bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Exodus 25
Exodus 25
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 26 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“इस्राएलीहरूलाई भन् कि तिनीहरूले मलाई भेटी चढाऊन्। जसले जे दिन्छ, सो ग्रहण गर्।
3
यी भेटीहरू सुन, चाँदी, काँसा,
4
मिहिन सुती कपडा, नीला, बैगुने र राता ऊन, बाख्राका भुत्लाले बनेका कपडा,
5
रङ्गाएर रातो बनाएको भेडाका छाला, नरम र राम्रा छाला, बबुलका काठ,
6
बत्तीको निम्ति तेल, अभिषेक गर्ने तेल र मीठो बास्ना भएको धूपको लागि मसलाहरू,
7
मुख्य पूजाहारीको एपोद र छाती-पातामा लगाउने आनिक्स र अरू दामी रत्नहरू हुनुपर्छ।
8
म मानिसहरूका माझमा बास गर्न तिनीहरूले एउटा पवित्र पाल बनाउनुपर्छ।
9
मैले तँलाई देखाएको नमुनाअनुसार तैँले पवित्र पाल, डेरा र त्यसका सबै सजावटका सामानहरू बनाउनू।
10
“बबुल काठको एउटा सन्दुक बनाउनू। त्यो ११० सेन्टिमिटर लामो, ६६ सेन्टिमिटर चौडा र ६६ सेन्टिमिटर उचाइको होस्।
11
त्यसलाई भित्र-बाहिर निखुर सुनले मोहोर्नू र चारैपट्टि सुनको बिट लाउनू।
12
त्यसलाई बोक्ने चारवटा सुनका कुण्डलहरू बनाउनू र त्यसका चार खुट्टामा लगाइदिनू।
13
बोक्ने डन्डा बबुल काठको बनाएर सुनले मोहोर्नू
14
र ती डन्डा सन्दुकका दुवैतिर रहेका कुण्डलबाट छिराउनू।
15
डन्डाहरू कुण्डलभित्रै छोडिराख्नू, तिनीहरूलाई ननिकाल्नू।
16
म तँलाई दुईवटा ढुङ्गाका पाटीहरू दिनेछु। तब ती पाटीहरू त्यस सन्दुकमा तैँले राख्नू। ती पाटीमा मेरा आज्ञाहरू लेखिएका छन्।
17
“निखुर सुनको एउटा प्रायश्चितको ढकना बनाउनू, त्यो ११० सेन्टिमिटर लामो अनि ६६ सेन्टिमिटर चौडा होस्।
18
सुन पिटेर दुईवटा पखेटा भएका करूबहरू बनाउनू
19
र तिनलाई प्रायश्चितको ढकनाको लम्बाइपट्टि दुई किनारामा लगाउनू। ती करूबहरू प्रायश्चितको ढकनासँग जोडेर एउटै सुनको टुक्राजस्तो बनाउनू।
20
ती करूबहरू आमुन्ने-सामुन्ने गरेर प्रायश्चितको ढकनामा राख्नू। तिनले आ-आफ्ना पखेटाहरू मास्तिर फैलाएका र प्रायश्चितको ढकनालाई हेरेर पखेटाले ढाकेको हुनुपर्छ।
21
ढुङ्गाका दुईवटा पाटीहरू सन्दुकमा हालेर त्यसमाथि प्रायश्चितको ढकनालाई दिनू।
22
म त्यहाँ तँलाई भेट्नेछु र प्रायश्चितको ढकनामाथि दुई करूबहरूका बीचबाट म इस्राएलका प्रजाको निम्ति मेरा सबै नियमहरू तँलाई दिनेछु।
23
“बबुल काठको एउटा टेबिल बनाउनू। त्यो ८८ सेन्टिमिटर लामो, ४४ सेन्टिमिटर चौडा र ६६ सेन्टिमिटर उचाइको होस्।
24
त्यसलाई निखुर सुनले मोहोर्नू र चारैपट्टि सुनको बिट लाउनू।
25
त्यसको चारैपट्टि ७५ मिलिमिटर चौडा घेरा लाउनू र त्यसमा बिट मार्नू।
26
त्यसलाई बोक्ने चारवटा सुनका कुण्डलहरू बनाउनू र चार कुनाका खुट्टानिर लाउनू।
27
बोक्ने डन्डाहरू हाल्ने कुण्डलहरूचाहिँ बिटका छेउमा लाउनू।
28
ती डन्डाहरू बबुल काठका बनाउनू र सुनले मोहोर्नू।
29
निखुर सुनको थाल, कचौरा, करूब र मद्यबलि चढाउने बटुकाहरू बनाउनू।
30
टेबिल करारको सन्दुकअघि राख्नू र टेबिलमाथि सधैँ मलाई चढाएका पवित्र रोटीहरू सधैँ राखिऊन्।
31
“निखुर सुनको एउटा सामदान बनाउनू। त्यसका फेद र डन्डी पिटेको सुनले बनाउनू, त्यसलाई सिँगार्नलाई बनाएका फूल, कोपिला र कचौराहरू सामदानसित एकै टुक्राको बनाउनू।
32
एकापट्टि तीनवटा र अर्कोपट्टि तीनवटा गरेर छ वटा हाँगाहरू सामदानबाट निस्केका होऊन्।
33
हरेक हाँगामा हाडे-बदामका फूलजस्ता कोपिला र पत्रहरू भएका तीन-तीनवटा फूल बनाएर छ ओटै हाँगालाई सिँगार्नू।
34
सामदानको डन्डीमा हाडे-बदामका फूलजस्ता कोपिला र पत्र भएका चारवटा शोभा दिने फूलहरू होऊन्।
35
तीन जोर हाँगाहरूको हरेक जोरमुनि एक-एक वटा कोपिला बनाउनू।
36
सामदान, कोपिला र हाँगाहरू सबै पिटेका निखुर सुनको एउटै टुक्राको बनाउनू।
37
सामदानको निम्ति सातवटा दियो बनाएर अघिल्लोपट्टि उज्यालो पार्ने हिसाबले राख्नू।
38
त्यसका सलेदाका चिम्टा र मोसोदानी निखुर सुनको बनाउनू।
39
सामदान, पानस र यी सबै सजाउने कुरा बनाउन पैँतीस किलोग्राम निखुर सुन लिनू।
40
मैले तँलाई पर्वतमाथि देखाएको ढाँचामा यी सबै तैँले होशियारीसित बनाउनू।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
Recommended Reading
Commentary
Exodus Commentaries
→
Devotional
Exodus Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→