bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 15
Exodus 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 16 →
1
तब मोशा र इस्राएलीहरूले परमप्रभुको स्तुति गर्दै यो गीत गाए— “म परमप्रभुको स्तुति गाउनेछु किनभने उहाँले गौरवपूर्ण विजय गर्नुभएको छ; उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ।
2
परमप्रभु मेरा बलिया रक्षक हुनुहुन्छ; मलाई बचाउने उहाँ नै हुनुहुन्छ। उहाँ मेरो परमेश्वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरा पिताका परमेश्वर हुनुहुन्छ, म उहाँका महान्ताबारे स्तुति गाउनेछु।
3
परमप्रभु योद्धा हुनुहुन्छ, उहाँको नाम परमप्रभु हो।
4
मिश्रका सेना र रथहरूलाई उहाँले समुद्रमा फालिदिनुभयो; त्यसका सबैभन्दा असल अधिकृतहरू लाल समुद्रमा डुबे।
5
गहिरो समुद्रले तिनीहरूलाई छोपिहाल्यो, र तिनीहरू ढुङ्गाझैँ समुद्रमुनि डुबिगए।
6
हे परमप्रभु, तपाईंको दाहिने हातमा डरलाग्दो शक्ति छ; त्यसले शत्रुहरूलाई चकनाचुर पार्दछ।
7
आफ्नो गौरवपूर्ण विजयले तपाईंले शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको रिस आगोझैँ बल्दछ र तिनीहरूलाई परालझैँ भस्म पार्दछ।
8
तपाईंले समुद्रलाई फुक्नुभयो र पानीको अग्लो रास लाग्यो; त्यो पर्खालजस्तो भएर खडा भयो; समुद्रको गहिरो भाग कडा भएर जम्यो।
9
शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेदेर पक्रनेछु; म तिनीहरूको धन-सम्पत्ति बाँडचुँड गरी लिनेछु; म मेरो तरवार थुती निकालेर तिनीहरूका सबै थोक लिनेछु।’
10
तर परमप्रभु, तपाईंले एकपल्ट फुकिदिनुभयो र मिश्रीहरू डुबिगए; डरलाग्दो पानीमा तिनीहरू सिसाझैँ डुबिगए।
11
“परमप्रभु, देवताहरूमध्ये तपाईंझैँ को होला? पवित्रतामा तपाईंझैँ अचम्मको को होला? कसले तपाईंले झैँ उदेकको र शक्तिको काम गर्न सक्ला?
12
तपाईंले दाहिने हात पसार्नुभयो र पृथ्वीले हाम्रा सबै शत्रुहरूलाई निलिहाल्यो।
13
आफ्नो प्रतिज्ञामा विश्वासयोग्य रहनुभएर आफूले बचाउनुभएको प्रजालाई तपाईंले अगुवाइ गर्नुभयो, तिनीहरूलाई तपाईंले आफ्नो शक्तिले तपाईंको पवित्र देशमा डोर्याउनुभयो।
14
जाति-जातिले सुनेका छन् र तिनीहरू डरले काँप्दछन्, पलिश्तीहरू भयभीत भएका छन्।
15
एदोमका अगुवाहरू डरले अति आत्तिएका छन्; मोआबका बलिया मानिसहरू थरथरी काँप्दै छन्; कनानबासीहरूले साहस हराएका छन्।
16
तिनीहरूमा डर र भयले छाएको छ। हे परमप्रभु! तिनीहरूले तपाईंको शक्तिलाई देख्दछन्, तपाईंले दासत्वदेखि छुटाउनुभएका, तपाईंका प्रजाहरू हिँडेर पार नभएसम्म तिनीहरू डरले असहाय भएर उभिरहन्छन्।
17
तपाईंले तिनीहरूलाई ल्याएर आफ्नो पर्वतमा बसाल्नुहुन्छ, त्यो ठाउँ तपाईं परमप्रभुले आफ्नो बासस्थानको निम्ति चुन्नुभएको छ, त्यो पवित्रस्थान, जसलाई तपाईंको आफ्नै हातले बनाउनुभएको छ।
18
परमप्रभु, तपाईं सदासर्वदा राजा भइरहनुहुन्छ।”
19
इस्राएलीहरू समुद्रको बीच ओबानो भूमिमाथि भएर गए। तर जब मिश्रीहरू, आफ्ना रथ, घोडा र सवारहरूसित समुद्रमा पसे, परमप्रभुले पानी फर्काउनुभयो र तिनीहरू पानीमा डुबे।
20
हारूनकी दिदी ईश्वरवाणी बोल्ने मिरियमले हातमा खैँजडी लिइन् र अरू स्त्रीहरू नाच्दै, खैँजडी बजाउँदै तिनको पछिपछि लागे।
21
मिरियमले यसरी गाइन्— “परमप्रभुलाई स्तुति गान गर किनभने उहाँले एउटा गौरवपूर्ण विजय गर्नुभएको छ; उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ।”
22
तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याइ लगे। तीन दिनसम्म तिनीहरू मरुभूमिको बीचबाट गए र पिउने पानी पाएनन्।
23
तब तिनीहरू मारा भनिने ठाउँमा पुगे तर त्यहाँको पानी यति तितो थियो कि तिनीहरू कसैले पनि पिउन सकेनन्। त्यसैकारण त्यसको नाम मारा राखिएको थियो।
24
मानिसहरू मोशासित गनगनाउन थाले र भने, “अब हामी के पिउने?”
25
मोशाले परमप्रभुलाई हृदयदेखि प्रार्थना गरे अनि परमप्रभुले उनलाई एउटा दाउराको टुक्रा देखाइदिनुभयो। मोशाले त्यो दाउराको टुक्रा पानीमा हालिदिए र त्यो पानी पिउन लायकको भयो। त्यही ठाउँमा परमप्रभुले तिनीहरूलाई जिउनको निम्ति नियमहरू दिनुभयो। त्यहीँ उहाँले तिनीहरूको जाँच पनि गर्नुभयो।
26
उहाँले भन्नुभयो, “तिमीहरूले सम्पूर्ण रीतले मैले भनेका कुराहरू मान्यौ, म जे कुरा ठीक ठान्दछु, त्यो गर्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, ती कुनै पनि तिमीहरूमाथिपर्नेछैन। म तिमीहरूलाई निको पार्ने परमप्रभु हुँ।”
27
भोलिपल्ट तिनीहरू एलीममा आइपुगे, त्यहाँ बाह्रवटा पानीका मूलहरू र सत्तरीवटा खजूरका बोटहरू थिए। त्यही पानीनिर तिनीहरूले पाल टाँगे।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40