेश्वरले भन्नुभयो, “छेउमा नआइज। तेरो खुट्टामा भएको जुत्ता फुकाल् किनभने तँ पवित्र भूमिमा उभिएको छस्।
6
म तेरा पुर्खाहरूका परमेश्वर हुँ, अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ।” मोशाले आफ्नो अनुहार छोपे किनभने उनी परमेश्वरलाई हेर्न डराए।
7
परमप्रभुले भन्नुभयो, “मिश्रमा मेरा प्रजालाई कति निष्ठुरतासित सताइँदै छ, मैले देखेको छु। निष्ठुरी नाइकेहरूका हातदेखि छुटकारा पाउन तिनीहरूले गरेको पुकार मैले सुनेको छु। तिनीहरूका दु:ख र पीडा म सबै जान्दछु।
8
यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट बचाउन र मिश्रदेशबाट निकाली एउटा फराकिलो देशमा पुर्याउन म आएको छु। त्यो देश धनी र मलिलो छ, त्यहाँ अहिले कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू बसेका छन्।
9
मैले साँच्चै आफ्ना प्रजाको पुकार सुनेको छु र मिश्रीहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो देखेको छु।
10
अब म तँलाई मिश्रदेशको राजाकहाँ पठाउँदै छु र तैँले मेरा प्रजालाई त्यसको देशदेखि डोर्याएर निकाली ल्याउनेछस्।”
11
तर मोशाले परमेश्वरलाई भने, “म को हुँ र? म कसरी राजाकहाँ गएर इस्राएलीहरूलाई निकाली ल्याउन सक्छु?”
12
परमेश्वरले उत्तर दिनुभयो, “म तँसित रहनेछु र जब तैँले इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्याउनेछस्, तिमीहरूले मलाई यस पर्वतमा पुज्नेछौ। मैले तँलाई पठाएको हो भन्ने प्रमाण यही नै हुनेछ।”
13
तर मोशाले उत्तर दिए, “जब म इस्राएलीहरूकहाँ गएर ‘तिमीहरूका पुर्खाहरूका परमेश्वरले मलाई पठाउनुभएको हो’ भनुँला, तब ‘उहाँको नाम के हो’ भनी तिनीहरूले मलाई सोधे भने मैले के भन्नु?”
14
परमेश्वरले भन्नुभयो, “म जो हुँ, उही हुँ। तैँले तिनीहरूलाई भन्नू, ‘म हुँ भन्नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’
15
इस्राएलीहरूलाई भन् कि म परमप्रभु तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई तिनीहरूकहाँ पठाएको हुँ। सधैँको निम्ति मेरो नाम ‘म हुँ’ हो। भविष्यका पुस्ता-पुस्ताले मलाई त्यही नामले पुकार्नेछन्।
16
गएर इस्राएलका नाइकेहरूलाई एक साथ भेला गरेर तिनीहरूलाई भन् कि म परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वर, अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई दर्शन दिएको हुँ। तिनीहरूलाई भन्, म तिनीहरूका माझमा आएको छु र मिश्रीहरूले तिनीहरूलाई के गर्दै छन् ती सबै मैले देखेको छु।
17
मैले यो पक्का गरिसकेको छु कि म तिनीहरूलाई सताइएको मिश्रदेशदेखि तिनीहरूलाई निकाली लैजानेछु र एउटा धनी र मलिलो भूमि भएको देशमा पुर्याउनेछु। त्यस देश कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो।
18
“मेरा प्रजाले तैँले भनेको कुरा सुन्नेछन्। त्यसपछि तँ इस्राएलका नाइकेहरूलाई लिएर मिश्रको राजाकहाँ जानुपर्छ, तैँले राजालाई भन्नू, ‘हिब्रूहरूका परमेश्वर परमप्रभुले हामीलाई दर्शन दिनुभएको छ। अब हामीलाई एकलास स्थानमा तीन दिन यात्रा गर्न दिनुहोस्। हामी त्यहाँ गएर आफ्ना परमेश्वर परमप्रभुकहाँ बलि चढाउनेछौं।’
19
म जान्दछु कि मिश्रको राजाले करमा नपरुञ्जेल तिमीहरूलाई जान दिनेछैन।
20
तर म मेरो शक्ति चलाउनेछु र मिश्रमा डरलाग्दा कामहरू गरेर तिनीहरूलाई दण्ड दिनेछु। त्यसपछि उसले तिमीहरूलाई जान दिनेछ।
21
“म मिश्रीहरूलाई तिमीहरूको आदर गर्न लाउनेछु र मेरा प्रजा त्यहाँबाट बिदा हुँदा रित्तै हात निस्कनेछैनन्।
22
हरेक इस्राएली स्त्रीले आफ्ना छिमेकका मिश्री स्त्रीकहाँ गएर लुगाफाटा अनि सुन र चाँदीका गहनाहरू माग्नेछन्। ती कुराहरू तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई लगाइदिनेछन् र त्यसरी मिश्रका धन-सम्पत्ति लिएर जानेछन्।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40