bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 4
Exodus 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 5 →
1
तब मोशाले परमप्रभुलाई उत्तर दिए, “तर यदि इस्राएलीहरूले मलाई विश्वास गरेनन् र मेरा कुरा सुनेनन् अनि तपाईंले मलाई दर्शन दिनुभएको कुरा हुँदै होइन भनी तिनीहरूले भनेमा मैले के गर्नु?”
2
परमप्रभुले सोध्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।”
3
परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।” मोशाले लट्ठी भूइँमा फ्याँके अनि त्यो साँप भयो र मोशा डरले भागे।
4
तब परमप्रभुले मोशालाई भन्नुभयो, “घोप्टेर त्यसको पुच्छर समातेर उठा।” मोशाले त्यसै गरे र त्यो हातमा लट्ठी नै भइगयो।
5
परमप्रभुले भन्नुभयो, “यसो गरेर तैँले इस्राएलीहरूलाई परमप्रभु तिनीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई दर्शन दिनुभएको हो भनेर प्रमाण दिनेछस्।”
6
परमप्रभुले फेरि मोशालाई भन्नुभयो, “तेरो हात खास्टोभित्र हाल्।” मोशाले त्यसै गरे र हात बाहिर निकाल्दा त्यो रोग लागेर हिउँजस्तै सेतो थोप्लैथोप्ला भएको थियो।
7
तब परमप्रभुले भन्नुभयो, “तेरो हात फेरि खास्टोभित्र हाल्।” मोशाले त्यसै गरे र फेरि हात बाहिर निकाल्दा त्यो आफ्नो शरीरको अरू भागजस्तै राम्रो भएको थियो।
8
परमप्रभुले भन्नुभयो, “तिनीहरूले तँलाई विश्वास गरेनन् भने र त्यो पहिलो चिन्ह पत्याएनन् भने यो चिन्हले गर्दा तिनीहरूले पत्यार गर्नेछन्।
9
कतै यी दुई चिन्हहरू देखेर पनि तिनीहरूले पत्यार गरेनन् र तेरा कुरा मानेनन् भने नील नदीबाट अलिकता पानी लिएर जमिनमा पोखाई दिनू, त्यो पानी रगत बनिनेछ।”
10
तर मोशाले भने, “परमप्रभु मलाई नपठाउनुहोस्। म राम्ररी बोल्न सक्दिनँ। तपाईंको वचन सुनेर पनि म राम्ररी बोल्न सक्ने भएको छैनँ। म ढिलो अनि अड्की-अड्की मात्र बोल्न सक्छु।”
11
परमप्रभुले उनलाई भन्नुभयो, “मानिसलाई कसले बोल्ने मुख दिन्छ? उसलाई कसले गुँगो वा बहिरो बनाउँछ? कसले उसलाई आँखा दिन्छ वा अन्धो बनाउँछ? यी सबै गर्ने म परमप्रभु नै हुँ।
12
अब जा, म तँलाई बोल्न सघाउनेछु। के भन्नुपर्छ, म तँलाई सिकाउनेछु।”
13
तर मोशाले उत्तर दिए, “होइन, परमप्रभु, अरू कसैलाई पठाउनुहोस्।”
14
यसमा परमप्रभु मोशासित रिसाउनुभयो र भन्नुभयो, “तेरो दाजु लेवी हारूनको बारेमा कसो भन्छस्? म जान्दछु, त्यो राम्ररी बोल्न सक्छ। वास्तवमा त्यो अहिले तँलाई भेट्न आउँदै छ र तँलाई देखेर खुसी हुनेछ।
15
त्योसँग कुरा गर् र के भन्नुपर्छ, त्यसलाई भन्। तिमीहरू दुवैलाई म बोल्न सघाउनेछु र के गर्नुपर्छ, त्यो सिकाउनेछु।
16
तेरो लागि त्यो बोल्ने मुखपात्र भएर मानिसहरूसित कुरा गर्नेछ। तैँले चाहिँ परमेश्वरजस्तो भएर त्यसले के भन्नुपर्छ, सो त्यसलाई भनिदिनू।
17
यो लट्ठी तँसित लिएर जा, तैँले यसबाट अचम्मका कामहरू गर्नेछस्।”
18
मोशा आफ्ना ससुरा यित्रोकहाँ फर्केर गए र भने, “कृपा गरी मलाई मिश्रमा आफ्ना भाइ-बन्धुकहाँ जान दिनुहोस्, तिनीहरू जिउँदै छन् कि कसो हुँदै छ हेर्न जानुपर्यो।” यित्रो राजी भए र मोशालाई बिदा गरिदिए।
19
मोशा मिद्यानमा छँदै परमप्रभुले उनलाई भन्नुभयो, “मिश्रमा फर्की जा। तँलाई मार्न खोज्नेहरू सबै मरिसके।”
20
यसैले मोशाले आफ्ना स्वास्नी र छोराहरूलाई गधामा चढाए र परमेश्वरले उनलाई लिन भन्नुभएको लट्ठी हातमा लिए र मिश्रतर्फ लागे।
21
परमप्रभुले फेरि मोशालाई भन्नुभयो, “अब तँ मिश्रमा फर्केर जाँदै छस्। मैले तँलाई जुन-जुन आश्चर्यकर्महरू गर्न शक्ति दिएको छु, ती सबै राजाका अघि गर्न याद राख्। तर म राजालाई ढिट बनाउनेछु र उसले इस्राएलीहरूलाई जान दिनेछैन।
22
तब तैँले राजालाई यसो भन्नू, ‘म परमप्रभु यसो भन्दछु कि इस्राएल मेरो जेठो छोरो हो।
23
मेरो छोरालाई जान दे र त्यसले मलाई पुज्नेछ भनी तँलाई मैले भनेको थिएँ तर तैँले मानिनस्। अब म तेरो जेठो छोरालाई मार्नेछु।”
24
बाटोमा बास बसेको ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो र तिनलाई मार्ने चेष्टा गर्नुभयो।
25
[25-26] तब तिनकी स्वास्नी सिप्पोराले एउटा धारिलो ढुङ्गा टिपिन् र आफ्नो छोराको खलडी च्वाट्टै काटेर त्यसले मोशाको खुट्टा छोइन्। यसरी खतना गरेर तिनले भनिन्, “तपाईं मेरो रगतको लोग्ने हुनुभयो।” यसकारण परमप्रभुले मोशाको ज्यान छोडिदिनुभयो।
27
त्यही बीचमा परमप्रभुले हारूनलाई भन्नुभएको थियो, “उजाड-स्थान गएर मोशासँग भेट्।” यसरी हारून मोशालाई भेट्न पवित्र पर्वतमा गए र उनलाई भेटेर म्वाइँ खाए।
28
तब परमप्रभुले आफूलाई मिश्रमा जाने आज्ञा गर्दा भन्नुभएका सबै कुराहरू मोशाले हारूनलाई सुनाए। कुन-कुन आश्चर्यका कामहरू परमप्रभुले उनलाई गर्न भन्नुभएको थियो, ती पनि मोशाले उनलाई सुनाए।
29
तब मोशा र हारून मिश्रमा गए र सबै इस्राएली मुखियाहरूलाई भेला गरे।
30
परमप्रभुले मोशालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई सुनाए। मोशाले सबै इस्राएलीहरूका अघि सबै आश्चर्यकर्महरू गरेर देखाए।
31
तिनीहरूले भनेका कुरा इस्राएलीहरूले विश्वास गरे र जब परमप्रभु हाम्रा माझमा आउनुभएको छ र हामीलाई कस्तो अत्याचार हुँदै छ, त्यो देख्नुभएको छ भनी तिनीहरूले सुने, तब तिनीहरूले शिर निहुराएर परमप्रभुलाई दण्डवत् गरे र उहाँलाई आराधना गरे।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40