bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 26
Exodus 26
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 27 →
1
“म बास गर्ने पवित्र पालको भित्रपट्टि दश टुक्रा मिहीन कपडाका पर्दा लाउनू। ती टुक्राहरू नीलो, बैजनी र रातो रङ्गको उनले बुनेर जोर्नू र तिनमा पखेटा भएका करूबहरूका रूप बनाएर फूल-बुट्टा भर्नू।
2
प्रत्येक टुक्रा एकै नापको, बाह्र मिटर लामो र दुई मिटर चौडा भएको बनाउनू।
3
त्यस्ता पाँच-पाँचवटा टुक्रा जोरेर दुईवटा ठूला-ठूला टुक्राहरू बनाउनू।
4
दुवै गाँसिएका पर्दाको बाहिरपट्टि पर्ने टुक्राका किनारामा नीलो कपडाका सुर्काउनी घरहरू बनाएर लाउनू।
5
पहिलो गाँसिएको पर्दाको पहिलो टुक्रा र दोस्रो पर्दाको आखिरी टुक्रा दुवै टुक्राका किनारामा पचास-पचासवटा सुर्काउनी घरहरू एकै प्रकारले बनाउनू।
6
दुवै पर्दालाई एक गरी जोर्नलाई पचासवटा सुनका अङ्कुसेहरू बनाउनू।
7
“पवित्र पाललाई ढाक्नको लागि बाख्राका भुत्लाले बनेका लुगाका एघार वटा टुक्राहरू जोरेर एउटा पर्दा बनाउनू।
8
ती टुक्राहरू एकै नापको तेह्र मिटर लामो र दुई मिटर चौडा भएको बनाउनू।
9
त्यस्ता पाँच टुक्रा जोरेर एउटा र अरू छ टुक्रा जोरेर अर्को, जम्मा दुई ठूला-ठूला पर्दाहरू बनाउनू। छैटौँ टुक्रालाई पालको अघिल्तिर गरेर लाउनू।
10
दुवै गाँसिएका पर्दाको आखिरी टुक्राहरूका किनारा-किनारामा पचास-पचासवटा सुर्काउनी घरहरू लाउनू।
11
दुवै पर्दालाई एक गरी जोर्न पचासवटा काँसाका अङ्कुसेहरू बनाउनू।
12
बाँकी रहेको आधा टुक्राचाहिँ पालको पछिल्तिर झुन्ड्याउनू।
13
पवित्र पाल ढाकेर लम्बाइबाट बाँकी रहेका पर्दाका आधा-आधा मिटर कपडाचाहिँ पालको दुई छेउमा झुन्डिएर रहोस्।
14
“अझ दुईवटा बाहिरी ढाक्ने पर्दाहरू बनाउनू। ती पर्दाहरू एउटा रातो रङ्ग लाएको भेडाका छालाको र अर्को नरम छालाको बनाउनू।
15
“पालको लागि बबुल काठको फल्याक बनाउनू।
16
प्रत्येक फल्याक चार मिटर लामो र ६६ सेन्टिमिटर चौडा हुनुपर्छ र
17
ती जोर्नलाई एउटा अर्कोमा मिल्ने गरी चोसोहरू र चुल राखिएको हुनुपर्छ।
18
दक्षिणपट्टिको लागि बीसवटा फल्याकहरू बनाउनू,
19
अनि ती फल्याकका मुन्तिर एउटाको मुनि दुईवटा गरी चालीस वटा चाँदीका आसन बसाल्नू। प्रत्येक फल्याकमुनिका चाँदीका आसनहरूमा काठबाट निस्केका चोसोहरू राखिनेछन्।
20
पालको उत्तरपट्टि पनि बीसवटा फल्याकहरू बनाउनू र
21
हरेकको मुनि दुईवटा गरेर चालीस वटा चाँदीका आसनहरू बसाल्नू।
22
पालको पश्चिमपट्टि पछिल्लो भागमा छ वटा फल्याक लगाउनू र
23
कुना-कुनामा दुईवटा फल्याक राख्नू।
24
ती कुनाका फल्याकहरू मुन्तिर जोर्नू र माथि टुप्पासम्म गाँस्नू। दुई कुनाका फल्याकहरू त्यस प्रकारले बनिनुपर्छ।
25
यसरी पछिल्लोपट्टि आठवटा फल्याकहरू एउटाको मुनि दुईवटा गरेर सोह्रवटा चाँदीका आसनहरूमाथि राखिनेछन्।
26
“बबुल काठका पन्ध्रवटा तेर्सा बारहरू बनाउनू। पालको एकापट्टि पाँचवटा बारहरू,
27
अर्कोपट्टि पाँचवटा र पश्चिमपट्टि पछिल्तिर पाँचवटा बारहरू रहनेछन्।
28
माझको तेर्सो बार फल्याकका बीचमा पालको एक छेउदेखि अर्को छेउसम्म वारपार रहनेछ।
29
फल्याकहरू सबै सुनले मोहोर्नू र तेर्सा बार छिराउन सुनका मुन्द्राहरू लगाउनू। तेर्सा बारहरू पनि सुनले मोहोर्नुपर्नेछ।
30
पर्वतमा मैले तँलाई देखाएको ढाँचाअनुसार पवित्र पाल खडा गर्नू।
31
“नीलो, बैजनी र रातो धागोले बुनी जोरेको एउटा मिहिन सुती कपडाको पर्दा बनाउनू। त्यसमा पखेटा भएका करूबका रूपहरू बनाएर फूल-बुट्टा भर्नू।
32
बबुल काठले बनेका सुनले मोहोरिएका अङ्कुसेहरू लागेका र चाँदीका चारवटा आसनहरूमा खडा राखिएका चारवटा खम्बाहरूमा त्यो पर्दा झुन्ड्याउनू।
33
पालका धुरीमा लगाएका अङ्कुसेहरूमुनि पर्दा टाँग्नू र पर्दाका पछिल्तिर ढुङ्गाका दुईवटा पाटीहरू राखेका करारको सन्दुक राख्नू। पर्दाले पालका पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गरिराख्नेछ।
34
करारको सन्दुकमाथि प्रायश्चितको ढकना लगाउनू।
35
महा-पवित्रस्थानको बाहिरपट्टि पालको उत्तरपट्टि टेबिल राख्नू र दक्षिणपट्टि सामदान राख्नू।
36
“पालको ढोकाको निम्ति नीलो, बैजनी र रातो धागोले बुनी जोरेको र फूल-बुट्टा भरेको एउटा मिहिन सुती कपडाको पर्दा बनाउनू।
37
त्यस पर्दाको निम्ति सुनले मोहोरेका र सुनका अङ्कुसेहरू लागेका बबुल काठका पाँचवटा खम्बाहरू बनाउनू। ती खम्बाहरूका निम्ति काँसाका पाँचवटा आसनहरू बनाउनू।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40