bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 18
Exodus 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 19 →
1
मोशा र आफ्ना प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्याउँदा परमेश्वरले गर्नुभएको सारा कुरा मिद्यान देशका पूजाहारी मोशाका ससुरा यित्रोले सुने।
2
यसकारण मोशाले माइत पठाएकी उनकी स्वास्नी सिप्पोरा
3
र दुई छोराहरू गेर्शोम र एलीएजरलाई लिएर यित्रो मोशाकहाँ आए। मोशाले “म परदेशमा विदेशी भएर रहें,” भने र एउटा छोराको नाम गेर्शोम राखेका थिए।
4
“मेरा पिताका परमेश्वरले मेरो सहायता गर्नुभयो र मिश्रको राजाका हातबाट मेरो प्राण बचाउनुभयो,” भनी उनले अर्को छोराको नाम एलीएजर राखे।
5
मरुभूमिमा मोशा डेरा हालेर बसेको पवित्र पर्वतको उजाड-स्थानमा यित्रोले मोशाकी स्वास्नी र दुई छोराहरू लिएर आए।
6
हामी आउँदै छौं भनी तिनले मोशालाई खबर पठाएका थिए।
7
यसकारण तिनलाई भेट्न मोशा निस्के र तिनलाई ढोगे र म्वाइँ खाए। तिनीहरूले एक-अर्काको भलो-कुशलबारे खोज-खबर लिए र मोशाको पालमा आए।
8
इस्राएलीहरूलाई छुटकारा दिनलाई परमप्रभुले मिश्रको राजा र प्रजासँग गर्नुभएको सारा काम मोशाले यित्रोलाई सुनाए। बाटामा इस्राएलीहरूले पाएका दु:ख, कष्ट र तीबाट परमप्रभुले बचाउनुभएको कुरा पनि मोशाले तिनलाई भने।
9
ती सबै सुनेर यित्रो प्रसन्न भए
10
[10-11] र भने, “परमप्रभुको प्रशंसा होस्, जसले तिमीहरूलाई मिश्रका राजा र प्रजाका हातबाट बचाउनुभयो। परमप्रभुको प्रशंसा होस्, जसले आफ्नो प्रजालाई दासत्वबाट छुटकारा दिनुभयो। परमप्रभु अरू सबै देवताहरूभन्दा महान् हुनुहुन्छ भनी अब मैले थाहा पाएँ किनभने मिश्रीहरूले इस्राएलीहरूसित कुव्यवहार गरेका बेलामा उहाँले तिनीहरूलाई बचाउनुभएको हो।”
12
तब यित्रोले परमेश्वरको निम्ति जलाएर चढाउने सिङ्गै होमबलि र अन्य बलिदानहरू ल्याए। अनि हारून र इस्राएलका सबै अगुवाहरूले तिनीसित मिलेर परमेश्वरको अघि पवित्र भोज खान गए।
13
भोलिपल्ट मोशाले मानिसहरूका बीचमा झगडाहरू मिलाउने काम गरे र बिहानदेखि बेलुकासम्म नै त्यस काममा लागिरहे।
14
मोशाले गरेका सबै काम देखेर यित्रोले सोधे, “मानिसहरूको निम्ति तिमीले यति धेरै काम गरेको? किन तिमी एक्लै यी काम गर्छौ? मानिसहरूचाहिँ किन बिहानदेखि नै बेलुकासम्म यहाँ तिम्रो सल्लाह लिन कुरिरहन्छन्?”
15
मोशाले उत्तर दिए, “मैले यसो गर्नैपर्छ किनभने मानिसहरू मकहाँ परमेश्वरको इच्छा बुझ्न आउँछन्।
16
जब दुई जनाका बीचमा विवाद पर्छ, तिनीहरू मकहाँ आउँछन् र ती दुईमा को ठीक छ, मैले फैसला गरिदिनुपर्छ अनि म तिनीहरूलाई परमेश्वरका आज्ञा र विधिबारे बताउँदछु।”
17
तब यित्रोले भने, “यो काम तिमीले ठीक तरिकाले गरेका छैनौ।
18
यसरी गर्दा तिमी आफैं थाक्नेछौ र यी मानिसहरू पनि थाक्नेछन्। तिमी एक्लैलाई यो काम गाह्रो हुन्छ।
19
म तिमीलाई केही राम्रो सल्लाह दिँदै छु अनि परमेश्वर तिमीसित रहनुहुनेछ। तिमीले मानिसहरूका प्रतिनिधि भएर तिनीहरूको झैँझगडा परमेश्वरको सामु पुर्याउनु ठीकै छ।
20
तिमीले तिनीहरूलाई परमेश्वरका आज्ञा सिकाउनुपर्छ र तिनीहरूले कसरी आफ्ना जीवन बिताउनु र के काम गर्नुपर्छ, सो बताउनुपर्छ।
21
त्यस बाहेक तिमीले केही योग्य पुरुषहरूलाई चुनेर मानिसहरूका अगुवा खटाउनुपर्छ। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश मानिसहरूमाथि अगुवा खटाउनुपर्छ। तिनीहरू परमेश्वरको डर मान्ने भरपर्दा र घुस नखाने मानिसहरू हुनुपर्छ।
22
तिनीहरूले स्थायीरूपमा मानिसहरूका लागि न्यायाधीशका काम गरून्। तिनीहरूले सबै अप्ठ्यारा विषयहरू तिमीकहाँ ल्याउन सक्छन्; तर स-साना कुराहरू तिनीहरू आफैंले छिनोफानो गर्न सक्छन्। त्यसो गर्दा तिमीलाई केही सजिलो पर्नेछ किनभने तिनीहरूले पनि तिम्रो भार बाँड्नेछन्।
23
परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीले यसो गर्यौ भने तिमी आफैं हैरान हुनेछैनौ र यी मानिसहरू पनि आ-आफ्ना झैझगडा छिनेर घर जान सक्नेछन्।”
24
मोशाले यित्रोको सल्लाह माने र
25
इस्राएलीहरूबाट योग्य पुरुषहरू चुने। उनले तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशका माथि अगुवा खटाए।
26
तिनीहरूले स्थायीरूपले मानिसहरूका न्यायाधीश भई सेवा गरे। अप्ठ्यारा कुरा तिनीहरूले मोशाकहाँ पुर्याउँथे; तर स-साना झगडाहरू तिनीहरू आफैं फैसला गरिदिन्थे।
27
त्यसपछि मोशाले यित्रोलाई बिदा गरे र यित्रो आफ्नो घर फर्के।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
Recommended Reading
Commentary
Exodus Commentaries
→
Devotional
Exodus Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→